जनचाहना अनुसार रूपान्तरणको बाटो नलिए सकिने निश्चित छ: सुरेन्द्र पाण्डे


बुटवल

नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले नेपालको राजनीतिक संगठन र पार्टी अब पुरानो ढर्राबाट चल्न नसक्ने बताएका छन् ।
पुराना दलहरूमा नेतृत्व, विचार र संगठनको पुनर्गठन गरी सच्चिने अठोट नगरे सामूहिक मलामी जाने दिन आउने दाबी गरे ।
चिन्तन अभियान नेपाल, रूपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको ‘नेपाली राजनीति र अबको परिदृश्य’ विषयक कार्यक्रममा पुर्व अर्थमन्त्री समेत रहेका नेता पाण्डेले विगतका गल्ती सच्याउँदै रूपान्तरणको बाटो नलिए सकिने समय टाढा नभएको दाबी गरे ।

‘२०७४ मा दिग्विजय भयो भनिएको हो, सुधारिन नसक्दा पछारिँदै यहाँसम्म आइपुगियो,’ पूर्वअर्थमन्त्री समेत रहेका पाण्डेले भने, ‘समाजमा एउटा कमेन्ट रहेछ, त्यसलाई मलाई सधैं घोच्छ । कुनै बेला कम्युनिस्टहरू (एमाले) तीन/चार वटा बसमा आउँथे रे । २०७९ मा आउँदा एउटा बसमा मात्र आउने भए रे । अहिले एउटा माइक्रो बसमा आउने भएका छन् । अर्को पटक स्कुटीमा आउँछ रे भन्ने छ/रहेछ,’ पाण्डेले थपे, ‘अब पनि ठीक बाटो नलिए भक्तपुरमा नारायणमान बिजुक्छेले सधैं चढ्दै आएको स्कुटी पनि खोसिएजस्तै स्थितिमा पुग्दै छौं ।’

अबको राजनीति डिजिटलमा स्मार्ट रहेकाहरूको भएको पाण्डेको भनाइ छ । ‘कुनै बेला फिजिकल बेस राजनीतिक संगठन थियो, त्यसमा हामी सफल थियौं । अब डिजिटल अर्गनाइजेसनमा अवस्थामा आइपुग्यो,’ उनले भने ।

अब बन्ने नयाँ सरकारले घमण्ड र महत्वकांक्षा राखे २०७४ मा नेकपा बजारिएजस्तै हुनसक्ने उनले दाबी गरे ।


कार्यक्रम संयोजक वरिष्ठ पत्रकार वसन्तराज खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लेखक माधव पौडेल र पत्रकार कृष्ण पाण्डेले सहजीकरण गरेका थिए।

छुटाउनुभयो कि ?

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनीसँगै नागरिकलाई सुरक्षित स्थानतर्फ सारियो

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनीसँगै नागरिकलाई सुरक्षित स्थानतर्फ सारियो

काठमाडौं‌इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस टापुमा बिहानै ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि सु...
भारतको ८०औँ स्वतन्त्रता दिवस आज भव्य रूपमा मनाइँदै

भारतको ८०औँ स्वतन्त्रता दिवस आज भव्य रूपमा मनाइँदै

काठमाडौँभारतले आज ८०औँ स्वतन्त्रता दिवस भव्य समारोहका साथ मनाउने भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित लालकि...
विशेष महाधिवेशनको नाममा पार्टी कमजोर बनाइयो, अदालतबाट न्याय हुने विश्वास छ : शेरबहादुर देउवा

विशेष महाधिवेशनको नाममा पार्टी कमजोर बनाइयो, अदालतबाट न्याय हुने विश्वास छ : शेरबहादुर देउवा

काठमाडौंनेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले मुलुकको इतिहासप्रति गर्व गर्दै त्यसबाट शिक्षा लिएर अघि बढ्नुपर्ने बता...
कामदार भन्छन् रोजगारी पाइएन, रोजगारदाता भन्छन् कामदार पाइएन

कामदार भन्छन् रोजगारी पाइएन, रोजगारदाता भन्छन् कामदार पाइएन

काठमाडौँ नेपाली श्रम बजार अहिले नागरिकले रोजगारी नपाउने र रोजगारदाताले चाहिएको जनशक्ति नभेट्ने विरोधाभासपूर्ण अवस्थाबाट गुज्र...