संवैधानिक परिषद् सम्बन्धी संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित


काठमाडौँ

‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९’ संशोधित स्वरूपमा प्रतिनिधिसभाबाट पारित भएको छ। बुधबार बसेको प्रतिनिधिसभा बैठकले राष्ट्रियसभाबाट प्राप्त संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गर्दै विधेयकलाई अघि बढाएको हो।

मंगलबार राष्ट्रियसभाबाट प्राप्त प्रतिवेदनमाथि भएको छलफलमा विभिन्न सांसदहरूले भाग लिएका थिए। छलफलमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट रक्षामन्त्री मानबहादुर राईले दिए। जवाफपछि सभामुख देवराज घिमिरेले विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले पारित भएको हो।

अब सभामुख घिमिरेले संशोधित विधेयक प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउनेछन्। राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेपछि विधेयक राजपत्रमा प्रकाशित हुनेछ र त्यसपछि मात्र कानूनको रूप लिनेछ।

यस विधेयकलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७९ फागुन १२ गते संघीय संसद् सचिवालयमा दर्ता गराएका थिए। २०८० वैशाख १५ गते दफावार छलफलका लागि राज्य व्यवस्था तथा सुशासन समितिमा पठाइएको यो विधेयक २०८१ जेठ १७ गते समितिबाट प्रतिवेदनसहित प्रतिनिधिसभामा फर्काइएको थियो। प्रतिनिधिसभाबाट २०८१ चैत १८ गते पारित भएर राष्ट्रियसभामा गएको विधेयक राष्ट्रियसभाबाट २०८२ जेठ ३० गते संशोधनसहित फिर्ता आएको हो।

छुटाउनुभयो कि ?

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...