‘कुलिङ पिरियड’ प्रकरण बारे संसदीय छानबिन समितिको संयोजकमा जीवन परियार


काठमाडौँ 

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ‘कुलिङ अफ पिरियड’ प्रकरणमा अन्ततः संसदीय छानबिन समिति गठन गरिएको जानकारी गराएका छन् । सोमबारको कार्यावस्था समितिको बैठकले ७ सदस्सीय छानबिन समिति बनाए पछि त्यसको जानकारी गराएका हुन् । उनका अनुसार नेपाली काँग्रेसका सांसद जीवन परियारको संयोजकत्वको सो समिति गठन गरिएको हो ।

प्रतिनिधिसभा नियमावली, २०७५ को नियम (८) बमोजिम ‘सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समिति’ गठन गरिएको हो । सो समितिले २१ दिनको समय सीमा पाएको छ । सो छानबिन समितिमा दलीय आधारमा नेपाली काँग्रेस र नेकपा एमालेबाट २–२ जना, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट १–१ जना सदस्य रहनेछन् ।

जसअनुसार नेपाली काँग्रेसबाट जीवन परियार र सुशिला थिंग, एमालेबाट सांसद नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती र राप्रपाबाट रोशन कार्की तथा माओवादीबाट माधव सापकोटा र रास्वपा बाट गणेश पराजुली रहेका छन् ।  सङ्घीय निजामती सेवा विधेयकमा सहमति विपरीत ‘कुलिङ अफ पिरियड’ हटाएर संसद्मा प्रतिवेदन पेस गरेको भन्दै राज्य व्यवस्था समितिका सभापति रामहरी खतिवडा र सचिव दुरा माथि छानबिन गर्न माग पछि सो समिति गठन गरिएको हो ।

छुटाउनुभयो कि ?

बिजयादशमीको महिमा

बिजयादशमीको महिमा

श्रीराम ज्ञवालीबडादशैं नेपालीहरूको सबैभन्दा ठूलो, महत्वपूर्ण र हर्षाेल्लासका साथ मनाइने राष्ट्रिय चाड हो। आश्विन शुक्ल प्रतिप...
बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बुटवल प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।महानवमी...
ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

काठमाडौंअमेरिकामा आगामी नोभेम्बर ३ मा हुने मिडटर्म (मध्यावधि) निर्वाचनले राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टीका लागि सङ्कट निम्...
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

बुटवलजल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने हाल को...