Breaking news 3

साईलेन्सर पड्काएर आतंक श्रृजनाहुनेगरी हिड्नेलाई बुटवलमा ट्राफिक प्रहरीको कारबाही 

साईलेन्सर पड्काएर आतंक श्रृजनाहुनेगरी हिड्नेलाई बुटवलमा ट्राफिक प्रहरीको कारबाही 

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवल चर्को आवाजमा मोटरसाइकलको आवाज निकालेर ध्वनी प्रदूषण गराउनेमाथि नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले कारबाही अभियान सुरु गरेको छ । मोटरसाइकलको साइलेन्सर मोडिफाई (परिमार्जन) गरेर चर्को आवाजमा पड्काउँदै हिड्नेहरुलाई नियन्त्रणमा लिएर कारबाही गर्नुका साथै जारिवानाका लागि यातायात व्यवस्था कार्यालयमा सिफारिस गरिएको कार्यलयका प्रमुख, प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए ।  ‘चर्को आवाज निकालेर ध्वनी प्रदूषण गर्ने, सडकमा अन्य सवारीका साधनलाई समेत जोखिम हुनेगरी स्टण्टबाजी गर्ने, मोटर साइकल तथा स्कुटरको स्वरुप परिवर्तन गर्ने लगायतका गतिविधिमा संलग्नलाई कारबाही अभियान अघि बढाएका छौं ।’–प्रहरी उपरीक्षक खत्रीले भने, ‘हेलो सरकारमार्फत जनताले दिएको सूचना तथा गुनासा, सामाजिक सञ्जालहरुमा आएका भिडियो तथा पोष्टहरु लगायतका आधारमा त्यस्ता गतिविधिलाई नियन्त्...
वाल तथा नवजात शिशु उपचारमा अब्बल बन्दै क्रिमसन अस्पताल

वाल तथा नवजात शिशु उपचारमा अब्बल बन्दै क्रिमसन अस्पताल

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार
रुपन्देही गुणस्तरीय चिकित्सक सहित आधुनिक उपचार सेवालाई निरन्तरता दिने क्रममा क्रिमसन अस्पतालले वरिष्ठ नवजात तथा बालरोग विशेषज्ञका रुपमा डा. प्रयास बज्राचार्यलाई नियुक्त गरेको छ । रुपन्देहीको तिलोत्तमा ५ मणिग्राममा रहेको अस्पतालले उच्च कोटीको चिकित्सकीय सेवा प्रवाह गरेको सबैमा सर्वविदितै छ । यो क्रमलाई निरन्तरता दिने क्रममा आम सेवाग्राहीको भावना, चाहना तथा आवश्यकतालाई मध्यनजर राख्दै बालबालिकामा देखा पर्ने सबैखाले स्वास्थ्य समस्याको निदानका लागी अस्पतालले वरिष्ठ बालरोग विशेषज्ञ डा. प्रयास बज्राचार्यलाई पौष ३ गतेबाट नियुक्ति दिएको जनाएको छ । लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभास, दाङ्ग तथा पुर्वमा लहान लगायतका विभिन्न अस्पतालहरुमा वरिष्ठ नवजात तथा बालरोग विशेषज्ञ भई काम गरेको लामो अनुभव सँगालेका डा. बज्राचार्यले अब मणिग्राम स्थित क्रिमसन अस्पतालबाट नियमित सेवा प्रवाह गर्ने छन । अस्...
नेपाल चिकित्सक संघद्वारा रूपन्देहीमा दौड प्रतियोगिता गरिने

