आकासिँदै तरकारी र खाद्यान्नको मुल्य, दसैंमा मर्कामा उपभोक्ता
काठमाडौँचाडपर्व नजिकिएसँगै खाद्यान्न तथा तरकारीको मूल्य बढेको छ । सरकारले बजार अनुगमनलाई तीव्रता दिए पनि आपूर्ति सहज बनाउन नसक्दा चाडपर्वको मुखमा बजार भाउ बढेको व्यवसायी तथा उपभोक्ताको भनाइ छ ।
दसैंमा उच्च खपत हुने खसीको मासुको मूल्य गत वर्षको तुलनामा प्रतिकिलो २ सयसम्म बढेको छ । गत असारमा कुखुरामा बर्डफ्लु फैलिएसँगै उकालो लागेको खसीको मासु अहिले प्रतिकिलो १ हजार ६ सय ५० रुपैयाँ पुगेको हो । व्यवसायीका अनुसार गत वर्ष यही समयमा खसीको मासु प्रतिकिलो १ हजार ४ सय ५० रुपैयाँसम्ममा बिक्री हुने गरेको थियो । जिउँदो खसीको मूल्यसमेत गत वर्ष प्रतिकिलो ६ सय ८० रहेकामा अहिले ८ सय पुगेको मासु व्यवसायी बताउँछन् । अन्डाको मूल्य पनि बढेको छ । गत वर्ष प्रतिक्यारेट ४ सय ५० रहेको अन्डा अहिले ६ सय रुपैयाँ पुगेको छ ।
खाद्यान्नको मूल्य त पछिल्लो डेढ महिनामै बढेको छ । भदौमा प्रतिकिलो १ सय ९० रहेको ताइचि...







