जनचाहना अनुसार रूपान्तरणको बाटो नलिए सकिने निश्चित छ: सुरेन्द्र पाण्डे


बुटवल

नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले नेपालको राजनीतिक संगठन र पार्टी अब पुरानो ढर्राबाट चल्न नसक्ने बताएका छन् ।
पुराना दलहरूमा नेतृत्व, विचार र संगठनको पुनर्गठन गरी सच्चिने अठोट नगरे सामूहिक मलामी जाने दिन आउने दाबी गरे ।
चिन्तन अभियान नेपाल, रूपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको ‘नेपाली राजनीति र अबको परिदृश्य’ विषयक कार्यक्रममा पुर्व अर्थमन्त्री समेत रहेका नेता पाण्डेले विगतका गल्ती सच्याउँदै रूपान्तरणको बाटो नलिए सकिने समय टाढा नभएको दाबी गरे ।

‘२०७४ मा दिग्विजय भयो भनिएको हो, सुधारिन नसक्दा पछारिँदै यहाँसम्म आइपुगियो,’ पूर्वअर्थमन्त्री समेत रहेका पाण्डेले भने, ‘समाजमा एउटा कमेन्ट रहेछ, त्यसलाई मलाई सधैं घोच्छ । कुनै बेला कम्युनिस्टहरू (एमाले) तीन/चार वटा बसमा आउँथे रे । २०७९ मा आउँदा एउटा बसमा मात्र आउने भए रे । अहिले एउटा माइक्रो बसमा आउने भएका छन् । अर्को पटक स्कुटीमा आउँछ रे भन्ने छ/रहेछ,’ पाण्डेले थपे, ‘अब पनि ठीक बाटो नलिए भक्तपुरमा नारायणमान बिजुक्छेले सधैं चढ्दै आएको स्कुटी पनि खोसिएजस्तै स्थितिमा पुग्दै छौं ।’

अबको राजनीति डिजिटलमा स्मार्ट रहेकाहरूको भएको पाण्डेको भनाइ छ । ‘कुनै बेला फिजिकल बेस राजनीतिक संगठन थियो, त्यसमा हामी सफल थियौं । अब डिजिटल अर्गनाइजेसनमा अवस्थामा आइपुग्यो,’ उनले भने ।

अब बन्ने नयाँ सरकारले घमण्ड र महत्वकांक्षा राखे २०७४ मा नेकपा बजारिएजस्तै हुनसक्ने उनले दाबी गरे ।


कार्यक्रम संयोजक वरिष्ठ पत्रकार वसन्तराज खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लेखक माधव पौडेल र पत्रकार कृष्ण पाण्डेले सहजीकरण गरेका थिए।

छुटाउनुभयो कि ?

साउदीको तेल क्षेत्रमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई जनाको मृत्यु

साउदीको तेल क्षेत्रमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौँसाउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमण रोक्ने क्रममा खसेका टुक्राबाट एक नेपालीसहित दुई विदे...
आज एकादशी : दसैँको टीका लगाउने क्रम जारी

आज एकादशी : दसैँको टीका लगाउने क्रम जारी

काठमाडौँविजयादशमीका दिन टीका थाप्न नभ्याएका आफन्त तथा चेलीबेटीहरूका लागि आज पनि दसैँको टीका लगाउने क्रम जारी छ । आश्विन शु...
रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

बुटवलरुपन्देहीमा आर्थिक वर्ष २०८३/०८४ अन्तर्गत अघिल्लो असोज महिनामा १३२ वटा अपराधका मुद्दा दर्ता भएका छन् । तीमध्ये ज्यानसम्ब...
युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

काठमाडौंयुक्रेनमा चार वर्षभन्दा लामो समयदेखि जारी युद्ध अन्त्य गर्ने नयाँ कूटनीतिक प्रयासस्वरूप रूसी राष्ट्रपति भ्लादिमिर पुट...