Breaking news 3

रेसुङ्गा स्वास्थ्य क्लिनिकद्वारा निःशुल्क स्वास्थ्य परीक्षण

रेसुङ्गा स्वास्थ्य क्लिनिकद्वारा निःशुल्क स्वास्थ्य परीक्षण

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार
बुटवल बुटवलमा रहेको रेसुङ्गा स्वास्थ्य क्लिनिकले शनिबार रूपन्देहीको देवदह खैरेनीमा विशेषज्ञ सेवासहित निःशुल्क स्वास्थ्य परीक्षण गराएको छ । क्लिनिकले सुगर ,प्रेसरको निःशुल्क स्वास्थ्य परीक्षण गरेको हो। कोलिय देवदह बचत तथा ऋण सहकारी संस्था खैरेनीको साधारण सभाको अवसरमा सनलाइट होटल पिपलडाँडा तथा पाठक फुडल्यान्ड खैरेनीको तह आयोजनामा स्वास्थ्य शिविर सञ्चालन भएको थियो। उक्त निःशुल्क स्वास्थ्य शिविरमा वरिष्ठ फिजिसियन डा. पाताल गिरी तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. समिर शर्मा सहितको स्वास्थ्यकर्मी टिमले स्वास्थ्य परीक्षण गराएको थियो । उक्त शिविरमा ५०० जना सहकारीका सदस्यहरुले निःशुल्क स्वास्थ्य परीक्षण गरेको क्लिनिकका सञ्चालक माधव ज्ञवालीले जानकारी दिए। आफ्नो घरआंगनमा निःशुल्क स्वास्थ्य परीक्षण गर्न पाउँदा सेवाग्राहीहरू खुसी देखिन्थे। ...
एनपिए लुम्बिनीले मनायो अन्तर्राष्ट्रिय फार्मासिस्ट दिवश

एनपिए लुम्बिनीले मनायो अन्तर्राष्ट्रिय फार्मासिस्ट दिवश

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार
बुटवल औषधि व्यवसायीहरूको छाता संगठन(NPA) नेपाल फर्मास्युटिकल एसोसिएसन लुम्बिनी प्रदेश कमिटीले बुधबार रूपन्देहीको तिलोत्तमा भलबारी स्थित सनराइज फुट्सलमा फुटबल प्रतियोगिता सम्पन्न गरेको छ। लुम्बिनी प्रदेशका ८ वटा टिम सहभागी भएको खेलमा बुटबल हस्पिटल प्राली प्रथम भएको छ भने एसियन फर्मास्युटिकल प्रालीले दोस्रो स्थान हासिल गरेको छ। २५ सेप्टेम्बरमा मनाइने अन्तर्राष्ट्रिय फार्मासिस्ट दिवसको अवसरमा लुम्बिनी प्रदेश कमिटीले प्रथम एनपीए फुट्सल कप आयोजना गरेको हो। संस्थाले खेलसँगै रूपन्देहीको भैरहवा मिलनचोक देखि बुद्धचोकसम्म जनचेतनामूलक र्यालि समेत निकालेकाे थियो। र्यालीबाट औषधि दुरुपयोग नगर्ने ,आधिकारिक औषधि विक्रेताबाट मात्र औषधि खरिद बिक्री गर्ने जस्ता सन्देशमूलक नाराहरू समेटिएको थियो। कार्यक्रमको उद्घाटन गर्दै नेपाल फर्मास्युटिकल एसोसिएसनका केन्द्रीय उपाध्यक्ष अमृत गौरोले एस...
यस्तो रहनेछ आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

यस्तो रहनेछ आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
बुटवल । जल तथा मौसम बिज्ञान बिभाग जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यूनचापीय रेखा बुधबार सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ।  देशभर मनसुनी वायुको प्रभाव कायमै छ। साथै बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ।  त्यसकारण बिहान मौसमको अवस्था देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ भने कोशी, मधेस,बागमती, गण्डकी ,लुम्बिनी प्रदेशका केही र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।  महाशाखाले दिउँसो सबै प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरेको छ।  कोशी, बाग्मती, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना...
बुटवल – भैरहवामा पन्च इभीको लन्च

