एमालेको महत्त्वाकांक्षी प्रतिबद्धता घटाउँदै व्यावहारिक, कार्यान्वयनयोग्य घोषणापत्र ल्याउने दाबी


काठमाडौँ
एमालेले ‘बलियो राष्ट्रियता र सुदृढ लोकतन्त्र’ मूलमन्त्रसहित चुनावी घोषणापत्र ल्याउने भएको छ ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षासहित नीति कार्यक्रम समावेश गरी घोषणापत्रलाई अन्तिम रुप दिने एमालेको तयारी छ ।

केन्द्रीय कार्यालय च्यासलमा बिहीबार एमालेले ५० विज्ञसँग छलफल गरेको थियो । घोषणापत्रमा समेट्नुपर्ने विषयमा छलफल गरी उसले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रका सुझाव पनि मागेको छ । सुदृढ लोकतन्त्र, संवैधानिक सर्वोच्चता, कानुनी शासन र सामाजिक न्यायसहितको दिगो विकासमा केन्द्रित गरी घोषणापत्रलाई अन्तिम रुप दिने तयारी छ ।

घोषणापत्र लेखन समितिका सचिव विष्णु रिमालले विगतभन्दा समृद्ध घोषणापत्र ल्याउने दाबी गरे । २०७९ को प्रतिनिधिसभा निर्वाचन घोषणापत्रमा रहेका प्रमुख प्राथमिकतामा थपेर नयाँ राजनीतिक र आर्थिक कार्यक्रम बनाइने उनले बताए ।
‘बलियो राष्ट्रियता र सुदृढ लोकतन्त्र, दिगो आर्थक विकास र उच्च आर्थिक वृद्धिदर, भूमिको वैज्ञानिक व्यवस्थापन’ लगायन कार्यक्रम घोषणापत्रमा हुनेछन् । यस्तै, सन्तुलित परराष्ट्र नीतिलाई निरन्तरता दिँदै बलियो राष्ट्रियताको मुद्दा समेटिनेछ ।
एमालेले जेन-जी आन्दोलपछि ध्वस्त भएका संरचना पुनर्निर्माण गर्ने सम्बन्धमा पनि घोषणपत्रमा समेटिने एमालेले जनाएको छ ।

एमाले उपाध्यक्ष रघुजी पन्तले यसपटक एमालेले राष्ट्रियता, लोकतन्त्र र भौतिक पूर्वाधार विकासका साथै सामाजिक सुरक्षाको मुद्दा २०४८ देखि सुरु गरी २०५१ को निर्वाचनमा मूर्त रुप दिएको बताए । ‘यसपटक पनि एमालेले यी मुद्दालाई परिष्कृत रुपमा घोषणापत्रमा व्यावहारिक र कार्यान्वयन गर्न सक्ने गरी ल्याउनेछ,’ उनले भने, ‘हाम्रा प्रतिबद्धताहरु सटिक रुपमा घोषणापत्रमा आउनेछन् ।’

२०४८ देखि एमालेको घोषणापत्र लेखनमा संलग्न रहँदै आएका पन्तले विगतमा घोषणापत्रमा प्रतिवद्धता ठूला हुने तर कार्यान्वयन न्यून हुने भएकाले प्रश्न उठ्दै आएको बताए । ‘अब कार्यान्वयन हुन सक्नेगरी घोषणापत्र बनाउनुपर्छ भन्ने छ,’ उनले भने । विगतमा एमालेका घोषणापत्रले लोकतन्त्र, आर्थिक वृद्धि, सामाजिक सुरक्षा, समानता, गणतन्त्रको पक्षमा भूमिका खेलेको उनको दाबी छ ।

यसपटक एमालेले महात्वाकांक्षी र कार्यान्वयन गर्न नसकिने कार्यक्रमलाई न्यूनीकरण गर्ने तयारी गरेको छ । राष्ट्रिय योजना आयोगका पूर्वसदस्य एवं एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले राजनीतिक, आर्थिक क्षेत्रमा केन्द्रित गरी पार्टीको घोषणापत्र ल्याउने बताए । ‘सुदृढ लोकतन्त्र, संवधौनिक सर्वोच्चता, कानुनी शासन र सामाजिक न्यायसहितको दिगो विकास, बढ्दो असमानता प्रगतिशील कानुनमार्फत अन्त्य गर्ने र बहुआयमिक गरिबी र निरपेक्ष गरिबी ५ वर्ष निर्मल गर्ने उद्देश्य छ,’ उनले भने ।

घोषणापत्र छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओलीले भूकम्पले पुर्‍याएको भौतिक क्षतिको पुनर्निर्माण उदाहरणीय रूपमा सफल भएको उदारण दिँदै राष्ट्रियता, लोकतन्त्र र संविधानलाई सही दिशामा ल्याउने गरी प्रतिबद्धता आउने बताएका थिए । ‘एमालेले गत भदौको विध्वंसले राष्ट्रियता, लोकतन्त्र र संविधानमा पुर्‍याएको क्षतिको पुनर्निर्माण, राष्ट्रिय सुरक्षा र सुदृढ राष्ट्रिय एकता कायम गर्न उच्च मनोबलका साथ नेतृत्व प्रदान गर्नेछ,’ उनले भने, ‘पार्टीले देशलाई पहिलो प्राथमिकतामा राखेर मुलुकको समृद्धि, सुशासन, दिगो विकासमार्फत पाली जनताको समृद्धि र सुखको चाहनालाई पूरा गर्ने गरी घोषणापत्रको तयार गरेको छ ।’

छुटाउनुभयो कि ?

प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि करिब साढे ३ लाख सुरक्षाकर्मी परिचालन

प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि करिब साढे ३ लाख सुरक्षाकर्मी परिचालन

काठमाडौआगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि २१ माघ (बुधबार) देखि नेपाली सेना परिचालन हुने भएको छ। निर्वाचनपूर्व...
भित्रियो साढे १० खर्ब रेमिटेन्स, विदेशी मुद्रा सञ्चिति साढे ३२ खर्ब

भित्रियो साढे १० खर्ब रेमिटेन्स, विदेशी मुद्रा सञ्चिति साढे ३२ खर्ब

काठमाडौंनेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्षको छ महिना (पुस मसान्तसम्म) को तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित...
नेपालमा निपाह भाइरसको जोखिम कम भए पनि सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह

नेपालमा निपाह भाइरसको जोखिम कम भए पनि सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ छिमेकी देशमा देखिएको निपाह भाइरसका सङ्क्रमणको जोखिम नेपालमा न्यून भए पनि सतर्क रहन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्र...
मन्त्री छोडेर चुनाव लड्नू बेइमानी होइन: प्रधानमन्त्री कार्की

मन्त्री छोडेर चुनाव लड्नू बेइमानी होइन: प्रधानमन्त्री कार्की

काठमाडौँप्रधानमन्त्री सुशिला कार्कीले सरकार छोडेर गएपछि चुनाव लड्न जानेले बेइमानी नगरेको स्पष्ट गरेकी छन् ।राष्ट्रिय सभामा सम...