पिडामा मलम लगाउदै जीवन बिमा


गंगु कुँवर मगर / गुल्मी
उहाको नाम हिमा रेश्मी हो , उहाँ छोरा र पतिको निधनबाट ठूलो शोकमा हुनुहुन्छ । गुल्मीदरबार -१, बलिथुम (साविक वडा नं.-९)माइडाडा निवासी उहाँले छोरा र पतिलाई ६ महिनाको फरकमा गुमाउनु पर्‍यो । त्यो शोक त छदैंछ आफू माथि आएको घर ब्याबहारले समेत थप समस्यामा पार्‍यो । त्यही समस्यालाई समाधान गर्न भने उहाँलाई अहिले जीवन विमाले ठूलो सहयोग गरेको छ । कागजी प्रक्रियापछि छोरा योगेन्द्र रेस्मीको बिमा रकम पाए पछि अहिले उहाँलाई राहत मिलेको हो । त्यही जीवन विमाबाट पाएको रकमबाट बाबा छोराको किरिया खर्चको ॠण तिर्दैछु , घर व्यवहार चलाउँदै छु , उहाँले भन्नुभयो ।
स्कुल पढ्न छाडेपछि बाबासँग भारत गएर रोजगारी गरि कमाउदै आफ्नो हातमा पैसा राखिदिने छोराले अब आफूलाई बुहारी ल्याइदिएर सहयोग पाउने आशामा बस्नुभएका उहाँ अचानक गत बैशाख ३० गते २५ वर्षको उमेरमा छोरा योगेन्द्र रेश्मीको निधन भए पछि उहाँमा ठूलो बज्रपात पर्‍यो । जेठो छोराको निधनले विक्षिप्त बन्नु भएकी उहाँलाई पति टंक रेस्मी को सान्त्वना , साथ र आधारले भने बिस्तारै पिडाहरू भुल्दै हुनुहुन्थ्यो तर सान्त्वना , साथ र आधार दिने पति टंक रेस्मीको पनि कार्तिक १४ गते ४३ वर्षको उमेरमा निधन भए पछि उहाँमा फेरि ठूलो बज्रपात पर्‍यो । कमाएर र बुहारी भित्र्याएर साथ दिने छोरा र दुख सुखमा साथ दिने पति दुवै जनाले आफूलाई छाडेर गए पछिको चिन्ता त छदैंछ घर व्यभारको सम्पूर्ण जिम्मेवारी आफूमाथि आएपछि थप चापले समेत उहाँलाई समस्यामा पर्‍यो । अहिले भने छोरा योगेन्द्रको बिमा रकमले आफूलाई राहत मिलेको उहाँ बताउनुहुन्छ । श्रीमान् र छोरा त आफूसँग छैनन् उनीहरू भए जस्तो कहाँ हुन्थ्यो र ? तैपनि घर व्यवहारमा राहत मिलेको छ एकोहोरिएर उहाँले भन्नुभयो । अहिले उहाँका एक मात्र छोरा हेमु रेस्मी छन् । उहाँले छोरा योगेन्द्रको भन्दा पहिला श्रीमान् को पनि हिमालयन लाइफ इन्स्योरेन्स (तत्कालीन प्राइम लाइफ इन्स्योरेन्स) मा बिमा गरेको बताउनुहुन्छ । मैले श्रीमान् को बिमाको पनि धेरै किस्ता बुझाइसकेको छु , उक्त बिमा रकम निकाल्न श्रीमान् को निधन पछि कागजी प्रक्रिया अगाडि बढेको छ । ३ महिना भित्र आउँछ रे !पतिको बिमा कागज देखाउँदै उहाँले भन्नुभयो ।
उहाँले छोरा योगेन्द्र रेस्मीको नेशनल लाईफ इन्स्योरेन्समा २० वर्षे अवधि राखेर अमृत श्री होललाइफ नामक पाँच लाखको बिमा बनाइदिनु भएको थियो ।
स्व. योगेन्द्र बहादुर रेस्मीले नेशनल लाईफ इन्स्योरेन्समा २०वर्षे अवधि राखेर अमृत श्री होललाइफ पांच लाखको बिमा बनाउँदा पहिलो किस्ता बुझाएकै ६ महिना पश्चात् हृदयघातको कारणले निधन हुन पुगेकोमा उहाँको हकवाला आमालाई ५ लाख २९ हजार ३सय तेत्तीस रूपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको नेशनल लाईफ इन्स्योरेन्स तम्घास,गुल्मी शाखालाई उदृढ गर्दै अभिकर्ता लिलकुमारी कुवँर पुवाँरेले जानकारी दिनुभयो ।

छुटाउनुभयो कि ?

थाइल्याण्डमा गुडिरहेको रेलमाथि क्रेन खस्दा २२ जनाको ज्यान गयो : ७९ जना घाइते

थाइल्याण्डमा गुडिरहेको रेलमाथि क्रेन खस्दा २२ जनाको ज्यान गयो : ७९ जना घाइते

थाइल्याण्डको नाखोन राचासिमा प्रान्तमा काम गर्दै गरेको क्रेन गुड्दै गरेको रेलमाथि खस्दा कम्तीमा २२ ज्यान गएको छ भने ७९ जना घ...
नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मतदान आज मात्रै हुने भएको छ । यसअघि हिजो राति ९ बजेदेखि मतदान शुरू हुने का...
साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

काठमाण्डौ – साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ पहिलो खेलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ । थाइल्यान्डको नन्थाबुरीमा...
कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...