नेपाल चिकित्सक संघद्वारा रूपन्देहीमा दौड प्रतियोगिता गरिने

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार, समाज, स्थानीय
बुटवल चिकित्सा पेशामा आबद्ध चिकित्सकहरूको संस्था नेपाल चिकित्सक संघ लुम्बिनी शाखाले शनिबार विहान ८ वजे दौड प्रतियोगिता गर्ने भएको छ। रुपन्देहीको बुटवल कालिका नगर पृथ्वीनारायण शाह चाेकबाट तिलोत्तमाको मंगलापुर साइनो केन्द्र सम्म करिब ७ किलोमिटरको दौड प्रतियोगिता हुने भएको छ। शुक्रबार पत्रकार सम्मेलन गर्दै संघका प्रदेश अध्यक्ष डाक्टर कृष्ण खरेलले चिकित्सक संघले समय समयमा सामाजिक गतिविधिसँगै शरीर स्वस्थ राख्न यी र यस्ता कार्यक्रम गर्दै आएको र उक्त दौडबाट स्वास्थ्यलाई राम्रो राख्न सहयोग पुग्ने हुनाले उक्त प्रतियोगिता राखेको बताए । उनले दौडमा सहभागी हुन आफू आबद्ध रहेको संस्थाको स्वीकृतिका साथ सहभागी हुनुपर्ने बताए ।उनले १ सय ५० भन्दा माथि उक्त प्रतियोगितामा सहभागी हुने अनुमान गरिएको बताए। उक्त दौड प्रतियोगितामा आकर्षक पुरस्कारको व्यवस्था पनि गरिएको छ। प्रथम हुनेलाई रुपैयाँ २० हज...
बुटवलको तिनाउ हस्पिटल र सिद्धार्थ इन्टरनेसनल कलेज बीच स्वास्थ्य सम्झौता

बुटवलको तिनाउ हस्पिटल र सिद्धार्थ इन्टरनेसनल कलेज बीच स्वास्थ्य सम्झौता

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवल बुटवलको सुख्खानगरमा रहेकाे श्री तिनाउ इन्टरनेसनल हस्पिटल प्राली र बुटवल मिलनचोकमा रहेको सिद्धार्थ इन्टरनेसनल कलेज बीच स्वास्थ्य सम्बन्धी बुधबार सम्झौता भएको छ। बुटवलको स्वास्थ्य उपचारको लागि राम्रो मानिने उक्त हस्पिटलले सिद्धार्थ कलेजका सञ्चालक, शिक्षक र विद्यार्थीहरूका लागि स्वास्थ्य उपचारमा सहुलियत दिने गरी सम्झौता गरेका छन्। उक्त कलेजका सञ्चालक, शिक्षक र विद्यार्थीहरूका लागि ल्याब परीक्षण ,एक्सरे ,जनरल बेड ,भिडियो एक्सरे, ईसिजि ,ईकाे ,फिजियोथेरापी लगायतका सेवाहरूमा सहुलियत दिने गरी सम्झौता गरेका छन्। हस्पिटलका अध्यक्ष चिरञ्जीवी जोशीले कलेजमा सम्बद्ध सबैलाई उपचारमा सहुलियत होस् भनी उक्त सम्झौता गरेको बताउनुभयो। उहाँले अन्य यस्तै जागरुक संस्थाहरु भएमा छलफल गर्न सकिने बताउनुभयो। हस्पिटलले आफ्नो कलेजलाई स्वास्थ्य उपचारमा सहुलियत दिने गरी सम्झौता गरेकोमा आफू र संस्...
पिडामा मलम लगाउदै जीवन बिमा

पिडामा मलम लगाउदै जीवन बिमा

Breaking news 2, Breaking news 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
गंगु कुँवर मगर / गुल्मीउहाको नाम हिमा रेश्मी हो , उहाँ छोरा र पतिको निधनबाट ठूलो शोकमा हुनुहुन्छ । गुल्मीदरबार -१, बलिथुम (साविक वडा नं.-९)माइडाडा निवासी उहाँले छोरा र पतिलाई ६ महिनाको फरकमा गुमाउनु पर्‍यो । त्यो शोक त छदैंछ आफू माथि आएको घर ब्याबहारले समेत थप समस्यामा पार्‍यो । त्यही समस्यालाई समाधान गर्न भने उहाँलाई अहिले जीवन विमाले ठूलो सहयोग गरेको छ । कागजी प्रक्रियापछि छोरा योगेन्द्र रेस्मीको बिमा रकम पाए पछि अहिले उहाँलाई राहत मिलेको हो । त्यही जीवन विमाबाट पाएको रकमबाट बाबा छोराको किरिया खर्चको ॠण तिर्दैछु , घर व्यवहार चलाउँदै छु , उहाँले भन्नुभयो ।स्कुल पढ्न छाडेपछि बाबासँग भारत गएर रोजगारी गरि कमाउदै आफ्नो हातमा पैसा राखिदिने छोराले अब आफूलाई बुहारी ल्याइदिएर सहयोग पाउने आशामा बस्नुभएका उहाँ अचानक गत बैशाख ३० गते २५ वर्षको उमेरमा छोरा योगेन्द्र रेश्मीको निधन भए पछि उहाँमा ठू...
औद्योगिक व्यापार मेला: विद्यालय स्तरीय लोकनृत्यमा अक्सफोर्ड प्रथम

