वाणिज्य संघमा पौडेल नेतृत्वको प्यानलले घोषणा गर्यो उमेदवारी, २० बुँदे प्रतिबद्धता सार्वजनिक
बुटवलबुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनका लागि नरिश्वर शर्मा पौडेल नेतृत्वको प्यानलले उम्मेदवारी घोषणा गरेको छ।‘नयाँ सोच, नयाँ विचार, समावेशी साझा नेतृत्व’ भन्ने मूल नारासहित चुनावी मैदानमा उत्रिएको प्यानलले ‘सुरक्षित उद्योग र व्यापार, समृद्ध बुटवलको आधार’ भन्ने संकल्पसहित २० बुँदे प्रतिबद्धतापत्र पनि सार्वजनिक गरेको छ।प्यानलले संघलाई उद्योगी तथा व्यवसायीको साझा, प्रभावकारी र भरोसायोग्य संस्थाका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ।
पौडेल नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सुरज भट्टराई, उद्योग उपाध्यक्षमा निर्मित कसजू, वाणिज्य उपाध्यक्षमा बाबुराम विश्वकर्मा, महासचिवमा बसन्तप्रसाद ढकाल, कोषाध्यक्षमा प्रतिक पोखरेल, सचिवमा दीपकप्रसाद चापागाईं र सहकोषाध्यक्षमा कमला पोखरेल पराजुली (मञ्जु) उम्मेदवार बनेका छन्।
त्यस्तै, एसोसिएट सदस्यतर्फ भानुभक्त खत्री (भानु)...








