नेपालमै अब केही हुन्छ भन्ने सन्देश दिन श्रम तथा रोजगार सम्मेलन आयोजना हुँदै


काठमाण्डाै – सरकारले देशको ‘उत्पादन र उत्पादकत्व विस्तार, आन्तरिक रोजगारीको दिगो आधार’ भन्ने नारासहित पर्सि सोमवार र मङ्गलवार काठमाण्डौमा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्ने भएको छ ।

उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि आन्तरिक रोजगार प्रवर्द्धन दशकको रणनीतिक कार्ययोजनामाथि पृष्ठपोषण लिने सन्दर्भमा अन्तरतह र निकायबीच समन्वय र सहकार्य गर्ने सम्मेलनको प्रमुख उद्देश्य रहेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगारको सम्भावना पहिल्याउन र व्यवस्थापनका लागि ठोस राय सुझाव प्राप्त गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताउनुभयो ।

सीपको अभावमा कतिपय बेरोजगार हुनुपरेको बताउँदै मन्त्री भण्डारीले आन्तरिक रोजगारको सम्भावना र व्यवस्थापन नभएसम्म वैदेशिक रोजगार घटाउन कठिन हुने बताउनुभयो । वैदेशिक रोजगारको विकल्प आन्तरिक रोजगार नै भएको र नेपाली समाजमा देखिएको नकारात्मक सोच र भाष्य चिर्दै अब केही हुन्छ भन्ने सन्देश सम्मेलनमार्फत दिने उहाँको भनाइ छ ।

छुटाउनुभयो कि ?

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालद्वारा बाढी प्रभावितका लागि ११ लाख सहयोग

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालद्वारा बाढी प्रभावितका लागि ११ लाख सहयोग

बुटवलभोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि गौतम बुद्ध सामुदायिक मुटु अस्पता...
भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

काठमाण्डौ - एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भ...
भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

काठमाण्डौ - रसुवाको भोटेकोशी बाढीको सातौँ दिन आज पनि खोज, उद्धार र राहत वितरणको काम भइरहेको छ ।  रसुवा र नुवाकोटको जल...
भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

काठमाडौंनेपालमा आएको बाढीका कारण उत्तर प्रदेशको कुशीनगर हुँदै बग्ने गण्डक (नारायणी) नदीमा शव भेटिने क्रम जारी छ। कुशीनगर प...