राजनीति

निर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

निर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
निर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आजकाठमाडौंनवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै तयारी पूरा भइसकेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ज्येष्ठ सदस्य केसीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ समारोह सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा हुनेछ । संघीय संसद् सचिवालयका अनुसार ४७ जनाले नेपालीबाहेक भाषामा शपथ लिने तयारी छ । त्यसमध्ये १७ जनाले मैथिली भाषामा शपथ लिने तयारी छ । नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गो...
जेनजी आन्दोलन : कार्की आयोगको प्रतिवेदन सार्वजनिक

जेनजी आन्दोलन : कार्की आयोगको प्रतिवेदन सार्वजनिक

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंगत २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको दमनबारे छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएको छ । सरकारबाट औपचारिक रूपमा प्रतिवेदन सार्वजनिक नभए पनि स्रोतमार्फत प्राप्त दस्तावेज सार्वजनिक गरिएको हो ।प्रतिवेदनमा आन्दोलन नियन्त्रणका क्रममा राज्य पक्षबाट गरिएको बल प्रयोगबारे विस्तृत विश्लेषण गरिएको छ । आयोगले घटनाक्रमको समीक्षा गर्दै त्यसबेला नेतृत्व तहमा रहेका व्यक्तिहरूको भूमिकाबारे समेत उल्लेख गरेको छ ।तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक तथा तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ विरुद्ध फौजदारी कसुरमा अनुसन्धान अघि बढाउन सिफारिस गरिएको प्रतिवेदनमा उल्लेख छ । आयोगले आन्दोलनका क्रममा भएका घटनालाई आधार मानेर जिम्मेवार निकाय र पदाधिकारीहरूको जवाफदेहिता सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याएको छ । ...
गगन थापाको राजीनामा अस्वीकृत

गगन थापाको राजीनामा अस्वीकृत

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौंनेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापाले पदबाट दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको छ। चुनावी हारको जिम्मेवारी लिँदै सभापति थापाले गत बुधबार उपसभापति विश्वप्रकाश शर्मा समक्ष राजीनामा दिएका थिए। शुक्रबार र आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले गगनको राजीनामा अस्वीकार गर्ने प्रस्ताव पारित गरेको हो । केन्द्रीय कार्यसमिति बैठकले सभापति थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए। ‘सभापति श्री गगनकुमार थापाले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामलाई लिएर यसको नैतिक जिम्मेवारी लिँदै उपसभापति समक्ष विधानको धारा २६ (१) वमोजिम पेश गर्नुभएको राजीनामालाई केन्द्रीय कार्यसमितिको यस बैठकले सर्वसम्मत रूपमा अस्वीकृत गर्ने निर्णय गरेको छ,’ चालिसेले जारी गरेको विज्ञप्तिमा भनिएको छ । गत पुसमा ...
प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट वार्ता

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट वार्ता

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग आइतबार बालुवाटारमा शिष्टाचार भेट गरेका छन्। सभापति लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा ऐतिहासिक निर्वाचन सम्पन्न भई देशले शान्तिपूर्ण रूपमा निकास भएको भन्दै बधाइ ज्ञापन गरेका थिए। 'समयमै निष्पक्ष निर्वाचन सम्पन्न भई मुलुकले सहज र लोकतान्त्रिक निकास पाएको छ। यो सामान्य कुरा होइन। यो सफलताका लागि म सम्माननीय प्रधानमन्त्रीज्यू, यहाँको मन्त्रिपरिषद र सचिवालय टिमलाई बधाइ र धन्यवाद दिन चाहन्छु,' लामिछानेको सचिवालयद्वारा जारी विज्ञप्तिमा उनका भनाइ उद्धृत गरिएको छ। उनले थप भनेका छन्, 'यहाँको चट्टानी अडान र दृढताकै कारण मुलुकले निकास पायो। विगतका कुनै पनि निर्वाचनभन्दा शान्तिपूर्ण, निष्पक्ष र गुणस्तरीय निर्वाचन सम्भव भएको छ। सानो टिम र छोटो समयमा विश्वलाई नै चकित पार्ने गरी निर...
नेपालको वर्तमान राजनीतिक अवस्था गम्भीर मोडमा छ: नेकपा मसाल- राजमो

नेपालको वर्तमान राजनीतिक अवस्था गम्भीर मोडमा छ: नेकपा मसाल- राजमो

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
बुटवलनेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंह र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वर्तमान राजनीतिक अवस्थालाई गम्भीर मोडमा पुगेको बताएका छन् । चैत ५ र छ गते बुटवलमा भएको केन्द्री कमिटीको बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले अहिले आएको जनमत अमेरिकी डिजाइन र योजनामा आएको आरोप लगाए । उनले हालै सम्पन्न आम निर्वाचन, देशभर भएका आन्दोलन तथा हिंसात्मक घटनाबारे आफ्नो पार्टीको धारणा सार्वजनिक गर्दै यसलाई जनमत भन्न नमिल्ने दाबी गरे । उनले आम निर्वाचन नेपालको आवश्यकता, संविधानको मर्म र जनताको चाहनाअनुसार नभई बाह्य शक्ति, विशेषतः अमेरिकी रणनीतिअनुसार भएको आरोप लगाए । संसद् विघटनदेखि पुनः निर्वाचनसम्मको प्रक्रिया योजनाबद्ध रूपमा अघि बढाइएको दाबी गर्दै उनले त्यसबाट देशमा कठपुतली सरकार निर्माणको आधार तयार भएको टिप्पणी गरे । महामन्त्री सिंहल...
देशभरिका निजी अस्पतालको सर्वेक्षण गरिँदै

