जापानको निर्वाचनमा पूर्व टेलिभिजन प्रस्तोता ताकाइची नेतृत्वको दललाई भारी बहुमत


काठमाडौं
जापानको प्रधानमन्त्री निर्वाचनमा सानाए ताकाइची नेतृत्वको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले अत्यधिक बहुमत हासिल गरेको छ ।

आइतबार भएको निर्वाचनमा ताकाइची नेतृत्वको एलडीपीले संसदको शक्तिशाली तल्लो सदनमा सबैभन्दा धेरै सिट जितेको हो ।
पार्टीको स्पष्ट जितपछि पत्रकारहरूसँग कुरा गर्दै ताकाइचीले भनिन्, ‘हामीले जिम्मेवार र सक्रिय वित्तीय नीतिमा निरन्तर जोड दिँदै आएका छौं । हामी वित्तीय नीतिको दिगोपनलाई प्राथमिकता दिनेछौं र आवश्यक लगानी सुनिश्चित गर्नेछौं ।’
मार्गरेट थ्याचरप्रति उनको प्रशंसाका कारण ‘आइरन लेडी’ उपनाम पाएकी सानाए ताकाइची जापानको लिबरल डेमोक्रेटिक पार्टीको दक्षिणपन्थी धारमा पर्ने, व्यक्तित्वका रूपमा चिनिन्छिन् । उनी लैङ्गिक समानताबारे रूढिवादी दृष्टिकोण र कडा आप्रवासन नीतिका कारण परिचित छिन् ।
पूर्व प्रधानमन्त्री शिन्जो आबेकी निकट सहयोगी मानिने ६४ वर्षीया ताकाइचीले आफ्नो राजनीतिक करिअरमा विभिन्न मन्त्री पद सम्हालिसकेकी छन् ।

उनी पाँच वर्ष अवधिमा जापानको चौथी प्रधानमन्त्री हुन् । जापानमा अघिल्ला प्रधानमन्त्रीहरूको लोकप्रियता तीव्र रूपमा घट्नु र विभिन्न काण्डमा मुछिएका कारण पद छोड्न बाध्य भएका थिए ।

राजनीतिमा आउनु अघि ताकाइचीले केही समय टेलिभिजन प्रस्तोता (होस्ट) का रूपमा पनि काम गरेकी थिइन् ।

हेभी मेटल संगीतकी पारखी उनी एक ब्याण्डमा पनि संलग्न थिइन् । स्टेजमा जोसिलो प्रस्तुति दिँदा ड्रमस्टिक भाँचिने भएकाले सधैं धेरै ड्रमस्टिक बोकेर हिँड्ने व्यक्ति भनेर उनी चर्चित थिइन् ।

ताकाइची व्यक्तिगत रूपमा निकै लोकप्रिय भए पनि पछिल्ला वर्षहरूमा सत्तारूढ एलडीपी चन्दा र धार्मिक काण्डका कारण दबाबमा थियो ।

तर, घरपरिवारलाई बढ्दो महँगीको मारबाट जोगाउन खाद्यान्नमा लाग्ने आठ प्रतिशत बिक्री कर निलम्बन गर्ने चुनावी प्रतिबद्धतासहित निर्वाचनमा होमिएको थियो । विकसित अर्थतन्त्रहरूमध्ये सबैभन्दा ठूलो ऋण बोकेको देशले यस्तो योजना कसरी वित्तपोषण गर्छ भन्ने प्रश्न अहिले उठेको अलजजिराले लेखेको छ ।

छुटाउनुभयो कि ?

साउदीको तेल क्षेत्रमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई जनाको मृत्यु

साउदीको तेल क्षेत्रमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौँसाउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमण रोक्ने क्रममा खसेका टुक्राबाट एक नेपालीसहित दुई विदे...
आज एकादशी : दसैँको टीका लगाउने क्रम जारी

आज एकादशी : दसैँको टीका लगाउने क्रम जारी

काठमाडौँविजयादशमीका दिन टीका थाप्न नभ्याएका आफन्त तथा चेलीबेटीहरूका लागि आज पनि दसैँको टीका लगाउने क्रम जारी छ । आश्विन शु...
रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

बुटवलरुपन्देहीमा आर्थिक वर्ष २०८३/०८४ अन्तर्गत अघिल्लो असोज महिनामा १३२ वटा अपराधका मुद्दा दर्ता भएका छन् । तीमध्ये ज्यानसम्ब...
युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

काठमाडौंयुक्रेनमा चार वर्षभन्दा लामो समयदेखि जारी युद्ध अन्त्य गर्ने नयाँ कूटनीतिक प्रयासस्वरूप रूसी राष्ट्रपति भ्लादिमिर पुट...