बुटवल – भैरहवामा पन्च इभीको लन्च

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार
सिप्रदी ट्रेडिङ्ग प्रा. लि.को अधिकारिक डिलर सफल अटो इन्टरनेशनलबाट बुटवलमा र अम्बु मार्केटिंगबाट भैरहवामा बहुप्रतीक्षित गाडी टाटा पन्च इभीको लन्च गरिएको छ। साथै सोहि कार्यक्रममा गाडी बुक गरेर बस्नु भएको ग्राहकहरुलाई गाडी हस्तान्तरण पनि गरिएको छ। सो कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रा. लि.का तर्फबाट सीओओ राजेश गिरी र प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतीको साथै सिद्धार्थनगर उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर प्रसाद श्रेष्ठको सहभागिता रहेको थियो। बुटवलको बहुप्रतीक्षित गाडी टाटा पन्च इभीको लन्च गर्न पाउँदा निकै उत्शाहित रहेको जानकारी सफल अटो इन्टरनेशनलका निर्देशक दिनेश शर्माले बताए। साथै पहिले नेक्सन इभि र गत वर्ष टियागो इभिले बुटवलमा एकदम राम्रो बजार लिएको र अब पन्च इभीले पनि उत्कृष्ट बजार लिनेमा विश्वस्त रहेको जानकारी गराए। त्यसै गरि अम्बु मार्केटिंगका प्रोपाइटर...
लगानी बोर्डका सीइओ ज्ञवालीले सम्हाले कार्यभार

लगानी बोर्डका सीइओ ज्ञवालीले सम्हाले कार्यभार

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुशील ज्ञवालीले पदभार ग्रहण गरेका छन् । उनले शुक्रबार बोर्डको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच पदभार ग्रहण गरेका हुन् ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो । सरकारले २७ साउनमा खुला प्रतिस्पर्धाबाट सीईओ नियुक्त गर्न आवेदन मागेको थियो । यसरी आवेदन दिएकामध्ये अन्तिम ५ मा परेकाबाट ज्ञवालीलाई नियुक्त गरिएको हो । ...
लुम्बिनी प्रदेश व्यापार संघ गठन, अध्यक्षमा मोतीराज ज्ञवाली

लुम्बिनी प्रदेश व्यापार संघ गठन, अध्यक्षमा मोतीराज ज्ञवाली

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, स्थानीय
बुटवल लुम्बिनी प्रदेश स्तरीय लुम्बिनी प्रदेश व्यापार संघ गठन गरिएको छ । व्यवसायीको बुटवलमा सम्पन्न भेलाले प्रदेशस्तरीय लुम्बिनी प्रदेश व्यापार संघ गठन गरेको हो उद्योग र व्यापार अलगअलग प्रकृतिका विषय भएको र राज्यका नीतिहरु पनि सोही अनुरुप हुनुपर्ने धारणा अघि सार्दै व्यापारिहरुको छाता संगठनका रुपमा राष्ट्रिय सञ्जालको लागि प्रदेशस्तरयी नेटवर्क बनाउने घोषणा गरिएको छ । रुपन्देही व्यापार संघको पहलमा आयोजना गरिएको प्रदेश स्तरीय संघसंस्था परिचायत्मक, अन्तरक्रिया एवं भेलाले सो संघ गठन गरेको हो । भेलाले रुपन्देही व्यापार संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवालीको अध्यक्षतामा २५ सदस्यीय समिति गठन गरेको छ । गठित गरिएको समितिको वरिष्ठ उपाध्यक्षमा दिपकप्रसाद अधिकारी, उपाध्यक्षमा दुर्गा पाण्डे र नेत्रप्रसाद भुसाल, महासचिवमा जिवनाथ पाण्डे, कोषाध्यक्षमा प्रकाशराज पौडेल, सचिवमा थानेश्वर गैरे रह...
अर्घाखाँचीमा जिप दुर्घटना १ काे मृत्यु ९ घाइते

