पत्रकार महासङ्घ रुपन्देहीले स्थापना गर्‍यो खेलकुद र फोटो पत्रकारिता पुरस्कार


रुपन्देही
नेपाल पत्रकार महासङ्घ रुपन्देहीले फरक फरक दुई विधामा पुरस्कार स्थापना गरेको छ। नेपाल पत्रकार महासङ्घ रुपन्देही शाखाको १५ औँ नियमित बैठकले खेलकुद पत्रकारिता पुरस्कार र फोटो पत्रकारिता पुरस्कार स्थापना गरेको हो।

यी दुवै पुरस्कारको राशि २५ / २५ हजारको हुने पत्रकार महासङ्घ रुपन्देहीले जनाएको छ।

नेपाल पत्रकार महासङ्घको स्थापना दिवसका अवसरमा आयोजित फुटसल प्रतियोगिताबाट बचत भएको रकमबाट ५ लाखको कोषमा जम्मा गर्ने निर्णय गरेको छ। उक्त कोषबाट आउने ब्याजबाट उक्त पुरस्कार दिइने छ। महासङ्घले उक्त पुरस्कार यस वर्षको स्थापना दिवसका अवसरमा वितरण गर्ने जनाएको छ।

त्यसै गरी महासङ्घले यसै बर्षबाट फोटो पत्रकारिता पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ। महासङ्घले गत पुस महिनामा बुटवल मण्डपमा सञ्चालन भएको फोटो प्रदर्शनीबाट सङ्कलित रकमबाट ५ लाख रुपैयाँको कोष निर्माण गरी उक्त कोषको ब्याज बाट आउने रकम बाट प्रत्येक वर्ष लुम्बिनी प्रदेशभरिका पत्रकारहरूले प्रकाशन गरेका फोटो मध्ये उत्कृष्ट एक जना पत्रकारलाई उक्त पुरस्कार वितरण गरिने जनाएको छ। उक्त कोषका लागि रुपन्देही उद्योग सङ्घले २ लाख रुपैयाँ सहयोग गरेको छ।

महासङ्घका अध्यक्ष दिनेश पाण्डेले रुपन्देहीले लुम्बिनी प्रदेशका सबै जिल्लाहरूलाई भावनात्मक रूपमा जोडने उद्देश्यले प्रदेश स्तरीय उक्त पुरस्कार स्थापना गरिएको बताए। अग्रजहरूले रुपन्देहीलाई पत्रकारितामा मोफसलको राजधानी भन्ने कुरालाई स्थापित गर्नु भएको छ हामी त्यसलाई भावनात्मक ढङ्गले जोडने प्रयत्न स्वरुप उक्त पुरस्कार स्थापना गरेका हौँ पाण्डेले भने। रुपन्देही पत्रकारितामा अगुवाइ गरेको जिल्ला हो यसले फोटो पत्रकारितामा लागेकाहरूलाई प्रोत्साहन पनि मिल्ने छ उनले भने।

त्यसै गरी महासङ्घले आफ्नो मातहत रहेको पत्रकार कल्याणकारी कोषलाई ३० लाख रुपैयाँ बनाएको छ। यस अघि २५ लाख रुपैयाँ रहेको कोषलाई यस वर्ष ५ लाख रुपैयाँ थप गरी ३० लाख बनाएको हो।

महासङ्घले उक्त कोषबाट कुनै पत्रकारको मृत्यु भएको खण्डमा आश्रित परिवारलाई २५ हजार रुपैयाँ रकम प्रदान गरिने जनाएको छ। त्यसै गरी विगतमा दुर्घटनाबाट घाइते पत्रकारहरूको उपचार सहयोग हुँदै आएकोमा गत वर्ष देखि तथा सुत्केरी पोषण खर्च र शिशु बचत योजना समेत सञ्चालन गरेको छ।

महासङ्घ रुपन्देही शाखाका अनुसार महासङ्घ रुपन्देही शाखामा आबद्ध पत्रकार महिला सुत्केरी हुँदा ५ हजार रुपैयाँ पोषण खर्च र उनको शिशुका नाममा ५ हजार रुपैयाँको शिशु बचत खातामा रकम जम्मा गरिदिने छ।

महासङ्घको बैठकले निर्वाचनका समयमा हुनसक्ने पत्रकार आचार संहिता उल्लङ्घन र पत्रकारको सुरक्षाका विषयमा अनुगमन गर्न अध्यक्ष दिनेश पाण्डेको अध्यक्षतामा महासङ्घका सल्लाहकारहरू सदस्य रहेको अनुगमन समिति समेत गठन गरेको महासङ्घका सचिव सिपी खनालले बताए।

यसका साथै महासङ्घले पत्रकार कल्याणकारी कोषको कार्यविधि २०८२ तथा फोटा पत्रकारिता पुरस्कार तथा खेलकुद पत्रकारिता पुरस्कार कार्यविधि २०८२ पारित गरेको छ। भने अन्य पुरस्कारहरू समेत व्यवस्थित गर्ने निर्णय महासङ्घले गरेको छ।

छुटाउनुभयो कि ?

विपत्ति र क्षति न्यूनीकरण

विपत्ति र क्षति न्यूनीकरण

श्रीराम ज्ञवालीमानव जीवन, धनजन, समाज र वातावरणमा अपूर्णनिय क्षति पुर्‍याउने, सामान्य जनजीवनलाई पूर्ण रूपमा अस्तव्यस्त बनाउने ...
नागढुङ्गा–नारायणगढ सडक सुचारु

नागढुङ्गा–नारायणगढ सडक सुचारु

काठमाण्डौ – भोटेकोशी नदीमा फेरि बाढी आएको सूचनापछि रोकिएको नागढुङ्गा–नारायणगढ सडकखण्डमा गाडी चल्न थालेका छन् । आज बिहान भो...
बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी नदीमा गएको बुधबार आएको बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ ।  अझै दुई हजार ४९८ जन...
शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

काठमाडौंरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म मृत्यु हुने संख्या ६ सय नाघिसकेको छ । अधिकांश शवको पहिचान हु...