देशभरिका निजी अस्पतालको सर्वेक्षण गरिँदै

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँराष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल) को सर्वेक्षणको तयारी गरेको छ । देशभरिका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल गार्हस्थ्य उत्पादनमा कति योगदान पुर्‍याएका छन् भनेर अध्ययन गर्नका लागि सर्वेक्षण गर्न थालिएको तथ्याङ्क कार्यालयका निर्देशक तीर्थराज बरालले जानकारी दिए । उनका अनुसार देशभरिका निजी सही सामुदायिक अस्पतालले गणकबाट सर्वेक्षण गरिनेछ । उनका आगामी वैशाखदेखि असार मसान्तसम्म तथ्याङ्क सङ्कलनको काम गर्ने जानकारी दिए । “अहिले कर्मचारी करारमा लिएका छनोट गर्ने कार्य भइरहेको छ । ती कर्मचारीलाई तालिम दिनेछौँ”, उनले भने, “अनि हामी ती कर्मचारीलाई तथ्याङ्क सङ्कलन गर्न अस्पतालमा पठाउँछौँ ।” उनका अनुसार सर्वेक्षणबाट अस्पतालको आर्थिक अवस्था, अस्पतालले प्रदान गर्ने रोजगारी सङ्ख्यालगायत तथ्याङ्क सङ्कलन गरिनेछ । कार्यालयले प्रत्येक १०/१० वर्षमा नि...
जनचाहना अनुसार रूपान्तरणको बाटो नलिए सकिने निश्चित छ: सुरेन्द्र पाण्डे

जनचाहना अनुसार रूपान्तरणको बाटो नलिए सकिने निश्चित छ: सुरेन्द्र पाण्डे

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले नेपालको राजनीतिक संगठन र पार्टी अब पुरानो ढर्राबाट चल्न नसक्ने बताएका छन् ।पुराना दलहरूमा नेतृत्व, विचार र संगठनको पुनर्गठन गरी सच्चिने अठोट नगरे सामूहिक मलामी जाने दिन आउने दाबी गरे ।चिन्तन अभियान नेपाल, रूपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको 'नेपाली राजनीति र अबको परिदृश्य' विषयक कार्यक्रममा पुर्व अर्थमन्त्री समेत रहेका नेता पाण्डेले विगतका गल्ती सच्याउँदै रूपान्तरणको बाटो नलिए सकिने समय टाढा नभएको दाबी गरे । ‘२०७४ मा दिग्विजय भयो भनिएको हो, सुधारिन नसक्दा पछारिँदै यहाँसम्म आइपुगियो,’ पूर्वअर्थमन्त्री समेत रहेका पाण्डेले भने, ‘समाजमा एउटा कमेन्ट रहेछ, त्यसलाई मलाई सधैं घोच्छ । कुनै बेला कम्युनिस्टहरू (एमाले) तीन/चार वटा बसमा आउँथे रे । २०७९ मा आउँदा एउटा बसमा मात्र आउने भए रे । अहिले एउटा माइक्रो बसमा आउने भएका छन् । अर्को पटक स्कुट...
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा

कांग्रेस सभापति गगन थापाले दिए राजीनामा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौंनेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । यसअघि काठमाडौं-४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही-४ बाट उम्मेदवार थिए । उनलाई रास्वपाका डा अमरेशकुमार सिंहले पराजित गरे ।रास्वपाले झन्डै दुई तिहाइ सिट प्राप्त गर्दा दोस्रो भएको कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी ३८ सिट मात्रै प्राप्त गरेको छ ।चुनावी नतिजापछि राजीनामाको तयारी गरेका थापालाई पार्टीका विभिन्न तहका नेताहरुले राजीनामा नदिन सुझाव र दबाब दिँदै आएका थिए ।थापा निर्वाचनअघि भएको विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति निर्वाचित भएका थिए । थापाले दिएको राजीनामाबारे पार्टीको आगामी बैठकले निर्णय लिनेछ । केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बोलाइएको छ । ...
लुम्बिनी प्रदेश सरकारद्वारा आयोजना बैङ्क सञ्चालनमा ल्याउने तयारी

लुम्बिनी प्रदेश सरकारद्वारा आयोजना बैङ्क सञ्चालनमा ल्याउने तयारी

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, स्थानीय
लुम्बिनीलुम्बिनी प्रदेश सरकारले प्रदेश आयोजना बैङ्क सञ्चालनमा ल्याउने तयारी थालेको छ । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश आयोजना बैङ्क (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०८२ पनि स्वीकृत गरी आयोजना बैङ्क सञ्चालनको प्रक्रिया थालेको हो । उक्त निर्देशिकामार्फत प्रदेशका प्राथमिकता प्राप्त आयोजना छनोट, व्यवस्थापन र कार्यान्वयनलाई व्यवस्थित बनाउने उद्देश्य राखिएको प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेमबहादुर सारूले जानकारी दिए ।बैठकले हालै विभिन्न तहमा बढुवा भएका कर्मचारीहरूको पदस्थापन तथा प्रदेश सचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णयसमेत गरेको मन्त्री सारूले जानकारी दिए । उनका अनुसार बैठकबाट आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवको थप जिम्मेवारी विनोद लामिछाने, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सचिवको थप जिम्मेवारी नारद गौतम र सामाजिक विकास मन्त्रालयको ...
नवनिर्वाचित पार्टीका सांसदहरुलाई आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने

नवनिर्वाचित पार्टीका सांसदहरुलाई आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसदहरुका लागि जारी आवासीय अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् ।ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा जारी कार्यक्रममा आज सभापतिको सम्बोधनको तालिका छन् । मंगलबारबाट जारी अभिमुखीकरणमा सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह सहभागी हुन पाएका थिएनन् ।आज सभापति लामिछाने र वरिष्ठ नेता शाह समापनमा सहभागी हुन लागेका हुन् । ...