वाल तथा नवजात शिशु उपचारमा अब्बल बन्दै क्रिमसन अस्पताल


रुपन्देही

गुणस्तरीय चिकित्सक सहित आधुनिक उपचार सेवालाई निरन्तरता दिने क्रममा क्रिमसन अस्पतालले वरिष्ठ नवजात तथा बालरोग विशेषज्ञका रुपमा डा. प्रयास बज्राचार्यलाई नियुक्त गरेको छ । रुपन्देहीको तिलोत्तमा ५ मणिग्राममा रहेको अस्पतालले उच्च कोटीको चिकित्सकीय सेवा प्रवाह गरेको सबैमा सर्वविदितै छ ।

यो क्रमलाई निरन्तरता दिने क्रममा आम सेवाग्राहीको भावना, चाहना तथा आवश्यकतालाई मध्यनजर राख्दै बालबालिकामा देखा पर्ने सबैखाले स्वास्थ्य समस्याको निदानका लागी अस्पतालले वरिष्ठ बालरोग विशेषज्ञ डा. प्रयास बज्राचार्यलाई पौष ३ गतेबाट नियुक्ति दिएको जनाएको छ ।

लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभास, दाङ्ग तथा पुर्वमा लहान लगायतका विभिन्न अस्पतालहरुमा वरिष्ठ नवजात तथा बालरोग विशेषज्ञ भई काम गरेको लामो अनुभव सँगालेका डा. बज्राचार्यले अब मणिग्राम स्थित क्रिमसन अस्पतालबाट नियमित सेवा प्रवाह गर्ने छन । अस्पतालमा अब नियमित रुपमा डा.अनिल खनाल र डा. प्रयास बज्राचार्यले बाल बालिकाको स्वास्थ्य उपचार र रेखदेख एवं परामर्श सेवा उपलब्ध गराउने छन् ।

डा.खनाल र डा. बज्राचार्य दुवै जनाले अहिले अस्पतालमा बालबालिकाहरुका लागी आवश्यक एनआईसीयु, आईसीयु, बालबालिकालाई तातो बनाइराख्ने मेसिन रेजिडेन्ट वार्मर, जण्डिस घटाउने अत्याधुनिक फोटो थेरापी मेसिन, श्वासप्रश्वासमा समस्या भएको खण्डमा उपयोग गरिने प्रविधि जडित भेन्टिलेटर, लगायतका सबैखाले उपकरण सहित सेवा प्रवाह गर्न अस्पताल सक्षम रहेको बताए ।

अस्पतालमा अक्सिजन प्रवाह गर्ने अत्याधुनिक मेसिन, बालबालिकाका लागी आवश्यक सुविधा सम्पन्न वेडहरु उपलब्ध रहेका छन् । डा.प्रयास बज्राचार्यले अत्याधुनिक उपकरण सहित काम गर्दाको अनुभव गज्जबको रहेको प्रतिक्रिया दिए ।उनले भर्खरै जन्मेका नवजात शिशुहरूलाई अनेक समस्याले सताउने गरेको बताउदै क्रिमसनमा उपलब्ध प्रविधि जडित उपकरणहरु सबैखाले रोग उपचारमा सहज ढंगबाट प्रयोग गर्न मिल्ने खालका भएको जनाए ।

नवजात बालबालिकाहरूमा विशेषगरि श्वासप्रश्वास को समस्याहरु, छाला पहेलो हुने जण्डिस, यसैगरि निमोनिया, झाडापखाला, मिर्गौला सम्बन्धि समस्याहरु, पिसाब सम्बन्धि समस्याहरु, छाला तथा एलर्जीका समस्याहरु, ज्वरो लगायतका समस्याहरु देखा पर्ने र सोको उपचार अवस्था हेरिकन गर्ने गरेको डा। बज्राचार्यले बताए ।

अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालले अस्पतालले प्रवाह गरिरहेको विशिष्टिकृत सेवालाई थप परिमार्जित गर्ने क्रममा डा. खनाल र डा. बज्राचार्य जस्ता २ जना वरिष्ठ चिकित्सकलाई नवजात शिशु तथा बालबालिका हेर्ने गरि नियुक्ति दिइएको बताए । बस्यालले आफ्नै गाउँठाउँमा सर्वसुलभ सहितको अत्याधुनिक स्वास्थ्य उपचार सेवा प्रवाह गर्ने अस्पतालको नीति रहेको बताए ।

यस क्षेत्रमा रहेको विभिन्न अस्पतालहरुमा विरामीहरुको अत्याधिक चाप रहने गरेको परिपेच्छमा क्रिमसन अस्पतालले महिला तथा बालरोग अस्पतालका रुपमा समेत आफुलाई अब्बल बनाउदै लाग्नु आफैमा गर्वको कुरा भएको बस्यालले बताए ।

छुटाउनुभयो कि ?

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...
उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

बुटवलबुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधि...