ताजा अपडेट

पाल्पामा टिपर दुर्घटना : मृतक संख्या चार पुग्यो

पाल्पामा टिपर दुर्घटना : मृतक संख्या चार पुग्यो

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, स्थानीय
बुटवलपाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ। माथागढी गाउँपालिका–७ रहबासमा भएको दुर्घटनामा गम्भीर घाइते भएका तानसेन नगरपालिका–१० पटुवाका ३३ वर्षीय राजन चिदीको उपचारका क्रममा मृत्यु भएपछि मृतक संख्या चार पुगेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। प्रहरीका सूचना अधिकारी डिएसपी होमप्रकाश चौधरीका अनुसार उनको भैरहवास्थित मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। यसअघि दुर्घटनामा अर्घाखाँची शीतगङ्गा–४ सिद्धाराका चालक २६ वर्षीय चिन्ता बहादुर सुनार, सोही स्थानका २६ वर्षीय सुनिल विक र रुपन्देही देवदह–२ खैरेनीका २६ वर्षीय सुनिल नेपालीको ज्यान गएको थियो। शनिबार बेलुका झडेवाबाट रहबासस्थित चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको खाली टिपर सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको थियो। दुर्घटनामा चालकसहित चार जना पुरुष घाइते भएक...
पश्चिमी वायुको प्रभाव: देशभर बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभाव: देशभर बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँहाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली साथै स्थानीय वायुको प्रभाव छ। साथै कोशी, मधेस र बागमती प्रदेशलगायतका पहाडी र हिमाली भूभागमा साधारणतया बादल तथा बाँकी तराई भूभागमा आंशिक बादल लागेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र मधेस प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपात भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ र तराई भूभागमा आंशिक बादल लाग्नेछ । देशका पहाडी र हिमाली भूभागका केही स्थान तथा कोशी र लुम्बिनी प्रदेशका तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ। त्यसैगरी, आज राति देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराई भूभागमा मौसम सफा रहनेछ। कोशी र गण्डकी ...
जनचाहना अनुसार रूपान्तरणको बाटो नलिए सकिने निश्चित छ: सुरेन्द्र पाण्डे

जनचाहना अनुसार रूपान्तरणको बाटो नलिए सकिने निश्चित छ: सुरेन्द्र पाण्डे

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले नेपालको राजनीतिक संगठन र पार्टी अब पुरानो ढर्राबाट चल्न नसक्ने बताएका छन् ।पुराना दलहरूमा नेतृत्व, विचार र संगठनको पुनर्गठन गरी सच्चिने अठोट नगरे सामूहिक मलामी जाने दिन आउने दाबी गरे ।चिन्तन अभियान नेपाल, रूपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको 'नेपाली राजनीति र अबको परिदृश्य' विषयक कार्यक्रममा पुर्व अर्थमन्त्री समेत रहेका नेता पाण्डेले विगतका गल्ती सच्याउँदै रूपान्तरणको बाटो नलिए सकिने समय टाढा नभएको दाबी गरे । ‘२०७४ मा दिग्विजय भयो भनिएको हो, सुधारिन नसक्दा पछारिँदै यहाँसम्म आइपुगियो,’ पूर्वअर्थमन्त्री समेत रहेका पाण्डेले भने, ‘समाजमा एउटा कमेन्ट रहेछ, त्यसलाई मलाई सधैं घोच्छ । कुनै बेला कम्युनिस्टहरू (एमाले) तीन/चार वटा बसमा आउँथे रे । २०७९ मा आउँदा एउटा बसमा मात्र आउने भए रे । अहिले एउटा माइक्रो बसमा आउने भएका छन् । अर्को पटक स्कुट...
वर्षाका कारण दाउन्ने सडक अवरुद्ध

वर्षाका कारण दाउन्ने सडक अवरुद्ध

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार
बुटवलबुटवल-नारायणगढ सडक खण्ड अन्तरगत दाउन्नेमा गयरातीदेखि सडक अवरुद्ध भएको छ । वर्षासँगै सडक हिलाम्य भएपछि सवारीका साधनहरु उकालो चढ्न नसक्दा बीच बाटोमै रोकिएर सडक अवरुद्ध भएको हो ।राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार वर्षाले सडक चिप्लो भएपछि अवरुद्ध भएको हो । घाम लागेर वा सडक केही सुख्खा भएर सामान्य अवस्थामा नआउँदासम्म सुचारु हुन समस्या हुने देखिएको छ । सडक अवरुद्ध भएपछि सयौँ यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् ।शुक्रबारदेखिनै नेपालको मौसममा परिवर्तन आएपछि दाउन्ने क्षेत्रमा तीन दिनका लागि रातको समयमा ठूला मालबाहक सवारीलाई सञ्चालनमा रोक लगाइएको थियो । सडक बिस्तारको काम भैरहेको यस क्षेत्रमा वर्षात तथा सीतलहरको समयमा सडक चिप्लो भएर पटक-पटक अवरुद्ध हुँदै आएको छ । सडक आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिह...
मुस्लिम समुदायले आज इद उल फित्र पर्व मनाउँदै

मुस्लिम समुदायले आज इद उल फित्र पर्व मनाउँदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौंएक महिने रमजान पर्व समापन भएको अवसरमा आज मुस्लिम समुदायले इद उल फित्र पर्व मनाउदै छन् । इद उल फित्र मुस्लिमहरूको सबैभन्दा ठूलो चाड हो, जुन रमजान महिना पूरा भएपछि मनाइन्छ ।उपवास ईद उल फित्र सँगै समाप्त हुन्छ । इस्लामिक क्यालेन्डरका अनुसार रमजानपछि शवालको पहिलो दिन इद उल फित्र मनाइन्छ । यो बिहान प्रार्थना सँगै सुरु हुन्छ ।रमजान फागुन ७ गते विहिबारबाट सुरु भएको थियो । त्यसैले आज चैत्र ७ गते शनिबार इद उल फित्र मनाइँदैछ । इस्लामिक मान्यता अनुसार, रमजानमा शुद्ध हृदयले व्रत बस्ने र नमाज अदा गर्नेहरूका सबै पापहरू अल्लाहले क्षमा गर्छन् । इस्लामिक विश्वास अनुसार कुरान पहिलो पटक रमजान महिनाको अन्त्यमा मात्र आएको थियो। मक्काबाट पैगम्बर मोहम्मदको बसाई पछि पवित्र शहर मदिनामा इद उल फित्र मनाउन सुरु भएको थियो। यो विश्वास गरिन्छ कि पैगम्बर हजरत मुहम्मदले बद्रको युद्ध जितेका थिए । यो जितक...
नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम

नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलनेपाल निजामती कर्मचारी संगठन रुपन्देहीले खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । १४औं नमराज–दिलिप स्मृति दिवसको अवसरमा शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।निजामती कर्मचारी संगठन लुम्बिनी प्रदेशका सह–इन्चार्ज नारायणप्रसाद भण्डारीले ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरे । सोही अवसरमा बोल्दै उनले एक पोका रगतले पनि मृत्यु शैयामा पुगेको मानिसको जीनव बच्न सक्ने भन्दै उनले रक्तदान जस्तो पवित्र कार्यक्रमको आयोजना गर्ने संगठनप्रति विशेष आभार प्रकट गरे । पेशाकर्मीको हकहितका लागि संगठन स्थापना भएको उल्लेख गर्दै उनले यसलाई अझ सशक्त बनाएर जैजानुपर्ने धारणा राखे । उनले यस्ता रचनात्मक कार्यक्रमहरू निरन्तर गरिरहन संगठनलाई सुझाव दिए ।कार्यक्रममा निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज प्रेमप्रसाद खनालले नयाँ बन्ने सरकारले संघीय निजामती ऐन ल्याउने वि...
लुम्बिनी प्रादेशिक अस्पतालको ११६औं बार्षिकोत्सवसंगै एमआरआई सेवाको शुरुवात

लुम्बिनी प्रादेशिक अस्पतालको ११६औं बार्षिकोत्सवसंगै एमआरआई सेवाको शुरुवात

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवललुम्बिनी प्रादेशिक अस्पताल बुटवलको ११६औं वार्षिकोत्सव शुक्रबार सम्पन्न भएको छ।सोही अवसरमा अस्पतालले एम आर आई सेवाको शुभारम्भ गरेको छ।कार्यक्रममा वोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अस्पताल र यस क्षेत्रका सेवाग्राहीलाई खड्कीरहेको एम आर आई सेवाको शुरुवातले थप प्रोत्साहन मिलेको वताए।उनले अस्पताललाई योगदान गरेका पुर्वजको सम्मान संगै वर्तमानमा प्रभावकारी गराउंदै थप व्यवस्थित बनाउन लागेको जानकारी दिए।आचार्यले देशकै नमुना योग्य अस्पताल रहेकोमा खुसी लागेको वताउदै अस्पतालको श्रीबृद्धिमा प्रदेश सरकारले पहल कदमी लिएको र अझ वढि लिने आश्वासन दिए।अस्पताल एम आर आई सेवाले थप प्रभावकारी वन्ने र अन्य सेवाहरू प्रभावकारी वनाउन पहल कदमी लिईरहेको वताए।आफु सरकारमा रहेको समयमा शिल्यान्यास गर्न पाएकोमा अझ वढि जिम्मेवार भएको अनुभुति रहेको र प्रदेश सरकारले कुनै कसुर वांकी नराख्ने प्रति...
लुम्बिनी,सुदूरपश्चिम र कर्णालीमा मेघगर्जन र चट्याङसहित वर्षा

