ताजा अपडेट

पश्चिम नेपालमा वर्षा र हुरीको सम्भावना

पश्चिम नेपालमा वर्षा र हुरीको सम्भावना

Breaking news 2, ताजा अपडेट, माैसम, विविध, समाचार
१७ जेठ, काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न भूभागमा बदली, वर्षा तथा हुरी चल्ने पूर्वानुमान गरेको छ । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक सक्रिय रहेको न्यून चापीय रेखाको प्रभावका कारण बदली, वर्षा तथा हुरीको पूर्वानुमान गरिएको हो । महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लागेको छ । तराई क्षेत्रमा आंशिक बादल लागेको छ । लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा वर्षा तथा गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित...
एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँनेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही जेठ २० र २१ गते काठमाडौँमा राष्ट्रिय कार्यशाला तय गरेको छ । एमालेका केन्द्रीय कार्यालय, च्यासलसमा आज पार्टीका महासचिव शङ्कर पोखरेलको आतिथ्यतामा सम्पन्न केन्द्रीय सङ्गठन विभागको बैठकले उक्त निर्णय गरेको हो । कार्यशालामा पार्टीका प्रदेश तथा जिल्ला इन्चार्ज, प्रदेश पदाधिकारी, प्रदेश कार्यालय सचिव, प्रदेश सङ्गठन विभाग प्रमुख, जिल्ला अध्यक्ष, जिल्ला सङ्गठन विभाग प्रमुख, जनसङ्गठनका केन्द्रीय इन्चार्ज तथा अध्यक्ष, साथै जनसङ्गठनका सङ्गठन हेर्ने सचिव तथा सङ्गठन प्रमुखहरूको सहभागिता रहने एमाले केन्द्रीय सङ्गठन विभागको आजको बैठकल तय गरेको एमाले सचिव तथा सङ्गठन विभाग प्रमुख भानुभक्त ढकालले जानकारी दिए ।सचिव ढकालका अनुसार एमालेले पार्टी सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटल माध्यममा रूपान्तरण गर्ने तयारी गरेको छ । सदस्यता नवीकरण, ...
निजी शैक्षिक संस्था र स्वास्थ्य संस्थामा ३ प्रतिशत करले सरोकारवाला तरंगित

निजी शैक्षिक संस्था र स्वास्थ्य संस्थामा ३ प्रतिशत करले सरोकारवाला तरंगित

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँसरकारले निजी क्षेत्रबाट सञ्चालित शैक्षिक संस्था र स्वास्थ्य संस्थामा सेवाग्राहीले तिर्ने सबै प्रकारका शुल्कमा तीन प्रतिशत समता शुल्क लगाउने घोषणा गरेपछि सरोकारवालाले असन्तुष्टि जनाएका छन् । संविधानले मौलिक हकका रूपमा व्यवस्था गरेको शिक्षा र स्वास्थ्य निःशुल्क गर्नुको सट्टा अतिरिक्त कर लगाइएको टिप्पणी उनीहरूले गरेका छन् । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमार्फत निजी शिक्षण संस्था (विद्यालय/कलेज) मा पढ्ने विद्यार्थी र निजी अस्पतालमा उपचार गराउने बिरामीबाट ३ प्रतिशत कर उठाउने घोषणा गरेका थिए । यो निर्णय पुनर्विचार गर्न अभिभावक, विद्यार्थी संगठन, निजी शिक्षण संस्था, स्वास्थ्य संस्था सञ्चालक, उपभोक्ता अधिकारकर्मीले सरकारलाई आग्रह गरेका छन् ।उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले शिक्षा, स्वास्थ्य, बिजुली जस्ता अत्यावश्यक वस्तुमा अनावश्यक कर लगाएर सर...
स्वर्गीय पिताको स्मृतिमा जनसहयोग माध्यमिक विद्यालयका विद्यार्थीलाई विद्यालय झोला वितरण

स्वर्गीय पिताको स्मृतिमा जनसहयोग माध्यमिक विद्यालयका विद्यार्थीलाई विद्यालय झोला वितरण

जीवनशैली, ताजा अपडेट, समाचार
गुल्मी, सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै पौडेल ब्याग हाउस एण्ड रेडिमेड उद्योग, बुटवल–११ सत्यवती टोल का प्रोप्राइटर रुमलाल पौडेल ले आफ्ना स्वर्गीय पिता खुमलाल पौडेल को पुण्य स्मृतिमा जनसहयोग माध्यमिक विद्यालय, रेसुङ्गा नगरपालिका–५ भुवनपानी, गुल्मी मा बिमा अध्ययनरत कक्षा–१ का सम्पूर्ण विद्यार्थीहरूलाई विद्यालय झोला प्रदान गर्नुभएको छ। गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका–६ बाल्काटे निवासी पौडेलले आफूले अध्ययन गरेको विद्यालयप्रति सम्मान व्यक्त गर्दै विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो। उहाँले शिक्षा क्षेत्रमा सानो योगदानले पनि विद्यार्थीहरूको मनोबल बढ्ने विश्वास व्यक्त गर्नुभयो।विद्यालयमा आयोजित कार्यक्रममा झोलाहरू रुमलाल पौडेलका सहोदर दाजु गोविन्द पौडेल ले हस्तान्तरण गर्नुभएको थियो। उहाँले स्वर्गीय पिताको स्मृतिलाई समाजसेवासँग जोडेर गरिएको ...
गुल्मेली सम्पर्क समाजको २३औं स्थापना दिवस भोलि, रक्तदान सहित बृहत कार्यक्रम गरी मनाइँदै

