कम वर्षा, मल अभाव र इन्धन महँगीले कृषि क्षेत्र संकटमा पर्न सक्ने संकेत
बुटवल दक्षिण एसियाका मौसमविद्हरूले पछिल्ला तीन वर्षसम्म औसतभन्दा धेरै वर्षा भएको नेपालमा यस वर्ष औसतभन्दा कम वर्षा हुनसक्ने अनुमान गरेका छन् ।
बुधबार साउथ एसियन क्लाइमेट आउटलुक फोरम र क्लाइमेट सर्भिसेज फर युजर फोरमको ३४ औं सेसनले सन् २०२६ को दक्षिण-पश्चिम मनसुन सिजन (जुन–सेप्टेम्बर) मा नेपालसहित दक्षिण एसियाका धेरैजसो भूभागमा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको छ ।‘कम वर्षा, रासायनिक मलको अभाव र उच्च इन्धन खर्च सबैका कारणले यस वर्ष कृषि क्षेत्र नराम्ररी प्रभावित हुनसक्छ,’ राष्ट्रिय योजना आयोगका सदस्य एवं कृषि तथा खाद्य विज्ञ देवेन्द्र गौचनले भने, ‘यससँग जुध्न सक्ने संयन्त्र निर्माणका लागि सरकारले तत्काल तयारी गर्नुपर्छ ।’
नेपालका आधाजस्तो खेतबारीमा सिँचाइ पूर्वाधार छैन । त्यसैले पनि जुन–सेप्टेम्बरमा पर्ने पानीले बाली उत्पादनमा सोझो प्रभाव पार्ने देखिन्छ ।नेपालको अर्थतन्त्रको ...








