काँग्रेस महाधिवेशन: आज नयाँ नेतृत्व चयनका लागि मतदान



काठमाडौं
नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति निर्वाचन आज बिहान १० बजेदेखि हुने भएको छ ।
केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले यसअघि आज बिहान ७ बजेदेखि मतदान सुरु गर्ने कार्यक्रम तय गरिएको भए पनि वर्षा र केही प्राविधिक कारणले १० बजेदेखि शुरू गर्न लागिएको जानकारी दिएका छन् ।
उनका अनुसार मतदानका लागि काठमाडौंका तीन स्थानमा सात मतदान केन्द्र तोकिएका छन् । प्रतिनिधिहरूको सहजताका लागि प्रदेश र प्रतिनिधित्वको आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको खड्काले बताए ।

निर्वाचन समितिले राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ । जसअनुसार राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिहरूले मतदान गर्ने व्यवस्था गरिएको छ । त्यसैगरी खुलामञ्चमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिहरूले मतदान गर्नेछन् । भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बनेकाहरूका लागि पनि खुलामञ्चमै मतदान गर्ने व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ । त्यस्तै, प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिहरूका लागि मतदान केन्द्र तोकिएको छ ।

सम्बन्धित प्रदेश तथा समूहका प्रतिनिधिले तोकिएको मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ । मतदानका क्रममा प्रतिनिधिको परिचय तथा मतदाता नामावली रुजु गरेपछि मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।

महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्ने भएका छन् ।

छुटाउनुभयो कि ?

रुपन्देहीमा लाइसेन्स वितरणमा सेटिङ, ७ जनाविरुद्ध अख्तियारको मुद्दा

रुपन्देहीमा लाइसेन्स वितरणमा सेटिङ, ७ जनाविरुद्ध अख्तियारको मुद्दा

रुपन्देही अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रुपन्देहीका तत्कालीन कार्यालय ...
प्रधानमन्त्रीको निर्देशनपछि स्वीकृत दरमै टिकट बेच्न तयार भए वायुसेवा कम्पनी

प्रधानमन्त्रीको निर्देशनपछि स्वीकृत दरमै टिकट बेच्न तयार भए वायुसेवा कम्पनी

काठमाडौंनजिकिँदो चाडपर्वको मौका छोपेर हवाई भाडादर अत्यधिक बढाएको गुनासो बढेपछि सरकारले यसमा चासो देखाएको छ। प्रधानमन्त्री ...
वाणिज्य संघमा टंक गैरेको प्यानलद्वारा प्रतिबद्धता पत्रसहित उम्मेदवारी घोषणा

वाणिज्य संघमा टंक गैरेको प्यानलद्वारा प्रतिबद्धता पत्रसहित उम्मेदवारी घोषणा

बुटवलबुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनका लागि टंकप्रसाद गैरेको नेतृत्वमा ‘परिणाममुखी संयुक्त नेतृत्व, समृद्ध...
पक्राउ परेका सबैलाई हतकडी नलगाउनू : सर्वोच्च अदालत

पक्राउ परेका सबैलाई हतकडी नलगाउनू : सर्वोच्च अदालत

काठमाडौँसर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई यान्त्रिक रूपमा हतकडी नलगाउन प्रहरीलाई आदेश दिएको छ । पक्राउ परेको व्यक्ति भ...