गुल्मेली सम्पर्क समाजको २३औं स्थापना दिवस भोलि, रक्तदान सहित बृहत कार्यक्रम गरी मनाइँदै

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देहीगुल्मेली सम्पर्क समाज रुपन्देहीको २३ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाउने तयारी गरिएको छ ।समाजले स्थापना दिवसको अवसरमा भोलि आईतबार रक्तदान कार्यक्रम र सम्मान कार्यक्रम गर्न लागिएको कार्यक्रम संयोजक तथा समाजका उपाध्यक्ष हेम थापाले जानकारी दिए ।उनका अनुसार समाजको गुरुयोजना स्थल तिलोत्तमा नगरपालिका -४ दिङ्गरनगरमा स्थापना दिवस मनाउन लागिएको हो । त्यसको लागी तयारी तिब्र पारिएको छ ।नेपाल रेडक्रस सोसाइटी रुपन्देहीको प्राबिधिक सहयोगमा संचालन गर्न लागिएको रक्तदान कार्यक्रममा बिहान ७ बजेदेखि सुरु हुनेछ । समाजका अध्यक्ष डा. नारायण प्रसाद पन्थले २३ औं स्थापना दिवसमा सामाजिक, आर्थिक , राजनीति क्षेत्रमा विशेष योगदान पुर्याउनु हुने ब्यक्तित्व तथा सम्पर्क समाज स्थापना गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने महानुभावहरुलाई सम्मान गर्न लागिएको बताए । “सम्पर्क समाजलाई यहाँ सम्म ल्याईपुर्या...
बजेटका विरोधाभाष बारे पुर्व मन्त्री ज्ञवाली

बजेटका विरोधाभाष बारे पुर्व मन्त्री ज्ञवाली

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंप्रस्तुत बजेट बारे पुर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले फेसबुक मार्फत विरोधाभाष सार्वजनिक गरेका छन्।ज्ञवालीका लेखेका छन् " विगतमा देशलाई ऋणमा डुबाइयो भन्ने भाष्यको जगमा खडा भएको सरकारको पहिलो बजेटमै (वाह्य २ खर्ब ४७ अर्ब र आन्तरिक ४ खर्ब १० अर्ब) गरी ६ खर्ब ५७ अर्ब ऋणको प्रबन्ध गरेको छ ।कुल बजेटको २० प्रतिशत पुँजीगत खर्च प्रस्ताव गरेर ७ प्रतिशत आर्थिक वृद्धिको परिकल्पना गरेको छ, जुन असंभवप्रायः देखिन्छ ।करको बोझबाट जनतालाई मुक्ति दिने बाचा गरेको सरकारले घरायशी प्रयोजनको विद्युत् महसुल र राइड सेयरिङमा पनि भ्याट लगाउने नयाँ प्रबन्ध गरेको छ ।'शिक्षा समता शुल्क'का नाममा निजी विद्यालयमा नानीबाबु पढाउने अभिभावकबाट ३ प्रतिशत शिक्षा कर र निजी अस्पतालमा उपचार गर्ने विरामीबाट ३ प्रतिशत 'स्वास्थ्य समता शुल्क' लिने घोषणा गरेको छ - विद्यालय या अस्पताल सञ्चालकबाट होइन । हालै निजी अस्पताल...
यौनिक तथा लैंङ्गिक अल्पसंख्यक समुदायको अधिकारबारे बुटवलमा एकदिने सचेतना तालिम

यौनिक तथा लैंङ्गिक अल्पसंख्यक समुदायको अधिकारबारे बुटवलमा एकदिने सचेतना तालिम

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलयौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको कानुनी, सामाजिक तथा राजनीतिक अधिकाराबारे एक दिने तालिम सम्पन्न भएको छ ।शनिबार यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सद्स्यहरुको ज्ञान, सीप र राजनीतिक नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले बुटवलमा एकदिने सचेतना तालिम सम्पन्न भएको छ । ‘पहिचानदेखि नेतृत्वसम्म’ नारासहित आयोजित तालिममा समुदायका सदस्यहरूलाई संविधान तथा प्रचलित कानुनले प्रदान गरेका अधिकार, राजनीतिक सहभागिता, मानवअधिकार, सामाजिक समावेशीकरण तथा सेवा पहुँचका विषयमा जानकारी प्रदान गरिएको हो । समावेशी मंच नेपालको आयोजनामा भएको तालिममा अधिवक्ता इन्दिरा आचार्यले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको कानुनी अधिकार, मौलिक हक तथा राजनीतिक सहभागिताको वर्तमान अवस्था बारे सहजीकरण गरेकी थिइन् । त्यसैगरी समुदायका सदस्यहरूले भोगिरहेका सामाजिक, कानुनी तथा राजनीतिक चुनौतीहरूको पहिचान गर्दै...
श्रम शोषणलाई आर्थिक अपराधसरह कानूनी दायरमा ल्याइने

