
बुटवल
हिमाली कृषि सहकारी संस्था लिमिटेडको ११औं बार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ।
शनिबार बुटवल फुलवारीमा सम्पन्न अधिवेशनले संस्थाको संस्थापक सचिव सुर्य कुवंरको अध्यक्षतामा १२ सदस्यिय सञ्चालक समिति तथा लेखा समिति चयन गरेको छ।
उद्घाटन सत्रमा वोल्दै जिल्ला सहकारी संघ रुपन्देहीका सचिव वेदप्रसाद शर्माले सहकारीले “१का लागी सवै र सवैका लागि १ “भन्ने सिद्धान्त अनुसार स्थापना गरिएको सहकारी संस्थाको गतिविधि हेर्दा सहकारीका विधि, विधान र सवै सुचकांक सकारात्मक रहेकोमा खुसी लागेको बताए।
उनले सहकारीको खर्च कम र वचत बढि गर्ने उद्देश्य सर्हानिय रहेको वताएका छन्।
अहिले आयातित र गलत मनसायका उदेश्यले खोलिएका सहकारीमा देखिएका विकृतिले सहकारीप्रती जन विस्वास घटेको तर हिमाली कृषि सहकारी जस्ता अन्य सहकारीहरुले पनी भ्रम चिर्न र विश्वास दिलाउँदै अगाडि बढ्न जागरुकता देखाउन आवश्यक रहेको धारणा राखेका थिए।
उनले विकृति देखिएका र अदालती प्रक्रियामा गएका अभियुक्तलाई कारवाही गर्न सरकारले चासो नदेखाएको भन्दै आलोचना गरेका थिए।
जिल्ला सहकारी संघको सचिवको हैसियतले जिल्लाले सहकारीहरु अनुगमन गरी समस्या समाधान गर्ने योजनामा रहेको वताएका छन्।
सहकारीका अध्यक्ष महेन्द्र भुषालले अध्यक्ष ठुलो संघर्ष झेल्दै ०७२ सालमा बुटवल ११ बुद्धनगरमा किसान, मझौला तथा साना व्यवसायी, दैनिक ज्यालादारी गर्ने, गरिखाने सवैलाई आर्थिक सम्बृद्धि गर्ने उद्देश्यले १२/१३जना सदस्यबाट शुरु गरिएको सहकारी ३सय ३५ पुर्याउन सफल भएको र यसलाई विस्तार गर्ने योजनाका साथ अगाडि बढेको वताए।
अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै भुसालले शेयर सदस्यहरुको वचत हेरी विना धनजवानीमा न्युनतम १५हजार देखि १लाख सम्म र १जना धनजवानीमा न्युनतम १०हजार देखि ३लाख सम्म साथै २/३जना धनजवानीमा ४लाखसम्म लगानी गरेको जानकारी दिए।
उनले जेष्ठ शेयर सदस्य,एसईईमा उत्कृष्ट नतिजा हासिल गर्ने १शेयर सदस्य सन्तती लाई सम्मानित गर्दै आएको जानकारी दिए।
बुटवल उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख गुणाखर खनालले सवै सुचकांकका हिसाबले सहकारी उत्कृष्ट देखिएको धारणा राखेका थिए।
सहकारीका शेयर सदस्य ,रुपन्देही निर्वाचन क्षेत्र नं २का समानुपातिक उम्मेदवार सावित्रा विकले सहकारीमा पुरुष संगै त्यतिकै मात्रामा महिला सदस्य वढाउन जागरुक हुनुपर्ने र आफु अहोरात्र लागिपरेको धारणा राखिन्।
उनले सहकारी एकमात्र न्युन आयस्तर भएका हरुलाई आर्थिक रूपमा सबल बनाउने माध्यम भएकोले सवैले सक्रियता देखाउनु पर्ने धारणा राखेकी थिइन्।
सहकारीका सल्लाहकार भिम गुरुङले १२/१३ जना सदस्यबाट शुरु भएको सहकारी ३सय३५ पुर्याउन सफल भएको र यसलाई विस्तार गर्ने योजनाका साथ सञ्चालक र शेयर सदस्यलाग्नु पर्ने औल्याए।
उपाध्यक्ष सुर्य कुवंरले सहकारीको स्थापनाकालदेखि निरन्तर सहकारी र सदस्यहरुको हकहितका लागी लागिपरेको र सहकारी हरेक हिसाबले उत्कृष्ट रहेकोले सहकारीमा सदस्य विस्तार गर्न सञ्चालक तथा सदस्यहरु लाग्नुपर्ने धारणा राखेका थिए।
कोषाध्यक्ष टिकाराम पाण्डेले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको थियो।
लेखा सुपरिवेक्षण समिति संयोजक भेषराज पोखरेलले लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गर्दै कुल शेयर पुँजी ३१लाख २हजार,कुल निक्षेप संकलन १करोड ९९ लाख ७६ हजार ७ सय१७रुपैया २८पैसा ,कुल कर्जा लगानी १करोड ७९ लाख ५५ हजार ४सय १३ रहेको जानकारी गराएका थिए।
कार्यक्रममा उपाध्यक्ष सुर्य कुवंर , सल्लाहकार भिम गुरुङ,लेखा सुपरिवेक्षण समिति संयोजक भेषराज पोखरेल, लगायत कार्यसमिति,जेष्ठ नागरिक शेयर सदस्य भिमलाल पुरी, एसईईमा उत्कृष्ट १ शेयर सदस्य सन्ततीमा सौरव पौडेल, व्यवस्थापक अनिता थापा लगायतलाई सम्मान गरिएको कार्यक्रमको सञ्चालन सचिव तुलसीराम अर्यालले गरेका थिए।

अधिवेशनले सुर्य कुवंरको अध्यक्षतामा १२ सदस्यीय सञ्चालक समिति तथा लेखा समिति चयन गरेको छ।
जसको उपाध्यक्षमा राम बहादुर खत्री, सचिवमा तुल्सिराम अर्याल , कोषाध्यक्षमा लेखनाथ गैरे, सदस्यहरुमा सुन्तला जिसी, वन्दना पराजुली, लक्ष्मी भट्टराई, सुनिता गुरुङ,सरिता रसाईली तथा लेखा समितिको संयोजकमा पुष्पा पौडेल सदस्यहरुमा दिनेश भुसाल र गीतामाया पत्रेल सर्वसम्मत चयन भएका छन्।