पिडामा मलम लगाउदै जीवन बिमा


गंगु कुँवर मगर / गुल्मी
उहाको नाम हिमा रेश्मी हो , उहाँ छोरा र पतिको निधनबाट ठूलो शोकमा हुनुहुन्छ । गुल्मीदरबार -१, बलिथुम (साविक वडा नं.-९)माइडाडा निवासी उहाँले छोरा र पतिलाई ६ महिनाको फरकमा गुमाउनु पर्‍यो । त्यो शोक त छदैंछ आफू माथि आएको घर ब्याबहारले समेत थप समस्यामा पार्‍यो । त्यही समस्यालाई समाधान गर्न भने उहाँलाई अहिले जीवन विमाले ठूलो सहयोग गरेको छ । कागजी प्रक्रियापछि छोरा योगेन्द्र रेस्मीको बिमा रकम पाए पछि अहिले उहाँलाई राहत मिलेको हो । त्यही जीवन विमाबाट पाएको रकमबाट बाबा छोराको किरिया खर्चको ॠण तिर्दैछु , घर व्यवहार चलाउँदै छु , उहाँले भन्नुभयो ।
स्कुल पढ्न छाडेपछि बाबासँग भारत गएर रोजगारी गरि कमाउदै आफ्नो हातमा पैसा राखिदिने छोराले अब आफूलाई बुहारी ल्याइदिएर सहयोग पाउने आशामा बस्नुभएका उहाँ अचानक गत बैशाख ३० गते २५ वर्षको उमेरमा छोरा योगेन्द्र रेश्मीको निधन भए पछि उहाँमा ठूलो बज्रपात पर्‍यो । जेठो छोराको निधनले विक्षिप्त बन्नु भएकी उहाँलाई पति टंक रेस्मी को सान्त्वना , साथ र आधारले भने बिस्तारै पिडाहरू भुल्दै हुनुहुन्थ्यो तर सान्त्वना , साथ र आधार दिने पति टंक रेस्मीको पनि कार्तिक १४ गते ४३ वर्षको उमेरमा निधन भए पछि उहाँमा फेरि ठूलो बज्रपात पर्‍यो । कमाएर र बुहारी भित्र्याएर साथ दिने छोरा र दुख सुखमा साथ दिने पति दुवै जनाले आफूलाई छाडेर गए पछिको चिन्ता त छदैंछ घर व्यभारको सम्पूर्ण जिम्मेवारी आफूमाथि आएपछि थप चापले समेत उहाँलाई समस्यामा पर्‍यो । अहिले भने छोरा योगेन्द्रको बिमा रकमले आफूलाई राहत मिलेको उहाँ बताउनुहुन्छ । श्रीमान् र छोरा त आफूसँग छैनन् उनीहरू भए जस्तो कहाँ हुन्थ्यो र ? तैपनि घर व्यवहारमा राहत मिलेको छ एकोहोरिएर उहाँले भन्नुभयो । अहिले उहाँका एक मात्र छोरा हेमु रेस्मी छन् । उहाँले छोरा योगेन्द्रको भन्दा पहिला श्रीमान् को पनि हिमालयन लाइफ इन्स्योरेन्स (तत्कालीन प्राइम लाइफ इन्स्योरेन्स) मा बिमा गरेको बताउनुहुन्छ । मैले श्रीमान् को बिमाको पनि धेरै किस्ता बुझाइसकेको छु , उक्त बिमा रकम निकाल्न श्रीमान् को निधन पछि कागजी प्रक्रिया अगाडि बढेको छ । ३ महिना भित्र आउँछ रे !पतिको बिमा कागज देखाउँदै उहाँले भन्नुभयो ।
उहाँले छोरा योगेन्द्र रेस्मीको नेशनल लाईफ इन्स्योरेन्समा २० वर्षे अवधि राखेर अमृत श्री होललाइफ नामक पाँच लाखको बिमा बनाइदिनु भएको थियो ।
स्व. योगेन्द्र बहादुर रेस्मीले नेशनल लाईफ इन्स्योरेन्समा २०वर्षे अवधि राखेर अमृत श्री होललाइफ पांच लाखको बिमा बनाउँदा पहिलो किस्ता बुझाएकै ६ महिना पश्चात् हृदयघातको कारणले निधन हुन पुगेकोमा उहाँको हकवाला आमालाई ५ लाख २९ हजार ३सय तेत्तीस रूपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको नेशनल लाईफ इन्स्योरेन्स तम्घास,गुल्मी शाखालाई उदृढ गर्दै अभिकर्ता लिलकुमारी कुवँर पुवाँरेले जानकारी दिनुभयो ।

छुटाउनुभयो कि ?

पोखरामा अन्तर्राष्ट्रिय उडान: फ्लाई दुबईको पहिलो उडान , यात्रुलाई मेयर आचार्यकाे बिदाइ

पोखरामा अन्तर्राष्ट्रिय उडान: फ्लाई दुबईको पहिलो उडान , यात्रुलाई मेयर आचार्यकाे बिदाइ

पोखरापोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको पहिलो नियमित अन्तर्राष्ट्रिय उडानमार्फत दुबई जाने यात्रुहरूलाई पोखरा महा...
मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

काठमाडौंमदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा दोस्रो संस्करणको ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरु...
महासभामा विश्वको चासो: नेताले के कस्ता विषय उठाए ?

महासभामा विश्वको चासो: नेताले के कस्ता विषय उठाए ?

काठमाडौँसंयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय छलफलमा विश्व नेताहरूले मंगलबार विभिन्न अन्तर्राष्ट्रिय मुद्दा उठाएका छन...
सिद्धबाबा सुरुङमार्गः मङ्सिरभित्रै सञ्चालन गर्ने तयारी

सिद्धबाबा सुरुङमार्गः मङ्सिरभित्रै सञ्चालन गर्ने तयारी

बुटवलनिर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी मङ्सिरदेखि सवारी साधन सञ्चालन गर्ने गरी आवश्यक तयारी अघि बढाइएको छ । सिद्धबाबा सु...