अण्डाको मूल्यमा भारी गिरावट, प्रतिक्रेट ३ सय ७५ रुपैयाँ


चितवन
अण्डाको मूल्यमा भारी गिरावट आएको छ । नेपाल लेयर्स कुखुरा पालक सङ्घले सोमबारदेखि लागू हुने गरी तोकेको नयाँ समर्थन मूल्यअनुसार अब ठूलो अण्डा प्रतिक्रेट रु. ३७५ र मध्यम अण्डा रु. ३३५ कायम भएको छ ।

यसअघि गत मङ्सिरमा अण्डाको मूल्य अहिलेसम्मकै उच्च प्रतिक्रेट रु. ५६५ पुगेको थियो । सङ्घका अनुसार नेपालमा उत्पादन बढेको र भारतबाट समेत सस्तो सेतो अण्डा भित्रिएका कारण मूल्यमा गिरावट आएको हो ।
हाल अण्डाको लागत मूल्य प्रतिक्रेट करिब ५७४ रुपैयाँ पर्ने भए पनि लागतभन्दा धेरै कम मूल्यमा अण्डा बिक्री गर्नुपर्ने बाध्यता आएपछि किसानहरू निराश बनेको संघले जनाएको छ । संघले भारतीय अण्डाको आयात रोक्न सरकारसँग माग गरेको छ ।

छुटाउनुभयो कि ?

साउदीको तेल क्षेत्रमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई जनाको मृत्यु

साउदीको तेल क्षेत्रमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौँसाउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमण रोक्ने क्रममा खसेका टुक्राबाट एक नेपालीसहित दुई विदे...
आज एकादशी : दसैँको टीका लगाउने क्रम जारी

आज एकादशी : दसैँको टीका लगाउने क्रम जारी

काठमाडौँविजयादशमीका दिन टीका थाप्न नभ्याएका आफन्त तथा चेलीबेटीहरूका लागि आज पनि दसैँको टीका लगाउने क्रम जारी छ । आश्विन शु...
रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

बुटवलरुपन्देहीमा आर्थिक वर्ष २०८३/०८४ अन्तर्गत अघिल्लो असोज महिनामा १३२ वटा अपराधका मुद्दा दर्ता भएका छन् । तीमध्ये ज्यानसम्ब...
युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

काठमाडौंयुक्रेनमा चार वर्षभन्दा लामो समयदेखि जारी युद्ध अन्त्य गर्ने नयाँ कूटनीतिक प्रयासस्वरूप रूसी राष्ट्रपति भ्लादिमिर पुट...