चुनावी अभियान : रवि लामिछाने रुपन्देहीमा


बुटवल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने रुपन्देही आइपुगेका छन् । आइतबार साँझ जिल्ला पुगेका उनी मणिग्रामस्थित तारे होटल विश्राम बाटिकामा बसेका छन् । आज उनी रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा जनसम्पर्क कार्यक्रमका लागि जाने कार्यतालिका तय भएको छ ।
पार्टीका अनुसार बिहान ८ बजे रुपन्देही–१ अन्तर्गत देवदहको खैरेनीबाट लामिछानेको जनसम्पर्क कार्यक्रम सुरु भएको छ । दिनभर पाँचवटै निर्वाचन क्षेत्रका २६ स्थानमा पुग्ने र साँझ निर्वाचन क्षेत्र नं. ५ अन्तर्गत पर्ने बुद्ध जन्मस्थल लुम्बिनी तथा मायादेवी मन्दिरमा पुग्ने कार्यक्रम रहेको रास्वपा रुपन्देहीका सभापति डा. बुद्धिप्रसाद शर्माले जानकारी दिए ।

उनका अनुसार बिहान ११ बजे निर्वाचन क्षेत्र नं. ३ को भैरहवा, दिउँसो १ बजे क्षेत्र नं. ४ अन्तर्गत कोटहीमाई–मर्चवार, २ बजे क्षेत्र नं. ५ को पर्सहवा, सवा ३ बजे क्षेत्र नं. २ को मोतिपुर, त्यसपछि बुटवल हुँदै नयाँगाउँ र सालझण्डी पुगेर सवा ६ बजे लुम्बिनी पुग्ने कार्यक्रम तय गरिएको छ ।

रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रका २६ स्थानमा पुग्ने कार्यतालिका रहे पनि सबै स्थानमा सम्बोधन नगरी केही प्रमुख स्थानमा मात्रै सम्बोधन हुनसक्ने शर्माले बताए ।

रास्वपाले रुपन्देहीका निर्वाचन क्षेत्र नं. १ मा महामन्त्री सुनिल लम्साल, क्षेत्र नं. २ मा सुलभ खरेल, क्षेत्र नं. ३ मा डा. लेखजंग थापा, क्षेत्र नं. ४ मा कन्हैया बनिया र क्षेत्र नं. ५ मा तौफिफ अहमद खानलाई उम्मेदवार बनाएको छ ।

रुपन्देहीका कार्यक्रम सम्पन्न गरेपछि लामिछाने सोमबार राति कपिलवस्तुमा बस्ने कार्यक्रम तय भएको जनाइएको छ । लामिछानेले उम्मेदवारी भने चितवन २ बाट दिएका छन् ।

छुटाउनुभयो कि ?

अस्पताललाई भरोसा र पुर्ण सेवा योग्य वनाउने योजना छ ,साथ दिनुहोस् : मेसु डा. गौतम

अस्पताललाई भरोसा र पुर्ण सेवा योग्य वनाउने योजना छ ,साथ दिनुहोस् : मेसु डा. गौतम

बुटवललुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विष्णु गौतमले अस्पताललाई सवै नागरिकले भरोसा गर्न सक्ने र...
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाण्डौ - आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सूचना तथा सञ्चार प्रविधिको विकास तथा ...
राष्ट्रपतिबाट सम्पत्ति शुद्धीकरणसम्बन्धि अध्यादेश जारी

राष्ट्रपतिबाट सम्पत्ति शुद्धीकरणसम्बन्धि अध्यादेश जारी

काठमाडौंराष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) सम्बन्धि अध्यादेश जारी गरेका...
रूपन्देहीका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसाेवासी आन्दोलनमा

रूपन्देहीका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसाेवासी आन्दोलनमा

रुपन्देहीसरकारले सार्वजनिक जग्गा खाली गराउने अभियान तिब्र बनाउन थालेपछि रूपन्देहीका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसाेवा...