आजबाट प्रधानमन्त्री कप क्रिकेट : तिलोत्तमा,भैरहवा र लमहीमा एकसाथ


रुपन्देही

लुम्बिनी प्रदेशका आज बाट प्रधानमन्त्री कप क्रिकेट सुरु हुदैछ । खेलको आज भैरहवा, तिलोत्तमा र लमहीमा रहेका खेलमैदानमा एकै पटक खेलहरू सञ्चालन हुने छन्।  नेपाल क्रिकेट संघ (क्यान)का अनुसार रुपन्देहीको भैरहवामा रहेको सिद्धार्थ क्रिकेट मैदान, तिलोत्तमा रहेको एक्स्ट्राटेक ओभल क्रिकेट मैदान र दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिता  सञ्चलन हुँदैछ ।

प्रदेशका तीन क्रिकेट मैदानमा एकै पटक हुन लागेको प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको भैरहवाको सिद्धार्थ रङ्गशालामा आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले खेलको उद्घाटन गर्ने छन् ।  त्यस्तै  दाङको लमहीमा रहेको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्ने कार्यक्रम छ भने रुपन्देहीको एक्स्ट्राटेक ओभलमा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले उद्घाटन गर्ने छन् । 

सिद्धार्थ रङ्गशालामा हुने खेलमा कोशी र लुम्बिनी प्रदेशबिच प्रतिस्पर्धा हुनेछ भने दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कर्णाली र सुदूरपश्चिम प्रदेशबिच प्रतिस्पर्धा हुनेछ , त्यस्तै  तिलोत्तमा रहेको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा बागमती प्रदेश र एपीएफ क्लबबिच प्रतिस्पर्धा हुनेछ ।

क्यानका अनुसार चैत्र १६ गतेसम्म चल्ने प्रतियोगितामा कुल ४६ खेल सञ्चालन हुनेछन् । जसमध्ये भैरहवाको सिद्धार्थ रंगलाशामा १७, तिलोत्तमाको एक्स्ट्राटेक मैदानमा १५ तथा  दाङको लमहीमा रहेको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १४ खेल हुनेछन् । फाइनल खेल भने सिद्धार्थ रङ्गशालामा हुने जनाइएको छ।

प्रतियोगितामा ७ प्रदेश तथा ३ विभागीय टोली  नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफ गरी १० टिम सहभागी छन् । खेल तालिका अनुसार प्रत्येक टोलीले एक अर्का टिमसँग प्रतिस्पर्धा गर्नेछन् ।  सिद्धार्थ रङ्गशालामा आज आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले  खेलको उद्घाटन गर्ने छन् भने उक्त खेलमा कोशी र लुम्बिनी प्रदेशबिच प्रतिस्पर्धा हुनेछ ।

लुम्बिनी प्रदेशमा पहिलो पटक प्रधानमन्त्री कपका सबै खेलहरू सञ्चालन हुने भएसङै लुम्बिनी क्षेत्रका खेलाडी, खेल प्रेमी र स्थानीय निकै हर्षित छन् ।  राजधानी बाहिर पहिलो पटक लुम्बिनी प्रदेशमा प्रधानमन्त्री कपका सबै खेलहरू हुन लागेका हुन ।

छुटाउनुभयो कि ?

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालद्वारा बाढी प्रभावितका लागि ११ लाख सहयोग

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालद्वारा बाढी प्रभावितका लागि ११ लाख सहयोग

बुटवलभोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि गौतम बुद्ध सामुदायिक मुटु अस्पता...
भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

काठमाण्डौ - एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भ...
भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

काठमाण्डौ - रसुवाको भोटेकोशी बाढीको सातौँ दिन आज पनि खोज, उद्धार र राहत वितरणको काम भइरहेको छ ।  रसुवा र नुवाकोटको जल...
भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

काठमाडौंनेपालमा आएको बाढीका कारण उत्तर प्रदेशको कुशीनगर हुँदै बग्ने गण्डक (नारायणी) नदीमा शव भेटिने क्रम जारी छ। कुशीनगर प...