औद्योगिक व्यापार मेला: विद्यालय स्तरीय लोकनृत्यमा अक्सफोर्ड प्रथम

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, राेचक जानकरी, विविध, समाचार, समाज, स्थानीय
बुटवल बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेलामा आयोजना गरिएको विद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा अक्सफोर्ड माध्यमिक विद्यालय प्रथम भएको छ । त्यसैगरी एभरेष्ट बोर्डिङ द्वितीय, इन्टलेक्च्यूअल एकेडेमी तृतीय र कान्ति माध्यमिक विद्यालय सान्त्वना भएका छन् ।प्रतियोगितामा प्रथम भएको अक्सफोर्डलाई २५ हजार, द्वितीय हुने एभरेष्टलाई १५ हजार, तृतीय हुने इन्टलेक्च्यूअललाई १० हजार र सान्त्वना हुने कान्तिलाई ५ हजार रुपैया नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिएको छ । मेलामा शनिबार लोक तथा दोहोरी गायिका शान्तिश्री परियार, लोक तथा दोहोरी गायिका शान्ति श्री परियार, दामोदर बस्याल, शिलु भट्टराई, योगराज पोखरेल, गणेश अधिकारी, हास्य कलाकार कमल भट्टराई र विजय बमरेल तथा डान्सर निष्ठा पुन र मनिसा बस्यालको प्रस्तुती रहेको सांस्कृतिक कार्यक्रम संयोजक निर्मित कसजूले जानकारी गराउनु भयो । त्यस्तै खुला लोक दोहो...
बुटवल मेलामा ‘व्यूटि फेयर’ : पुराना ६ जना व्यूटिसियनलाई सम्मान

बुटवल मेलामा ‘व्यूटि फेयर’ : पुराना ६ जना व्यूटिसियनलाई सम्मान

Breaking news 3, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, समाचार, समाज, स्थानीय
बुटवल बुटवलको औद्योगिक व्यापार मेलामा ‘व्यूटि फेयर’ सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा आयोजना गरिएको मेलामा काठमाण्डौं उपत्यका बाहिर पहिलो पटक बुटवलमा ‘व्यूटि फेयर’ गरिएको हो ।व्यूटि फेयरको शुक्रबार तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरीदेवी चौधरीले उद्घाटन गर्नुभयो । त्यस अवसरमा बोल्दै उपप्रमुख चौधरीले हिनताबोधका बिचबाट सुरु भएको व्यूटिपार्लर व्यवसाय आज सबैको अवश्यकता भएको बताउनु भयो । व्यूटिपार्लर व्यवसायले महिला उद्यमशिलता पनि बढाएको र आफैमा सम्मानित पेशाको रुपमा स्थापित भएको भनाई राख्नु भयो ।कार्यक्रममा यस क्षेत्रमा रहेर २५ वर्षभन्दा लामो समय व्यूटिपार्लर पेशा व्यवसाय गरेका ६ जनालाई सम्मान गरिएको छ । कार्यक्रममा व्यूटिसियन उशाकिरण गुरूङ, जेनी श्रेष्ठ, सुशिल श्रेष्ठ, सबिता ताम्राकार, क...
गुल्मीको एक गाउँका प्रत्येक घरमा माहुरी पालन

