नेपाल प्रहरी विशेष सुरक्षा गणलाई पुस्तक तथा खेलकुदका सामाग्रि प्रदान


बुटवल
बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही पुस्तक तथा स्टेशनरी बस्तुगत समितिले नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवल नवलपरासीलाई पुस्तक तथा खेलकुदका सामाग्रि प्रदान गरेको छ । संघ अन्तरगत गठित उक्त बस्तुगत समितिले शनिबार नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवलमा पुगेर ६० हजार रुपैंया बढीको पुस्तक तथा खेलकुदका सामाग्रि प्रदान गरेको हो ।
नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवलमा आयोजना गरिएको कार्यक्रममा संघका अध्यक्ष हरिप्रसाद अर्याल, महासचिव मुक्तिप्रसाद अधिकारी, बस्तुगत समितिका सभापति बोधराज शर्मा, उपसभापति प्रकाश भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवलका गणपती प्रहरी उपरिक्षक डिलबहादुर मल्ललाई पुस्तक तथा खेलकुदका सामाग्रि हस्तान्तरण गर्नुभयो ।

संघका अध्यक्ष अर्यालले आफ्नो परिवारसंग टाढा रहेर देशको शान्ति सुरक्षामा खटिने प्रहरीका लागि पुस्तक तथा स्पोर्टस्का सामाग्रि साथी बन्न सक्ने बताउँदै पठन संस्कृतिको समेत विकास हुने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै पुस्तक तथा स्टेशनरी बस्तुगत समितिका सभापति शर्माले समितिले सामाजिक उत्तरदायित्व बहन गरि विगतका वर्षमा गरिव तथा विपन्न परिवारका बालबालिका, कारागारका कैदी वन्दीलाई पुस्तक प्रदान गरिएको बताउँदै यो पटक नेपाल प्रहरी विशेष सुरक्षा गणको आश्वकताका आधारमा सक्दो पुस्तक तथा स्पोर्टस्का सामाग्रि प्रदान गरिएको बताउनु भयो ।

नेपाल प्रहरी विशेष सुरक्षा गणका गणपती प्रहरी उपरिक्षक मल्लले आफूहरुको सानो आग्रहमा गणमा आएर पुस्तक तथा स्पोर्टस्का सामाग्रि प्रदान गरेको बुटवल उद्योग वाणिज्य संघ र पुस्तक तथा स्टेशनरी बस्तुगत समितिलाई आधार सहित धन्यवाद व्यक्त गर्नुभयो । शिक्षा र ज्ञानका कुराले मानिसलाई विनयी बनाउने बताउँदै निरन्तरको अध्ययनले प्रहरीलाई पनि ज्ञानी बनाउने र त्यसले विनयी पनि बनाउने विश्वास व्यक्त गर्नुभयो । प्रहरी विनयी बन्दा मुस्कानसहितको प्रहरी सेवालाई समेत मद्धत गर्ने भनाई राख्नुभयो । कार्यक्रममा जिल्ला फूटवल संघ नवलपरासीका अध्यक्ष ज्ञानु गुरुङको समेत सहभागिता रहेको थियो । कार्यक्रम प्रहरी सहायक निरीक्षक शम्भु नेपालले सञ्चालन गर्नुभएको थियो ।

छुटाउनुभयो कि ?

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

काठमाडौंस्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँको बिदाका अवधिमा नागरिकलाई सहज, सुलभ र निरन्तर स्वास्थ्य सेवा उपलब्ध गरा...
टेस्लाले सार्वजनिक गर्‍यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा

टेस्लाले सार्वजनिक गर्‍यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा

काठमाडौँअमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाले उड्न सक्ने दाबी गरिएको नयाँ रोडस्टर कार सार्वजनिक गरेको छ । कम्पनीका...
भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

काठमाडौँभोटेकोशी बाढीबाट घरमा क्षति पुगेका घरपरिवारमध्ये करिब २६ प्रतिशतले बाढीअघिकै स्थानमा बस्ने चाहना राखेका छन् । राष्ट्र...
बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बुटवल प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ सा...