श्रम शोषणलाई आर्थिक अपराधसरह कानूनी दायरमा ल्याइने

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ सरकारल श्रम शोषणलाई आर्थिक अपराधसरह कानूनी दायरमा ल्याउने भएको छ । शुक्रवार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट प्रश्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सम्झौता उल्लङ्घन, ज्याला ठगी तथा श्रम शोषणलाई आर्थिक अपराध सरह कानुनी दायरमा ल्याउने बताए ।पुस मसान्तभित्र श्रम न्यायधिकरणमार्फत श्रम विवादको शिघ्र समाधान गर्ने बताए। श्रम क्षेत्रमा लिखित सम्झौता, न्युनतम ज्याला, बीमा, कार्यस्थल सुरक्षा मापदण्ड तथा बैकमार्फत पारिश्रामिक भुक्तानी अनिवार्य गर्ने व्यवस्था गर्ने उहाँले जानकारी दिए। श्रमिक र रोजगारदाता अनिवार्य रुपमा श्रम रजिष्ट्रिमा आवद्ध हुनुपर्ने व्यवस्था गर्ने उनको भनाई छ । यसबाट सुरक्षा गार्ड र घरायसी कामदारका अतिरिक्त निर्माण, कृषि, आतिथ्य, ढुवानी तथा औधोगिक श्रमिक आपुर्ती गर्न ईजाजत प्राप्त संस्थाले प्रदान गर्ने विमा, आवास र डिजिटल गुनासो व्यवस्थापन लगा...
विद्युतीय सवारी साधनमा मुल्य बृद्धि

विद्युतीय सवारी साधनमा मुल्य बृद्धि

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंसरकारले बजेटमार्फत विद्युतीय सवारी साधन (ईभी) मा २० प्रतिशत फ्ल्याट दरमा भन्सार दर कायम गरेको छ । विगतमा किलोवाट क्षमताको आधारमा फरक फरक भन्सार दर लिने गरेकोमा सरकारले अबदेखि २० प्रतिशत फ्ल्याट दरमा भन्सार दर लागु गरेको हो ।भन्सार महसुललाई २० प्रतिशत कायम गरी फ्ल्याट बनाइए पनि ‘स्वच्छ पूर्वाधार लगानी शुल्क’ नामक नयाँ करहरू पनि थपिएका छन् । जसका कारण विगतको तुलनामा इभि गाडीको मूल्यमा भारी वृद्धि हुने देखिएको छ । २० लाख रुपैयाँसम्म मूल्य पर्ने ईभी गाडीहरुमा २० प्रतिशत भन्सार, २.५ प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क, १३ प्रतिशत मूल्य अभिवृद्धि कर र सडक मर्मत दस्तुर ५ प्रतिशत लाग्ने भएको छ ।अब २० लाख रुपैयाँसम्मका ईभीमा भन्सार, स्वच्छ पूर्वाधार लगानी शुल्क, मूल्य अभिवृद्धि कर र सडक मर्मत दस्तुरसमेत जोड्दा कुल करभार ४०.५ प्रतिशत हुनेछ । तर, २० लाखदेखि ३० लाखसम्मको स्लाब बजेटमा उल्...
२१ खर्ब २४ अर्ब ३४ करोडको बजेट सार्वजनिक

२१ खर्ब २४ अर्ब ३४ करोडको बजेट सार्वजनिक

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंसरकारले आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको महत्वाकांक्षी बजेट सार्वजनिक गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै आर्थिक सुधार, डिजिटल अर्थतन्त्र, पूर्वाधार विस्तार र प्रशासनिक पुनर्संरचनालाई प्राथमिकतामा राखिएको बताउनुभयो ।सरकारले चालू खर्चतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ, पूँजीगत खर्चतर्फ १० खर्ब रुपैयाँ तथा वित्तीय व्यवस्थापनतर्फ ४ खर्ब २२ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरेको छ । बजेटमार्फत ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखिएको छ भने १४ खर्ब ४ अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने योजना सार्वजनिक गरिएको छ ।यस पटकको बजेटको मुख्य आकर्षण आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र डिजिटल अर्थतन्त्र बनेको छ । सरकारले काठमाडौंको स्यूचाटारमा देशकै पहिलो ‘सार्वभौम एआई कम्प्युट सेन्टर’ स्थापना गर्ने घोषणा गरेको छ ...