गुल्मीको एक गाउँका प्रत्येक घरमा माहुरी पालन

Breaking news 3, कृषि, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, विविध, समाचार, समाज, स्थानीय
गुल्मी गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका वार्ड नम्बर ४ मा पर्ने कालापात्ला गाउँमा प्रत्येक घरमा मौरी पालन गरिएको छ। २० घरको बसाइरहेको उक्त गाउँमा ३५ घारभन्दा बढी माहुरी पालन गरिएको छ। उक्त गाउँमा केही घरमा ७ माहुरीका घार रहेका छन् भने ,केही घरमा १ घार रहेका छन् । केहीले पुराना काठका मुडामा खोक्रो बनाएर पुरानै शैलीमा पनि माहुरी पालन गरेका छन् ।केही आधुनिक घारमा माहुरी पालन गरेका छन् ।सरकारले घारमा ५०प्रतिशत अनुदान दिएको भए तापनि उक्त गाउँका अधिकांश कृषकहरुले आफ्नै लगानीमा माहुरी पालन गरिरहेका छन् । माहुरी पालन व्यावसायिक पेशा बन्न सक्ने उक्त गाउँका एक कृषक बाबुराम ज्ञवालीले बताउँछन्। सञ्चारपत्रसँगको कुराकानीमा उनले कृषि पेशामा अन्य बाली उब्जाउने र बढी उत्पादन गरी बिक्री गर्न सक्ने भएतापनि जंगली बाँदर ,बदेल ,मृग ,दुम्सी ,कालिज ,खरायो जस्ता जंगली जनावर तथा पन्छीले नोक्सा...
आज उधौली पर्व

आज उधौली पर्व

Breaking news 1, Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउँदैछन् । उधौलीको अवसरमा किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङनाम मनाउछन् । किरात संस्कृतिका बारेमा अनुसन्धानरत कीर्तिकुमार दुमी राई किरातभित्रका जातजातिले यो पर्वलाई फरक–फरक नाम दिए पनि समग्रमा उधौलीका नामले चिनिने बताउँछन् । किरात समुदायले अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई उधौली पर्वका रुपमा मनाउँछन् । बाली लगाउने बेलामा भने किरात समुदायले उभौली पर्व मनाउने प्रचलन छ ।  भूमिपूजा गर्दै आज बिहानैदेखि किरात महिला तथा पुरुष जातीय वेशभूषामा सजिएर विभिन्न सिली (नाच)सहित पर्व मनाउछन् । ललितपुरको सानो हात्तीवन किरातकालदेखिको ऐतिहासिक तथा धार्मिकस्थल मानिन्छ । सानो...
बुटवल तिनाउ पुलमा जीप दुर्घटना हुँदा  ३जना को मृत्यु

बुटवल तिनाउ पुलमा जीप दुर्घटना हुँदा ३जना को मृत्यु

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, स्थानीय
बुटवल बुटवलमा भएको सडक दुर्घटनामा परि तिनजनाको मृत्यु भएको छ। पुर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल तिनाउ पुलमा बलेरो जिप अनियन्त्रित भई पल्टिदा दम्पत्तीसहित ३ जनाको घटनास्थलमै मृत्यु भएको हो।  ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार मृत्यु हुनेमा बुटवल–१ नयाँगाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी खनाल र जिप चालक ३२ वर्षीय हरि न्यौपाने रहेका छन् । दमको बिरामी गौरी खनाललाई उपचारका लागि नयाँगाउँबाट लुम्बिनी प्रादेशिक अस्पताल ल्याउने क्रममा जिप अनियन्त्रित भई पुलको डिभाइडरमा ठोक्किएर पल्टिएको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितका अनुसार पश्चिम तर्फबाट तिनाउ पुल पार गरिसकेपछिको मोडमा जिप दुर्घटनामा परेको हो।उक्त जिप अर्घाखाँची क्याटरिङको रहेको बताइएको छ । शव पोष्टमार्टमा लागि लुम्बिनी प्रादेशिक अ...