दानवीर व्यवसायी गुरुङले बनाइदिए अस्पताललाई ७१ करोडको भवन


काठमाडौं
भाटभटेनी समुहका अध्यक्ष व्यवसायी मीनबहादुर गुरुङले ७१ करोडको लागतमा निर्मित बाल अस्पतालको भवन हस्तान्तरण गरेका छन । गुरूङले ७१ करोड ४ लाख ४२ हजार २४४ रुपैयाँ लागतमा भवन निर्माण गरी काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) अध्यक्ष डा. भगवान कोइरालालाई हस्तान्तरण शनिबार गरेका हुन्।
गुरुङले अस्पतालको साँचो जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारतीमार्फत् अस्पतालका अध्यक्ष डा. कोइरालालाई हस्तान्तरण गरेका थिए।
काठमाडौँको बुढानीलकण्ठमा निर्माण भएको यो बाल अस्पताल वरिष्ठ चिकित्सक डा. भगवान् कोइरालाको पहल र भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ लगायतको सहयोगमा निर्माण सम्पन्न भएको हो ।अस्पतालले काठमाडौँसहित सातवटै प्रदेशमा बाल स्वास्थ्य सेवा सञ्जाल विस्तार गर्ने लक्ष्य लिएको पनि बताएकाे छ ।

नवनिर्मित बाल अस्पतालकाे उक्त भवन जगत्गुरु शंकराचार्य श्री विधुशेखर भारतीज्यूको पावन उपस्थितिमा शनिबार समुद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएकाे हाे। अस्पतालबाट अब हजारौँ बालबालिकालाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान हुने विश्वास लिइएको छ। गुरूङकाे मानवताप्रति समर्पित यो योगदान साँच्चै नै सबैका लागि प्रेरणादायी र प्रशंसनीय छ।

उद्घाटन समारोहमा बोल्दै जगद्गुरु भारतीले मीनबहादुर गुरुङले गरेको दानका कारण नेपालका बालबालिकाको उपचारमा सहयोग पुगेको भन्दै आगामी दिनमा पनि यो सामर्थ्य भगवानले प्रदान गर्ने विश्वासको व्यक्त गरे ।

उनले भने,“आगामी दिनमा पनि यो सामर्थ्य भगवानले प्रदान गर्नुहुनेछ,” “अघि बढाउने मन पनि दिनुभएको छ । पैसा हुनेले पनि यो निकै कम गर्छन् ।” हरेक व्यक्तिलाई भगवानले केही न केही दिएको बताउँदै पैसाले मात्रै पनि केही नहुने हुँदा पुण्य कामका लागि खर्च गर्न तयार हुनुपर्ने उनले बताए ।
“पैसाले मात्रै पनि केही काम हुँदैन । पैसाले आफैँ काम गर्दैन, चलाउन पैसा चाहिन्छ,” उनले भने, “यसलाई कसरी उपयोग गर्ने हो भन्ने सोच्नुपर्छ । यो पैसालाई ठिक तरिकाले चलाउन जान्नुपर्छ । एक व्यक्तिले मात्रै काम पनि हुँदैन । सबै यसमा जोडिनुपर्छ । त्यसका लागि जनबल चाहिन्छ । सामूहिक शक्ति चाहिन्छ । सबै मिलेर काम गर्न सकियो भने मात्रै प्रतिफल प्राप्त हुन्छ ।” उनले नेपालका बालबालिकाको उपचारका लागि अस्पताल बनेकोमा खुसी व्यक्त गरे ।

कार्यक्रममा भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले सबैको सदिच्छाका कारण यो सहयोग सम्भव भएको बताउँदै जगद्गुरुसहित सबैलाई धन्यवाद दिएका थिए । अस्पतालका अध्यक्ष डा. कोइरालाले सम्पूर्ण आगन्तुकलाई स्वागत गर्दै अस्पताल निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

उद्घाटन कार्यक्रममा बोल्दै निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा बनेको यो अस्पतालकाे महत्व भारतमा बनेको ताजमहलकाे जत्तिकै रहेको बताइन । उनले भनिन्, “जगद्गुरुको कृपाबाट पनि आशीर्वाद पनि छ । उहाँका पूर्वजबाट पनि यो संस्थाले आशीर्वाद पायो । यो अटल हुन्छ । यसले उद्देश्य पूरा गर्छ भन्नेमा म विश्वस्त छु । मीनबहादुरजीलाई जगदगुरुले तिम्रो मन खुलिरहोस् भनेर आशीर्वाद दिनुभएको छ । त्यो आशीर्वाद पूरा हुनेछ ।”

व्यवसायी गुरूङ नेपालका एक दानवीर उद्यमी हुन् । उनले यस अघि पनि काठमाण्डाैकै टिचिङ अस्पतालमा आफ्ना स्व.आमा बुबाकाे नाममा भवन निमार्ण गरि अस्पताललाई हस्तान्तरण गरेका थिए ।

काेभिड हाेस या बाढी पहिराे देशमा पर्ने हरेक बिपत्तीमा खुला मनले सहयाेग गर्नेमा गुरूङ सबैभन्दा अगाडी आउने गरेका छन् । उनले भाटभटेनी फाउन्डेसन मार्फत गरिब तथा जेहन्दार विद्यार्थीहरूलाई पढाउदै पनि आएका छन।

देशैभरी भाटभटेनीका शाखा बिस्तार गरेका उनले भाटभटेनी मार्फत स्थानिए स्तरमा पनि नियमित सहयाेग गर्दे आएका छन्।

छुटाउनुभयो कि ?

सिद्धबाबा सुरूङ मार्ग असोजभित्रै सञ्चालन गर्ने तयारी

सिद्धबाबा सुरूङ मार्ग असोजभित्रै सञ्चालन गर्ने तयारी

बुटवलनिर्माणाधीन सिद्धबाबा सुरूङ मार्गमा आगामी असोजसम्म सवारीसाधन सञ्चालनको तयारी गरिएको छ। सिद्धार्थ राजमार्गअन्तर्गत बुट...
दानवीर व्यवसायी गुरुङले बनाइदिए अस्पताललाई ७१ करोडको भवन

दानवीर व्यवसायी गुरुङले बनाइदिए अस्पताललाई ७१ करोडको भवन

काठमाडौंभाटभटेनी समुहका अध्यक्ष व्यवसायी मीनबहादुर गुरुङले ७१ करोडको लागतमा निर्मित बाल अस्पतालको भवन हस्तान्तरण गरेका छन । ग...
प्रधानमन्त्रीको उपेक्षाविरुद्ध एकठाउँ उभिए विपक्षी चार दल

प्रधानमन्त्रीको उपेक्षाविरुद्ध एकठाउँ उभिए विपक्षी चार दल

काठमाडौंप्रतिनिधिसभाका विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र...
एमाले सचिवालय बैठकमा ओलीले आज जवाफ दिने

एमाले सचिवालय बैठकमा ओलीले आज जवाफ दिने

काठमाडौंनेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दै छ । आजको बैठक भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवास ...