देश निर्वाचनमय भएको छ, पार्टी थप सुदृढ हुँदैछ : प्रचण्ड


काठमाडौं
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान जटिल राजनीतिक परिस्थितिमा जनतामाझ जाने सबैभन्दा उपयुक्त माध्यम निर्वाचन नै भएको बताएका छन् ।
सोमबार काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ ले आयोजना गरेको वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले देश निर्वाचनको संघारमा पुगेको उल्लेख गरे । उनले निर्वाचन कसरी अगाडि बढ्ने भन्ने विषयमा राष्ट्रिय राजनीतिमा व्यापक तनाव र बहस भएको स्मरण गराउँदै सर्वदलीय र सर्वपक्षीय सरकार तथा संसद पुनःस्थापनाका विषयहरू पनि उठेको बताए । ‘तर हामी सुरुदेखि नै यही निष्कर्षमा डटेर उभिएका छौँ कि आजको जटिल राजनीतिक अवस्थामा जनताको बीचमा जाने सबैभन्दा राम्रो माध्यम निर्वाचन हो,’ उनले भने, ‘नयाँ जनअनुमोदनसहित आउने प्रतिनिधिसभाले जेनजीका मागहरूलाई समेत सम्बोधन गर्न सक्छ ।’
संयोजक दाहालले हालसम्म आइपुग्दा सिंगो राष्ट्र निर्वाचनमय भइसकेको र नेपाली कम्युनिष्ट पार्टीको स्थिति दिनप्रतिदिन सुदृढ हुँदै गएको दाबी गरे । उनले भने, ‘अहिले हामी निर्वाचनको संघारमा छौं । यो निर्वाचन कसरी अगाडि बढ्छ भन्ने कुरामा राष्ट्रिय राजनीतिमा निकै धेरै तनाब र बहस भयो । यहाँसम्म आउँदा सिंगै राष्ट्र नै निर्वाचनमय भइनैसकेको छ । नेपाली कम्युनिष्ट पार्टीको स्थिति पनि दिनप्रतिदिन सुदृण हुँदै गएको छ ।’

कार्यक्रमका अवसरमा एमाले खेलकुद विभाग सदस्य रेनुका श्रेष्ठ, बैंकर बिमला ज्ञवाली, अधिवक्ता सबिना वाग्ले लगायत दर्जनौँ व्यक्तिहरू नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । संयोजक दाहालले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै आगामी राजनीतिक संघर्षमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे ।

छुटाउनुभयो कि ?

कान्ति माविका प्राचार्य ज्ञवाली भन्छन् ‘चाहे जस्तो परिणामका लागि अहोरात्र लागेका छौं’

कान्ति माविका प्राचार्य ज्ञवाली भन्छन् ‘चाहे जस्तो परिणामका लागि अहोरात्र लागेका छौं’

बुटवलबुटवलको कान्ति माध्यमिक विद्यालयका प्राचार्य गोविन्द ज्ञवालीले विद्यालय सरकारको मुल्यांकनमा उत्कृष्ट भएपनि आफुहरुले चाहे...
बाढीमा ज्यान गुमाउनेको सम्झनामा द एसआर होटल द्वारा दीप प्रज्वलन

बाढीमा ज्यान गुमाउनेको सम्झनामा द एसआर होटल द्वारा दीप प्रज्वलन

बुटवलभोटेकोशी बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झनामा रूपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको द एसआर होटलले दीप प्रज्वलन गरी ...
प्रतिनिधिसभाको बैठक बस्दै, सभामुखले भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत गर्ने

प्रतिनिधिसभाको बैठक बस्दै, सभामुखले भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत गर्ने

काठमाडौंप्रतिनिधिसभाको बैठक आज बस्दै छ ।बैठक बुधबार दिउँसो १ बजेका लागि डाकिएको छ ।सिंहदरबारमा बस्ने बैठकमा सभामुख डोलप्रसाद ...
भोटेकोशी बाढी : हालसम्म १ हजार ५६ जनाको शव फेला

भोटेकोशी बाढी : हालसम्म १ हजार ५६ जनाको शव फेला

काठमाडौंरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार दिउँसो २ बजे म्म १ हजार ५६ जनाको शव फेला परेको छ ।जसमध्ये रसुवा...