बुटवलको तिनाउ हस्पिटल र सिद्धार्थ इन्टरनेसनल कलेज बीच स्वास्थ्य सम्झौता


बुटवल

बुटवलको सुख्खानगरमा रहेकाे श्री तिनाउ इन्टरनेसनल हस्पिटल प्राली र बुटवल मिलनचोकमा रहेको सिद्धार्थ इन्टरनेसनल कलेज बीच स्वास्थ्य सम्बन्धी बुधबार सम्झौता भएको छ।

बुटवलको स्वास्थ्य उपचारको लागि राम्रो मानिने उक्त हस्पिटलले सिद्धार्थ कलेजका सञ्चालक, शिक्षक र विद्यार्थीहरूका लागि स्वास्थ्य उपचारमा सहुलियत दिने गरी सम्झौता गरेका छन्। उक्त कलेजका सञ्चालक, शिक्षक र विद्यार्थीहरूका लागि ल्याब परीक्षण ,एक्सरे ,जनरल बेड ,भिडियो एक्सरे, ईसिजि ,ईकाे ,फिजियोथेरापी लगायतका सेवाहरूमा सहुलियत दिने गरी सम्झौता गरेका छन्।

हस्पिटलका अध्यक्ष चिरञ्जीवी जोशीले कलेजमा सम्बद्ध सबैलाई उपचारमा सहुलियत होस् भनी उक्त सम्झौता गरेको बताउनुभयो। उहाँले अन्य यस्तै जागरुक संस्थाहरु भएमा छलफल गर्न सकिने बताउनुभयो।

हस्पिटलले आफ्नो कलेजलाई स्वास्थ्य उपचारमा सहुलियत दिने गरी सम्झौता गरेकोमा आफू र संस्थालाई खुसी लागेको सिद्धार्थ इन्टरनेसनल कलेजका क्याम्पस प्रमुख रामप्रसाद खरेलले बताउनुभयो। इच्छुक संस्था हरुलाई तिनाउ हस्पिटलमा विगतमा र आउने दिनहरूमा पनि यस्ता सहुलियतको व्यवस्था रहेको छ।

छुटाउनुभयो कि ?

पोखरामा अन्तर्राष्ट्रिय उडान: फ्लाई दुबईको पहिलो उडान , यात्रुलाई मेयर आचार्यकाे बिदाइ

पोखरामा अन्तर्राष्ट्रिय उडान: फ्लाई दुबईको पहिलो उडान , यात्रुलाई मेयर आचार्यकाे बिदाइ

पोखरापोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको पहिलो नियमित अन्तर्राष्ट्रिय उडानमार्फत दुबई जाने यात्रुहरूलाई पोखरा महा...
मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

काठमाडौंमदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा दोस्रो संस्करणको ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरु...
महासभामा विश्वको चासो: नेताले के कस्ता विषय उठाए ?

महासभामा विश्वको चासो: नेताले के कस्ता विषय उठाए ?

काठमाडौँसंयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय छलफलमा विश्व नेताहरूले मंगलबार विभिन्न अन्तर्राष्ट्रिय मुद्दा उठाएका छन...
सिद्धबाबा सुरुङमार्गः मङ्सिरभित्रै सञ्चालन गर्ने तयारी

सिद्धबाबा सुरुङमार्गः मङ्सिरभित्रै सञ्चालन गर्ने तयारी

बुटवलनिर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी मङ्सिरदेखि सवारी साधन सञ्चालन गर्ने गरी आवश्यक तयारी अघि बढाइएको छ । सिद्धबाबा सु...