गुल्मीको एक गाउँका प्रत्येक घरमा माहुरी पालन


गुल्मी

गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका वार्ड नम्बर ४ मा पर्ने कालापात्ला गाउँमा प्रत्येक घरमा मौरी पालन गरिएको छ। २० घरको बसाइरहेको उक्त गाउँमा ३५ घारभन्दा बढी माहुरी पालन गरिएको छ।

उक्त गाउँमा केही घरमा ७ माहुरीका घार रहेका छन् भने ,केही घरमा १ घार रहेका छन् । केहीले पुराना काठका मुडामा खोक्रो बनाएर पुरानै शैलीमा पनि माहुरी पालन गरेका छन् ।केही आधुनिक घारमा माहुरी पालन गरेका छन् ।सरकारले घारमा ५०प्रतिशत अनुदान दिएको भए तापनि उक्त गाउँका अधिकांश कृषकहरुले आफ्नै लगानीमा माहुरी पालन गरिरहेका छन् ।

माहुरी पालन व्यावसायिक पेशा बन्न सक्ने उक्त गाउँका एक कृषक बाबुराम ज्ञवालीले बताउँछन्। सञ्चारपत्रसँगको कुराकानीमा उनले कृषि पेशामा अन्य बाली उब्जाउने र बढी उत्पादन गरी बिक्री गर्न सक्ने भएतापनि जंगली बाँदर ,बदेल ,मृग ,दुम्सी ,कालिज ,खरायो जस्ता जंगली जनावर तथा पन्छीले नोक्सान गरी रहेको बताए । उनले अन्य कृषि उपजमा यी र यस्तै समस्या रहेकोले माहुरीबाट राम्रो आम्दानी हुने र मानिसको स्वास्थ्यलाई फाइदा पुर्‍याउने र माग राम्राे हुने भएकाले माहुरी पालन व्यवसायको राम्रो सम्भावना रहेको बताए । राम्रो परिमाणमा उत्पादन भएमा बिक्रीका लागि बजारको पनि अभाव नहुने उनको आकलन छ।

यसरी बढ्दै गएको व्यावसायिकतालाई सरोकारवालाहरूले व्यवस्थापन गर्न सकेमा ,यो दिगो हुने देखिन्छ । बढ्दै गएको विदेश पलायन र शहर केन्द्रित बसाई बढ्दै गएको परिवेशलाई कम गर्न सक्ने देखिन्छ । यसरी विस्तार हुँदै गएको व्यवसायलाई सरकारवालाहरुले मध्यानजर गरेमा राम्रो सम्भावना रहेकाे देखिन्छ ।

छुटाउनुभयो कि ?

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...
मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

काठमाडौँपुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्र...
भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

काठमाडौंभारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विष्फोटपछिको आगलागी घटनामा नेपालीसहित ६ जना बेपत्ता भएका छन...