जेनजी आन्दोलनको मागनै रोजगार र सुशासन थियो, मेरो ध्यान त्यता केन्द्रित छ : विष्णु पौडेल


जेनजी आन्दोलनको मागनै रोजगार र सुशासन थियो, अबको ध्यान त्यता केन्द्रित गर्छु : विष्णु पौडेल
बुटवल
पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष तथा रुपन्देही क्षेत्रनम्बर-२ का उम्मेद्वार विष्णुप्रसाद पौडेलले भौतिक पूर्वाधारसँगै अब मानवीय बिकास र रोजगार प्रवर्द्धन आफ्नो पहिलो प्राथमिकता रहने बताएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचाका लागि रुपन्देहीमा ठूला भौतिक पूर्वाधारहरु निर्माणको योजनाहरुलाई सम्पन्न गर्ने, औद्योगिक बिकास र मल्टिनेशन कम्पनीहरुलाई लगानीका लागि आह्वान गर्दै रोजगार सिर्जना गर्नका लागि ध्यान केन्द्रित गरिने बताए ।
एमालेको बुटवल-११ देवीनगर तथा बुटवल-१ पारीबुटवलमा वडास्तरीय निर्वाचन परिचालन कार्यालय उद्घाटन गर्दै पौडेलले भने- “रुपन्देहीमा भौतिक पूर्वाधार र संरचनाहरुको बिकासले अब सम्पन्नताको अवस्थामा पुग्दैछ । यसले मात्रै प्रयाप्त हुँदैन, यहाँको आयस्तर वृद्धि गर्ने कुरा, रोजगारी र स्वरोजगार सिर्जना गर्ने खालका योजनाहरुमा मेरो ध्यान केन्द्रित हुनेछ ।” उनले जेनजी आन्दोलनको मुख्य मागनै रोजगारी रहेको बताउँदै त्यसलाई पूरा गर्नेगरी ध्यान केन्द्रित गरेको उल्लेख गरे । रुपन्देहीका जनताले अब विश्वस्तरको जीवनशैलीमा बाच्न पाउनु पर्ने बताउँदै उनले यहाँका महत्वपूर्ण र ठूला योजनाहरुलाई पूरा गर्ने सवालमा आफूले कुनै कसर बाँनी नराख्ने र अबको ध्यान रोजगार प्रवर्द्धनमा केन्द्रित गर्ने प्रतिवद्धता गरे ।
बुटवलमा निर्माणाधिन मुलुककै ठूलो १२ तलाको लुम्बिनी प्रादेशिक अस्पताललाई सम्पन्न गर्ने, बुटवलदेखि पोखरासम्मको सडकलाई २ घण्टामै यात्रा गर्न मिल्नेगरी बिस्तार गर्ने, बुटवल-गोरुसिंगे सडक बिस्तार, बुटवल-नारायणगढ सडक बिस्तारको काम सम्पन्न गर्ने, तिनाउ पुलमा सिग्नेजचर ब्रिज निर्माण गरि पर्यटकीय गन्तव्य बनाउने, मेडिकल कलेज स्थापना लगायतका ठूला परियोजनाहरुलाई अगाडि बढाउन आफूले गरेको योगदान बारे यहाँका मतदाताहरु जानकारनै रहेको विश्वास व्यक्त गर्दै उनले आगामी दिनमा पनि जनताको साथ पाउनेमा विश्वस्त रहेको उल्लेख गरे । भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थललाई चलायमान गराउने, बुटवलमा निर्माण सम्पन्न भएका अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालन, अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र सञ्चमलन तथा औद्योगिक क्षेत्रको बिकाससँगै रोजगारी सिर्जना गर्नुपर्नेमा उनले जोड दिए ।

छुटाउनुभयो कि ?

४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...
बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...