बङ्गलादेशबाट १२ सयभन्दा धेरै विद्यार्थी स्वदेश फर्किए
काठमाण्डौ –
बङ्गलादेशमा सरकारी आरक्षण कोटाको विरोधमा भएको आन्दोलन हिंसात्मक हुन थालेपछि नेपाली विद्यार्थी धमाधम स्वदेश फर्कन थालेका छन् । अहिलेसम्म १२ सयभन्दा धेरै नेपाली स्वदेश आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार अस्ति शनिवारसम्म आठ सय र हिजो ४ सय २० गरी अहिलेसम्म १२ सय २० जना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् ।हिजो मात्र हवाईमार्गबाट एक सय १५ र तीन सय पाँच जना काँकडभिट्टा नाका हुँदै स्वदेश फर्किएका मन्त्रालयले जनाएको छ ।उत्तरी बङ्गलादेशको विभिन्न मेडिकल कलेजमा पढ्ने नेपाली विद्यार्थीहरु नजिकको दूरी भएकाले काँकडभिट्टाबाट स्वदेश फर्किरहेका हुन् । थप एक हजार सातसय विद्यार्थी दूतावासको सम्पर्कमा रहेका र अरु केही विद्यार्थी सम्पर्कमा आइरहेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।मन्त्रालयकाअनुसार बङ्गलादेशमा झण्डै तीन हजार नेपाली विद्यार्थी अध्ययनरत छन् । परराष्...







