नेपाल प्रहरी विशेष सुरक्षा गणलाई पुस्तक तथा खेलकुदका सामाग्रि प्रदान
बुटवलबुटवल उद्योग वाणिज्य संघ, रुपन्देही पुस्तक तथा स्टेशनरी बस्तुगत समितिले नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवल नवलपरासीलाई पुस्तक तथा खेलकुदका सामाग्रि प्रदान गरेको छ । संघ अन्तरगत गठित उक्त बस्तुगत समितिले शनिबार नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवलमा पुगेर ६० हजार रुपैंया बढीको पुस्तक तथा खेलकुदका सामाग्रि प्रदान गरेको हो ।नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवलमा आयोजना गरिएको कार्यक्रममा संघका अध्यक्ष हरिप्रसाद अर्याल, महासचिव मुक्तिप्रसाद अधिकारी, बस्तुगत समितिका सभापति बोधराज शर्मा, उपसभापति प्रकाश भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवलका गणपती प्रहरी उपरिक्षक डिलबहादुर मल्ललाई पुस्तक तथा खेलकुदका सामाग्रि हस्तान्तरण गर्नुभयो ।
संघका अध्यक्ष अर्यालले आफ्नो परिवारसंग टाढा रहेर देशको शान्ति सुरक्षामा खटिने प्रहरीका लागि पुस्तक तथा स्पोर्टस्का सामाग्रि साथी बन्न सक्ने बताउँद...








