खट्किएको कुरा ! बदलिएको मानसिकता र हाम्रो कार्यभार !!



के राजनीतिको तत्त्व सकिएकै हो त ?
त्यसो भए ! राजनीतिमा तत्त्व भनेको के हो
?
राजनीतिमा मुख्य रुपमा तत्त्व भनेको दार्शनिक पक्ष हो । दार्शनिक पक्ष भनेको जीवन र जगतलाई हेर्ने विश्व दृष्टिकोण हो । जीवन जगतलाई हेर्ने दृष्टिकोण मात्र होइन तदअनुरुप आफुलाइ बदल्ने कठिन साधना पनि हो । जीवन र जगतलाइ कुन दृष्टिकोणबाट हेरिन्छ, त्यसको सापेक्षता धारणा बनेको हुन्छ ।
ब्रह्माण्डको उत्पत्तिको मुलश्रोत के हो भन्ने बारेमा आफ्नो धारणा र चेतनाको आधारमा दृष्टिकोण निर्माण हुन्छ । जीवन र जगतलाई हेर्ने दृष्टिकोण बिज्ञानमा आधारित भएन भने दार्शनिक पक्ष कमजोर हुन्छ । अनि सामान्य र आफ्नो मात्र अनुकुलता वा प्रतिकुलताको आधारमा आफुलाइ केन्द्रमा राखेर धारणा बनाउछ । यो एक किसिमको सतही तदर्थवाद र अवसरवाद पनि हो । अहिलेको राजनीति यही मनोबैज्ञानिकमा आधारित भएर चलेको छ । जो घातक छ । दार्शनिक रुपमा च्युत भएको राजनीतिले क्षेणिक रुपमा ठिक हो कि भन्ने लागेपनि दीघकालमा समाजको लागि घातक हुन्छ ।
सामान्यतया मानिसहरु सास्कृतिक प्रभुत्ववादबाट ग्रसित हुन्छ र त्यही सरलबाटोबाट आफुलाइ अलग गर्न चाहान्नन । जसको कारणले उसको दृष्टिकोण पनि पहिलेदेखि चलिआएको चिन्तन प्रणाली भन्दा फरक हुदैन ।
नया सोच्ने र समाज बदलिन्छ र बदल्न सकिन्छ भन्ने अठोट र आत्मविश्वास नहुनु र तदर्थवादमा रुमलिनु मुल समस्या बन्दै गएको छ । दृष्टिकोण र गन्तव्य प्रष्ट नहुनु छिपछिपे ज्ञान हुने, जसका कारण जसके जे भन्दा पनि हो कि क्याहो जस्तो लाग्ने स्प्रस्ट अडान नहुने हुन्छ । सामाजिक रुपमा यो अहिलेको मनोरोग हो। जसका कारण :
यस्तो बेलामा आफू र आफ्नो दृष्टिकोणमा बिचलन आउने, नेतृत्वमाथी भरोसा नहुने । समाजका बिकृतिको जगमा केही पनि भएको छैन भन्ने भास्य स्थापित गर्दै एक्लो वीरलाइ यो समाजको सुधारको ठेक्का दिने । अमुक व्यक्तिलाई देवत्त्वकरण गर्ने । उसले गरेका कालाकर्तुतका बारेमा छलफलको त के कुरा, त्यसको सामान्य कुरा सुन्न पनि नचाहाने । आफुलाइ पनि त्यही रुपमाचित्रण गर्ने प्रीयतावादी सोचले समाजलाइ बिकृत बनाउदै छ । खासमा राजनीतिमा तत्त्व सकियो भनेको यही होला ।
अत: दार्शनिक पक्षसङ्ग जोडिएको बैचारिक सिद्धान्त, त्यसको जगको आधारमा हुने राजनीतिक गतिविधि, त्यसलाइ चलायमान बनाउन चाहिने गतिशील, जुझारु, क्रान्तिकारी र अनुशासित सङ्गठन, त्यसबाट पैदाहुने गति र पैदा भएको गतिलाइ पकड्दै समाज बदल्ने इच्छाशक्ति भएको सही पार्टी र त्यसको सही नेतृत्व, जो वर्गप्रतिको निष्ठा, जनताप्रति इमानदारिता, देशभक्तिपुर्ण भाव र राष्ट्रिय स्वाभिमानको जगमा जनताको भरोसा र जनप्रीय र पाच्य कार्यशैली होस अनि जसको लक्ष्य स्पष्ट र दृढ होस । यही हो राजनीतिक तत्त्व !
त्यसैले यही जगमा टेकेर,फेरीपनि राजनीति प्रतिको वितृष्णा, नेताप्रतिको आक्रोश देशप्रतिको नकारात्मक सोचलाई बदल्दै भरोसा योग्य राजनीति र त्यसको मुल तत्त्वलाई स्थापित गर्नु हाम्रो मुख्य कार्यभार बनेको छ । राजनीतिमा तत्त्व सकिएको छैन । सबैको मनमा पैदा गरिएको नैरास्यताको भास्यलाइ बदल्दै सही राजनीति एजेन्डा त्यसको निष्ठापुर्वक कार्यान्वयन गर्ने इमानदार इच्छाशक्ति र समाज बदल्ने हुटहुटी पैदा गर्नु अर्को कार्यभार हो ।

छुटाउनुभयो कि ?

लुम्बिनीका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

लुम्बिनीका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

बुटवलजनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी नि...
तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

रुपन्देहीरुपन्देहीको तिलोत्तमा नगरपालिका–३ डिङ्गनगर विष्णुपुरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा आएको छ । लामो समयदेखि...
बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

काठमाण्डौ — रसुवाको भोटेकोशीमा गएको १० गते आएको विनाशकारी बाढीका कारण पाँच हजार ८३ जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय वि...
भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

काठमाडौंभोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट विभिन्न क्षेत्रमा प्रारम्भिक रूपमा ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्...