लुम्बिनी,सुदूरपश्चिम र कर्णालीमा मेघगर्जन र चट्याङसहित वर्षा

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँअहिले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही जिल्लामा मेघगर्जन र चट्याङसहित पानी परिरहेको छ । काठमाडौँ उपत्यकामा पनि हल्का वर्षा भइरहेको छ । हुम्ला, कालिकोट, अछाम, सुर्खेत, बर्दिया, दाङ, बाँके र कपिलवस्तु लगायतका जिल्लामा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।पछिल्लो एक घण्टामा सबैभन्दा धेरै वर्षा दाङको अम्मरपुरमा ३२.८ मिलिमिटर मापन भएको छ । त्यस्तै, रुपन्देहीमा पनि दिउँसोपछि मौसम बदली भएको छ । आज लुम्बिनी, मधेश प्रदेश र कोशी प्रदेशको तराई क्षेत्रमा हावाहुरी करिब ५०–६० किलोमिटर प्रतिघण्टाको गतिमा चल्ने सम्भावना रहेको छ । यसका कारण रुख ढल्ने, कमजोर संरचना तथा घरका छाना उड्ने, साथै विद्युत र सञ्चार सेवा प्रभावित हुन सक्ने जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । ...
गर्मीको सितलता बन्दै,’बुटवल महामेला-२०८२

गर्मीको सितलता बन्दै,’बुटवल महामेला-२०८२

गित संगित, ताजा अपडेट, मनोरञ्जन, विविध, समाचार, स्थानीय
बुटवल ।बुटवलमा बिस्तारै गर्मी बढ्दै गएको छ । 'बुटवल महामेला-२०८२' अहिले सितलताको छाहारी बन्दै गएको छ । मेला देविनगर खुल्ला मंचमा लागेको छ । साझ पख मेलामा साङ्केतिक रौनक बढ्दै जान्छ । गर्मी छ्ल्न,किनमेल गर्न,मन परेका कलाकारसंग रमाउन मेलामा बुटवल वासी पुग्ने गरेका छन । साङ्केतिक कार्यक्रम संचालन भएको ३ दिन भयो ,दर्शकको आकर्षण पनि बढ्दै गएको छ मेला संयोजक गोबिन्द प्रसाद भुसालले बताए । मन परेका कलाकार ,सस्तो राम्रो र गुणस्तर किनमेल ,लण्डन ब्रीज चडेर मेला प्रवेश गर्न पाउने,जलपरीसंग रमाउन मिल्ने,कश्मिरे हिलमा चिसो महसुस गर्न पाउने, बच्चालाई रमाउन थरी थरिका बाल उद्दान भएको कारण पनि मेलामा आक्रमण बढ्दै गएको भुसालले बताए ।मेलामा विभिन्न ठाउँमा सेल्फी जोन छन् । प्रवेश गर्नसाथ गौतम बुद्ध , टिक टक जोन, शिव मुर्ति , लुम्बिनीको शैलीमा सचिवालय , अमेरिककाको 'स्टयाचु अफ लेवर्टी 'कतारको बुर्ज खलिफा ज...
बुटवलमा लोक सुशिलाले गर्यो महिन्द्राको ‘बोलेरो म्याक्स पिक–अप’ बिक्री सुरु

बुटवलमा लोक सुशिलाले गर्यो महिन्द्राको ‘बोलेरो म्याक्स पिक–अप’ बिक्री सुरु

ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, समाचार, स्थानीय
बुटवलमहिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले बुटवलमा ‘महिन्द्रा बोलेरो म्याक्स पिक–अप’ का दुई नयाँ भेरियन्ट सार्वजनिक गरेको छ । महिन्द्राको पिक–अप तथा कमर्सियल युटिलिटि गाडीहरूको नेपालमा आधिकारिक वितरक, अग्नि ग्रुपअन्तर्गत अग्नि इन्करर्पाेरेटेड प्रालिले बिहीबार महिन्द्रा सोरुम लोक सुशिला अटो कन्सर्न बुटवलमा १.७ टन र नेपालकै पहिलो र एकमात्र २ टन भार वहन क्षमता भएको नयाँ पिक–अप ‘महिन्द्रा बोलेरो म्याक्स पिक–अप’ सार्वजनिक गरी बिक्री सुरु गरेको हो  ।लोक शुशिला अटो कन्र्शन प्रा.लि. बुटवलका सञ्चालक लोकहरि श्रेष्ठले पूर्ण रूपमा नयाँ प्लेटफर्ममा निर्माण गरिएको बोलेरो म्याक्स पिक–अपले नेपाली पिक–अप सेगमेन्टमा एउटा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे । भार क्षमता (पेलोड), इन्धन इफिसियन्स, सुरक्षा र समग्र ड्राइभिङ अनुभवमा नयाँ मापदण्ड कायम गर्दै, बोलेरो म्याक्स पिक–अपले नेपाली बजारको सब–२– कमर्सियल गा...