अण्डाको मूल्यमा भारी गिरावट, प्रतिक्रेट ३ सय ७५ रुपैयाँ
चितवनअण्डाको मूल्यमा भारी गिरावट आएको छ । नेपाल लेयर्स कुखुरा पालक सङ्घले सोमबारदेखि लागू हुने गरी तोकेको नयाँ समर्थन मूल्यअनुसार अब ठूलो अण्डा प्रतिक्रेट रु. ३७५ र मध्यम अण्डा रु. ३३५ कायम भएको छ ।
यसअघि गत मङ्सिरमा अण्डाको मूल्य अहिलेसम्मकै उच्च प्रतिक्रेट रु. ५६५ पुगेको थियो । सङ्घका अनुसार नेपालमा उत्पादन बढेको र भारतबाट समेत सस्तो सेतो अण्डा भित्रिएका कारण मूल्यमा गिरावट आएको हो ।हाल अण्डाको लागत मूल्य प्रतिक्रेट करिब ५७४ रुपैयाँ पर्ने भए पनि लागतभन्दा धेरै कम मूल्यमा अण्डा बिक्री गर्नुपर्ने बाध्यता आएपछि किसानहरू निराश बनेको संघले जनाएको छ । संघले भारतीय अण्डाको आयात रोक्न सरकारसँग माग गरेको छ ।
...








