अनेरास्ववियु कपिलवस्तुको अध्यक्षमा पारस मरासिनी


बुटवल

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कपिलवस्तु जिल्लाको २५औं अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट पारस मरासिनीको नेतृत्वमा नयाँ जिल्ला समिति सर्वसम्मत रूपमा चयन गरिएको छ।

कार्यक्रमको अध्यक्षता अनेरास्ववियु कपिलवस्तु जिल्ला कमिटीका अध्यक्ष निशान खड्काले गरेका थिए। प्रमुख अतिथि अनेरास्ववियु लुम्बिनी प्रदेश कमिटीका संयोजक रमेश ढकाल रहेका थिए भने प्रमुख वक्ताको रूपमा नेकपा (एमाले) कपिलवस्तु जिल्ला कमिटी अध्यक्ष बाबुराम खनालले विद्यार्थी आन्दोलनको ऐतिहासिक सन्दर्भ र संगठनको भूमिका बारे मन्तव्य व्यक्त गरे।

 

कार्यक्रममा अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य विष्णु घिमिरे, नेकपा (एमाले) जिल्ला सदस्य तथा विद्यार्थी विभाग इन्चार्ज सुन्दर पाण्डे, लुम्बिनी प्रदेश कमिटीका सह-संयोजक अन्जित खनाललगायत नेताहरूको उपस्थिति रहेको थियो।

कार्यक्रम सञ्चालन अनेरास्ववियु कपिलवस्तुका जिल्ला सचिव पारस मरासिनीले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष प्रकाश न्यौपानेले राखेका थिए।

पारस मणि मरासिनीको अध्यक्षतामा नयाँ समिति गठन

औपचारिक सत्रपश्चात सम्पन्न बन्द सत्रबाट २५ सदस्यीय नयाँ जिल्ला समिति सर्वसम्मत रूपमा चयन गरिएको हो। जसअनुसार पारस मरासिनी जिल्ला अध्यक्षमा चयन हुनुभएको छ।

त्यस्तै, उपाध्यक्षमा प्रकाश न्यौपाने, पशुपति गिरि र आश्विन केसी चयन भएका छन्। सचिवमा शेषकान्त मरासिनी रहनुभएको छ भने सह-सचिवमा सिता अधिकारी , शिवलाल ठाकुर र अभिषेक यादव चयन हुनुभएको छ। कोषाध्यक्षको जिम्मेवारी मधुसुदन भुषाललाई दिइएको छ।

नवगठित नेतृत्वले विद्यार्थी अधिकार सुनिश्चित गर्ने, शैक्षिक क्षेत्रमा सुधार ल्याउने र संगठन विस्तारमा सक्रिय रहने प्रतिबद्धता जनाएको छ।

छुटाउनुभयो कि ?

बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बुटवल प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।महानवमी...
ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

काठमाडौंअमेरिकामा आगामी नोभेम्बर ३ मा हुने मिडटर्म (मध्यावधि) निर्वाचनले राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टीका लागि सङ्कट निम्...
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

बुटवलजल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने हाल को...
आईसीसी क्रिकेट विश्वकप: बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का

आईसीसी क्रिकेट विश्वकप: बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का

बुटवलबलिङमा शानदार पुनरागमन गर्दै नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ को अन्तिम खेलमा ओमानलाई पराजित गर्दै लिग २ मा छैटौं स्...