अनेरास्ववियु कपिलवस्तुको अध्यक्षमा पारस मरासिनी


बुटवल

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कपिलवस्तु जिल्लाको २५औं अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट पारस मरासिनीको नेतृत्वमा नयाँ जिल्ला समिति सर्वसम्मत रूपमा चयन गरिएको छ।

कार्यक्रमको अध्यक्षता अनेरास्ववियु कपिलवस्तु जिल्ला कमिटीका अध्यक्ष निशान खड्काले गरेका थिए। प्रमुख अतिथि अनेरास्ववियु लुम्बिनी प्रदेश कमिटीका संयोजक रमेश ढकाल रहेका थिए भने प्रमुख वक्ताको रूपमा नेकपा (एमाले) कपिलवस्तु जिल्ला कमिटी अध्यक्ष बाबुराम खनालले विद्यार्थी आन्दोलनको ऐतिहासिक सन्दर्भ र संगठनको भूमिका बारे मन्तव्य व्यक्त गरे।

 

कार्यक्रममा अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य विष्णु घिमिरे, नेकपा (एमाले) जिल्ला सदस्य तथा विद्यार्थी विभाग इन्चार्ज सुन्दर पाण्डे, लुम्बिनी प्रदेश कमिटीका सह-संयोजक अन्जित खनाललगायत नेताहरूको उपस्थिति रहेको थियो।

कार्यक्रम सञ्चालन अनेरास्ववियु कपिलवस्तुका जिल्ला सचिव पारस मरासिनीले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष प्रकाश न्यौपानेले राखेका थिए।

पारस मणि मरासिनीको अध्यक्षतामा नयाँ समिति गठन

औपचारिक सत्रपश्चात सम्पन्न बन्द सत्रबाट २५ सदस्यीय नयाँ जिल्ला समिति सर्वसम्मत रूपमा चयन गरिएको हो। जसअनुसार पारस मरासिनी जिल्ला अध्यक्षमा चयन हुनुभएको छ।

त्यस्तै, उपाध्यक्षमा प्रकाश न्यौपाने, पशुपति गिरि र आश्विन केसी चयन भएका छन्। सचिवमा शेषकान्त मरासिनी रहनुभएको छ भने सह-सचिवमा सिता अधिकारी , शिवलाल ठाकुर र अभिषेक यादव चयन हुनुभएको छ। कोषाध्यक्षको जिम्मेवारी मधुसुदन भुषाललाई दिइएको छ।

नवगठित नेतृत्वले विद्यार्थी अधिकार सुनिश्चित गर्ने, शैक्षिक क्षेत्रमा सुधार ल्याउने र संगठन विस्तारमा सक्रिय रहने प्रतिबद्धता जनाएको छ।

छुटाउनुभयो कि ?

लुम्बिनीका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

लुम्बिनीका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

बुटवलजनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी नि...
तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

रुपन्देहीरुपन्देहीको तिलोत्तमा नगरपालिका–३ डिङ्गनगर विष्णुपुरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा आएको छ । लामो समयदेखि...
बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

काठमाण्डौ — रसुवाको भोटेकोशीमा गएको १० गते आएको विनाशकारी बाढीका कारण पाँच हजार ८३ जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय वि...
भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

काठमाडौंभोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट विभिन्न क्षेत्रमा प्रारम्भिक रूपमा ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्...