गुल्मीको एक गाउँका प्रत्येक घरमा माहुरी पालन


गुल्मी

गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका वार्ड नम्बर ४ मा पर्ने कालापात्ला गाउँमा प्रत्येक घरमा मौरी पालन गरिएको छ। २० घरको बसाइरहेको उक्त गाउँमा ३५ घारभन्दा बढी माहुरी पालन गरिएको छ।

उक्त गाउँमा केही घरमा ७ माहुरीका घार रहेका छन् भने ,केही घरमा १ घार रहेका छन् । केहीले पुराना काठका मुडामा खोक्रो बनाएर पुरानै शैलीमा पनि माहुरी पालन गरेका छन् ।केही आधुनिक घारमा माहुरी पालन गरेका छन् ।सरकारले घारमा ५०प्रतिशत अनुदान दिएको भए तापनि उक्त गाउँका अधिकांश कृषकहरुले आफ्नै लगानीमा माहुरी पालन गरिरहेका छन् ।

माहुरी पालन व्यावसायिक पेशा बन्न सक्ने उक्त गाउँका एक कृषक बाबुराम ज्ञवालीले बताउँछन्। सञ्चारपत्रसँगको कुराकानीमा उनले कृषि पेशामा अन्य बाली उब्जाउने र बढी उत्पादन गरी बिक्री गर्न सक्ने भएतापनि जंगली बाँदर ,बदेल ,मृग ,दुम्सी ,कालिज ,खरायो जस्ता जंगली जनावर तथा पन्छीले नोक्सान गरी रहेको बताए । उनले अन्य कृषि उपजमा यी र यस्तै समस्या रहेकोले माहुरीबाट राम्रो आम्दानी हुने र मानिसको स्वास्थ्यलाई फाइदा पुर्‍याउने र माग राम्राे हुने भएकाले माहुरी पालन व्यवसायको राम्रो सम्भावना रहेको बताए । राम्रो परिमाणमा उत्पादन भएमा बिक्रीका लागि बजारको पनि अभाव नहुने उनको आकलन छ।

यसरी बढ्दै गएको व्यावसायिकतालाई सरोकारवालाहरूले व्यवस्थापन गर्न सकेमा ,यो दिगो हुने देखिन्छ । बढ्दै गएको विदेश पलायन र शहर केन्द्रित बसाई बढ्दै गएको परिवेशलाई कम गर्न सक्ने देखिन्छ । यसरी विस्तार हुँदै गएको व्यवसायलाई सरकारवालाहरुले मध्यानजर गरेमा राम्रो सम्भावना रहेकाे देखिन्छ ।

छुटाउनुभयो कि ?

फेसबुक-इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीलाई कारबाही

फेसबुक-इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीलाई कारबाही

काठमाडौँसामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा...
मौसम पूर्वानुमान: देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव

मौसम पूर्वानुमान: देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव

काठमाडौंजल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक...
असोज ९ देखि भारी वर्षाको सम्भावना, सतर्क रहन मुख्यमन्त्री आचार्यको अपिल

असोज ९ देखि भारी वर्षाको सम्भावना, सतर्क रहन मुख्यमन्त्री आचार्यको अपिल

दाङलुम्बिनी प्रदेशमा असोज ९ देखि ११ गतेसम्म मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा केही स्थानमा अति भार...
पोखरामा अन्तर्राष्ट्रिय उडान: फ्लाई दुबईको पहिलो उडान , यात्रुलाई मेयर आचार्यकाे बिदाइ

पोखरामा अन्तर्राष्ट्रिय उडान: फ्लाई दुबईको पहिलो उडान , यात्रुलाई मेयर आचार्यकाे बिदाइ

पोखरापोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको पहिलो नियमित अन्तर्राष्ट्रिय उडानमार्फत दुबई जाने यात्रुहरूलाई पोखरा महा...