सुनगाभा सैनामैना गोल्डकप : आज आयोजक र भारतको सिक्किम क्लब बीच प्रतिस्पर्धा हुँदै


रुपन्देही

रुपन्देहीको सैनामैनामा जारी सुनगाभा सैनामैना गोल्डकमा आज शुक्रबार आयोजक र भारतको सिक्किम क्लब बीच प्रतिस्पर्धा हुँदै छ । स्थानीय मुर्गिया फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिता अन्तरगत दिउँसो ३ बजे मुर्गिया फुटबल रंगशालामा हुने प्रतिस्पर्धामा विजेता टोली सेमिफाइनल प्रवेश गर्नेछ । 

प्रतियोगिता अन्तरगत विहिबारको खेलमा महाबिर क्लब काठमाडौंले जित दर्ता गर्दै सेमीफाईनलमा प्रवेश गरेको छ । उसले चितवनको हनामी विएफसी चितवनलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । सुनगाभा पब्लिक स्कुलको टाइटल स्पोन्सर तथा सैनामैना नगरपालिकाको आर्थिक सहयोग र संरक्षकत्वमा जारी प्रतियोगिताको फाइनल खेल फागुन २८ गते हुनेछ ।

प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगितामा भोली शुक्रबारको खेल आयोजक मुर्गिया फुटबल क्लब र भारतको सिक्किम क्लवबीच हुनेछ । प्रतियोगिताको विजेताले नगद ७ लाख  रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेताले नगद ४ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

छुटाउनुभयो कि ?

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मतदान आज मात्रै हुने भएको छ । यसअघि हिजो राति ९ बजेदेखि मतदान शुरू हुने का...
साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

काठमाण्डौ – साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ पहिलो खेलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ । थाइल्यान्डको नन्थाबुरीमा...
कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...