वाणिज्य संघमा टंक गैरेको प्यानलद्वारा प्रतिबद्धता पत्रसहित उम्मेदवारी घोषणा



बुटवल
बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनका लागि टंकप्रसाद गैरेको नेतृत्वमा ‘परिणाममुखी संयुक्त नेतृत्व, समृद्ध बुटवलको साझा प्रतिबद्धता’ भन्ने नारासहितको संयुक्त प्यानल चुनावी मैदानमा उत्रिएको छ। सम्पूर्ण उद्योगी–व्यवसायीहरूको हित र समृद्धिलाई प्राथमिकतामा राख्दै उक्त प्यानलले बिहीबार पदाधिकारी तथा सदस्य पदका उम्मेदवारहरूको नामावलीसँगै १० बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो।
संघको आगामी कार्यकालका लागि टंकप्रसाद गैरेको अध्यक्षतामा गठित प्यानलबाट वरिष्ठ उपाध्यक्षमा विमलराज भट्टराई, उद्योग उपाध्यक्षमा दिनेश श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा मुक्तिप्रसाद अधिकारी, महासचिवमा जमुना पौडेल, सचिवमा काशीराम शर्मा पौडेल, कोषाध्यक्षमा टीकाराम बञ्जाडे र सहकोषाध्यक्षमा जाकिर हुसैन उम्मेदवार रहेका छन्।
यसैगरी, एसोसिएट सदस्यमा बालकृष्ण पौडेल उम्मेदवार रहेका छन्। उद्योगतर्फका चार सदस्यमा दीपक बास्तोला, गोपाल टण्डन, प्रवीण गोविन्द श्रेष्ठ र सुनिता अर्याल उम्मेदवार रहेका छन्।
वाणिज्यतर्फका सदस्यमा मनिषकुमार हयोजु, मिलनकुमार भारी, राजेश भट्टराई र सुनिता गिरी रहेका छन्। त्यस्तै, महिला सदस्यतर्फ सुकमाया श्रेष्ठ ध्वजु (सीता) र सुष्मा केसी चुनावी प्रतिस्पर्धामा छन्।

खुला सदस्यतर्फ विजयकुमार वर्णवाल, ज्ञानप्रसाद खनाल, गणेशप्रसाद सेढाईं, जनक श्रेष्ठ, गोपाल बस्याल, सुशीलप्रसाद श्रेष्ठ र ठाकुर घिमिरे उम्मेदवार रहेका छन्।

प्यानलद्वारा जारी प्रतिबद्धतापत्रमा बुटवल ऐतिहासिक व्यापारिक केन्द्र भए तापनि बढ्दो व्यावसायिक लागत, बजारको मन्दी, अव्यवस्थित पूर्वाधार, नीतिगत अस्पष्टता र अस्वस्थ प्रतिस्पर्धाका कारण उद्योगी–व्यवसायीहरू अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको उल्लेख गरिएको छ।

संघलाई केवल औपचारिक संस्थामा सीमित नराखी हरेक व्यवसायीको भरोसायोग्य साथी र समस्या समाधानको साझा मञ्चका रूपमा विकास गर्ने लक्ष्य प्यानलले लिएको छ।

प्यानलले संयुक्त र समावेशी नेतृत्व, उद्योगी–व्यवसायीको सम्मान तथा संरक्षण, व्यवसायमैत्री नीति र वातावरण निर्माण, लगानी तथा उद्योगको सुरक्षा र बुटवलको पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेको छ।

त्यसैगरी, बजार विस्तार र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि, डिजिटल तथा आधुनिक व्यवसाय प्रवर्द्धन, युवा तथा महिला उद्यमशीलतामा पहुँच विस्तार, पर्यटन र स्थानीय अर्थतन्त्रको विकास तथा पारदर्शी र परिणाममुखी संस्था सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

‘आश्वासन होइन परिणाम, व्यक्ति होइन संस्था, एकल नेतृत्व होइन संयुक्त नेतृत्व’ भन्ने संकल्पका साथ समृद्ध बुटवल निर्माणका लागि नयाँ सोच र साझा प्रयाससहित अघि बढ्ने प्रतिबद्धता प्यानलले व्यक्त गरेको छ।

साथै, प्यानलले आफ्नो पक्षमा अमूल्य मत दिएर विजयी गराउन सम्पूर्ण उद्योगी–व्यवसायीहरूसँग अपिल गरेको छ।

छुटाउनुभयो कि ?

रुपन्देहीमा लाइसेन्स वितरणमा सेटिङ, ७ जनाविरुद्ध अख्तियारको मुद्दा

रुपन्देहीमा लाइसेन्स वितरणमा सेटिङ, ७ जनाविरुद्ध अख्तियारको मुद्दा

रुपन्देही अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रुपन्देहीका तत्कालीन कार्यालय ...
प्रधानमन्त्रीको निर्देशनपछि स्वीकृत दरमै टिकट बेच्न तयार भए वायुसेवा कम्पनी

प्रधानमन्त्रीको निर्देशनपछि स्वीकृत दरमै टिकट बेच्न तयार भए वायुसेवा कम्पनी

काठमाडौंनजिकिँदो चाडपर्वको मौका छोपेर हवाई भाडादर अत्यधिक बढाएको गुनासो बढेपछि सरकारले यसमा चासो देखाएको छ। प्रधानमन्त्री ...
वाणिज्य संघमा टंक गैरेको प्यानलद्वारा प्रतिबद्धता पत्रसहित उम्मेदवारी घोषणा

वाणिज्य संघमा टंक गैरेको प्यानलद्वारा प्रतिबद्धता पत्रसहित उम्मेदवारी घोषणा

बुटवलबुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनका लागि टंकप्रसाद गैरेको नेतृत्वमा ‘परिणाममुखी संयुक्त नेतृत्व, समृद्ध...
पक्राउ परेका सबैलाई हतकडी नलगाउनू : सर्वोच्च अदालत

पक्राउ परेका सबैलाई हतकडी नलगाउनू : सर्वोच्च अदालत

काठमाडौँसर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई यान्त्रिक रूपमा हतकडी नलगाउन प्रहरीलाई आदेश दिएको छ । पक्राउ परेको व्यक्ति भ...