अर्घाखाँचीमा जिप दुर्घटना १ काे मृत्यु ९ घाइते

Breaking news 3, ताजा अपडेट, विविध, समाचार, स्थानीय
बुटवलअर्घाखाँची शितगंगा नगरपालिका हिलेखोला नजिकै डवल क्याप जिप दुर्घटना हुदा एक जनाकाे मृत्यु भएको छ । यस्तै दुर्घटनामा ९ जना घाइते भएका छन । मृत्युु हुनेमा छ्त्रदेव ५ टुनिचौर ६५ का रामप्रसाद पन्थी रहेको प्रहरी जनाएको छ । अर्घाखाँचीकाे छत्रदेव गाउँपालिकावाट बुटवल जाँदै गरेकाे लु.१.ज ४७६३ नम्बरकाे डबल क्याप जिप आफै अनियन्त्रित भई सडकवाट करिव १ सय मिटर तल खसेको प्रहरीले जनाएकाे छ । गाडिमा चालक सहित १० जना सवार रहेका बताईएकाे छ । दुर्घटनामा परि छत्रदेव ५ का ४० बर्षिय चुरा बहादुर खत्री,बर्ष ४० की साबित्रा बि.क. साेहि स्थानकै २४ बर्षिय अनिता परीयार उनकाे २० महिनाको छाेरा प्रयन्स परीयार बर्ष  ४२ की गीता आचार्य  बर्ष १७ की दीक्षा पौडेल,बर्ष ४४ की कमला अधिकारीबर्ष  ७ की अनुष्का पंथी र हालसम्म ठेगाना नखुलेको बर्ष  २६ की बिष्णु थापा घाइते भएका छन । घाइते अधिकाशंकाे टाउकाे,ढाड,कान र खुट्टामा चो...
मन्त्रिपरिषद्‌ले पायो पूर्णता, तीन राज्यमन्त्री नियुक्त

मन्त्रिपरिषद्‌ले पायो पूर्णता, तीन राज्यमन्त्री नियुक्त

Breaking news 3, ताजा अपडेट, विविध, समाचार, स्थानीय
१८ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । उनले कांग्रेसबाट दुई र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट एक राज्यमन्त्री नियुक्त गरेका हुन् ।कांग्रेसबाट रुपा विक र पूर्णबहादुर तामाङ र नाउपाबाट अरुण चौधरी राज्यमन्त्री नियुक्त भएका हुन् । अरुणलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, रुपालाई वन तथा वातावरण र पूर्णबहादुरलाई ऊर्जा जलश्रोत तथा सिँचाइ राज्यमन्त्री बनाइएको छ । ...
रास्वपाको दुईदिने बन्द कार्यशाला शुरु

रास्वपाको दुईदिने बन्द कार्यशाला शुरु

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, फिचर, विविध, समाचार, समाज, स्थानीय
काठमाण्डौ – पार्टी पदाधिकारीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने बन्द कार्यशाला केन्द्रीय कार्यालयमा शुरु भएको छ । कार्यशालामा विचार, सङ्गठन, राजनीतिक मूल्य–मान्यता, संसदीय मामिला, 'लिडरसीप एकेडेमी' ‘क्यान्डिडेट क्लब’ तथा पार्टी अभियानबारे गहन छलफल हुने कार्यवाहक प्रवक्ता मनिष  झाले बताउनुभयो । यही साउन १० गतेको केन्द्रीय समिति बैठकले पार्टीका पदाधिकारी तथा नेतृत्वमा रहेकाको क्षमता अभिवृद्धि गर्न सघन प्रशिक्षण आउँने अभियानका लागि दुईदिने बन्द कार्यशाला सञ्चालन गर्ने निर्णय गरेको थियो ।  ...
त्रिशूलीमा हराएका दुई बस खोजिदिन चीन सरकारसँग आग्रह

त्रिशूलीमा हराएका दुई बस खोजिदिन चीन सरकारसँग आग्रह

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार, स्थानीय
काठमाडौँ । त्रिशूलीमा बेपत्ता भएका बस खोजी दिनका लागि नेपाल सरकारले चीन सरकारसँग आग्रह गरेको छ । गृह मन्त्रालयले त्रिशूलीमा हराएका दुई बस खोजिदिन चीन सरकारलाई आग्रह गरेको हो ।  यसअघि नेपालले भारत सरकारलाई पनि बस खोजिदिन आग्रह गरेको थियो । सो आग्रहअनुसार भारतीय प्राविधिक टोली नेपाल आएर त्रिशूलीमा बस खोजबिन गरेको थियो तर फेला नपरेपछि फर्केर गएको छ । अहिले सरकारले चीनसँग पनि कुराकानी भइरहेको बताएको छ ।गृह मन्त्रालयका सहसचिव एवं विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख डा.भीष्म भुसालले नेपालस्थित चिनियाँ राजदूतावाससँग अनौपचारिक कुराकानी भइरहेको र सकारात्मक कुरा आएपछि औपचारिक रूपमा पत्र नै पठाउने बताए । उद्धारका लागि चाहिने सामाग्रीका लागि सरकारले चीनलाई पत्र नै पठाएको उनले बताए । विपद् व्यवस्थापन तथा उद्धारका लागि चाहिने ‘सामग्री सहयोग गर्न चीनलाई औपचारिक रूपमै आग्रह गरिएको छ तर ...