बुटवलको तिनाउ हस्पिटल र सिद्धार्थ इन्टरनेसनल कलेज बीच स्वास्थ्य सम्झौता


बुटवल

बुटवलको सुख्खानगरमा रहेकाे श्री तिनाउ इन्टरनेसनल हस्पिटल प्राली र बुटवल मिलनचोकमा रहेको सिद्धार्थ इन्टरनेसनल कलेज बीच स्वास्थ्य सम्बन्धी बुधबार सम्झौता भएको छ।

बुटवलको स्वास्थ्य उपचारको लागि राम्रो मानिने उक्त हस्पिटलले सिद्धार्थ कलेजका सञ्चालक, शिक्षक र विद्यार्थीहरूका लागि स्वास्थ्य उपचारमा सहुलियत दिने गरी सम्झौता गरेका छन्। उक्त कलेजका सञ्चालक, शिक्षक र विद्यार्थीहरूका लागि ल्याब परीक्षण ,एक्सरे ,जनरल बेड ,भिडियो एक्सरे, ईसिजि ,ईकाे ,फिजियोथेरापी लगायतका सेवाहरूमा सहुलियत दिने गरी सम्झौता गरेका छन्।

हस्पिटलका अध्यक्ष चिरञ्जीवी जोशीले कलेजमा सम्बद्ध सबैलाई उपचारमा सहुलियत होस् भनी उक्त सम्झौता गरेको बताउनुभयो। उहाँले अन्य यस्तै जागरुक संस्थाहरु भएमा छलफल गर्न सकिने बताउनुभयो।

हस्पिटलले आफ्नो कलेजलाई स्वास्थ्य उपचारमा सहुलियत दिने गरी सम्झौता गरेकोमा आफू र संस्थालाई खुसी लागेको सिद्धार्थ इन्टरनेसनल कलेजका क्याम्पस प्रमुख रामप्रसाद खरेलले बताउनुभयो। इच्छुक संस्था हरुलाई तिनाउ हस्पिटलमा विगतमा र आउने दिनहरूमा पनि यस्ता सहुलियतको व्यवस्था रहेको छ।

छुटाउनुभयो कि ?

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

३० पुस, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित ...
कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

३० पुस, काठमाडौं । झण्डै आठ दशक लामो इतिहास बोकेको दल नेपाली कांग्रेस तेस्रोपटक विभाजित भएको छ । नेतृत्वको कार्य शैलीका कार...
नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री रुष्टकाठमाडौंनेपाल स्टक एक्सचेन्जको पुनर्संरचनाको लागि भन्दै बनेको अध्ययन समिति...
कांग्रेसमा विद्रोह

कांग्रेसमा विद्रोह

काठमाडौंभदौ २३ र २४ मा जेनजीले गरेको विद्रोहको मुख्य निशानामा दुई राजनीतिक पात्र थिए- तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्...