शहीदका सपना पुरा गर्न प्रतिबद्ध वनौं


श्रीराम ज्ञवाली
विभिन्न कालखण्डमा देशका लागि योगदान गर्ने क्रममा सहादत प्राप्त गरेका शहीदको योगदानको कदरस्वरुप नेपालमा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाउने गरिएको छ । शहीद दिवसका दिन सरकारले सार्वजनिक बिदा दिँदै आएको छ ।
नागरिकको अधिकार प्राप्ति र राजनीतिक परिवर्तनका लागि भएका विभिन्न आन्दोलन तथा गतिविधिमा आफ्नो ज्यानको बाजी लगाएका शहीदको सपना साकार पार्न र उनीहरुको माग पूरा गर्न नसके पनि शहीद सप्ताह तथा शहीद दिवसमा गरिने विभिन्न कार्यक्रमको क्रममा शहीदहरुलाई सम्झने गरिएको छ । शहीदको बलिदान र त्यागबाट नै हामीले विभिन्न उपलब्धि हासिल गरेको यथार्थलाई मुलुकका राजनीतिक दल तथा नेतृत्वकर्ताले बुझ्न नसक्दा शहीदको योगदानको अवमूल्यन भइरहेको छ ।

निरंकुश राणा शासन बिरोधी गतिविधि गरेका कारण जीवन उत्सर्ग गरेका धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ र दशरथ चन्दको सम्झनामा हरेक वर्ष शहीद सप्ताह र दिवस मनाउन थालिएको हो । २००७ सालपछि भएका विभिन्न आन्दोलन तथा घटनामा हजारौँ नेपालीले सहादत प्राप्त गरेर शहीद बन्नुपरेको छ ।


देशको स्वाधीनता र स्वतन्त्रताका लागि नेपाल–अंग्रेज युद्धको मैदानमा वीरगति प्राप्त गरेका वीर योद्धादेखि पछिल्लो जेनजी आन्दोलनमा ज्यान गुमाएकासम्म हजारौँ शहीद बनेका छन् । राणा शासनको बिरोधमा आवाज उठाएको भन्दै राणा शासकहरुले राज्यविरुद्ध विद्रोह गरेको अभियोगमा पक्राउ गरेर विसं १९३३ मा झुन्ड्याएर मृत्युदण्ड दिइएको लखन थापालाई देशको पहिलो शहीद मानिएको छ । विसं १९९७ सालको प्रजातान्त्रिक आन्दोलनमा सहादत प्राप्त गर्ने चार महान् व्यक्तिहरुको योगदानको स्मरण र शहीदप्रति उच्च सम्मान प्रदान गर्ने उद्देश्यले शहीद दिवस मनाउन थालेको पाइन्छ ।
देशलाई बाह्य शक्तिबाट बचाउन, मुलुकमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र ल्याउन र नागरिकका हक अधिकार स्थापित गराउन आन्दोलन एवम् संघर्षको मोर्चामा सहभागी भई आफ्नो प्राण त्याग गरेका वीर, वीराङ्गना नै शहीद हुन् । शहीद सप्ताह र दिवसको अवसरमा हुने विभिन्न कार्यक्रममा देशको शासन सत्ता र नीति निर्माण तहमा रहेकाहरुले शहीदहरुको योगदानको स्मरण गर्दै उनीहरुको सपना पूरा गर्ने बाचा गरे पनि व्यवहारमा शहीदको सम्मान हुन सकेको छैन । ज्ञातअज्ञात शहीदहरुप्रति सभक्ति श्रद्धाभाव प्रकट गर्न अग्रसरता देखाउने गरेको भए पनि उनीहरुका सपना पूरा गर्न भने उदासिन बन्ने परिपाटीले शहीदको योगदानसमेत ओझेलमा परिरहेको छ । पछिल्लो समय विभिन्न घटनामा ज्यान गुमाएकालाई समेत शहीद घोषणा गर्ने,गराउने परिपाटीले वास्तविक शहीदको अपमान भइरहेको छ ।

शहीदको बलिदानबाट प्राप्त भएको प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, संघीयताले आम नागरिक र शहीद परिवारलाई के दियो ? विचारणीय छ । शहीदका सपना किन पूरा हुन सकेको छैन ? यस्ता कुरामा देशको शासन सत्तामा हालीमुहाली गरिरहेकाहरुले चिन्तन मनन गर्ने जाँगर देखाउँदैनन् । सबै प्रकारका राजनीतिक परिवर्तनको अभ्यास भइसक्दा पनि शहीदको सपना साकार पार्नेतर्फ ठोस र परिणामुखी काम हुन नसक्नुलाई विडम्बना मान्नुपर्छ ।
वर्षेनी मनाईने शहीद दिवस पनि शहीदको स्मरणमा मात्र सीमित बन्दा शहीदको सपना र परिवारको अपेक्षा पूरा हुन नसकेको हो । राजनीतिक नेतृत्व र सरोकारवालाले शहीदको सपना र योगदानलाई भुल्दै जाने र शहीदको सपना पूरा गर्ने दिशामा गम्भीर तथा इमानदार नबन्ने हो भने शहीदको सम्मान हुन सक्दैन ।

छुटाउनुभयो कि ?

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...