
बुटवल
बुटवलमा भएको सडक दुर्घटनामा परि तिनजनाको मृत्यु भएको छ। पुर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल तिनाउ पुलमा बलेरो जिप अनियन्त्रित भई पल्टिदा दम्पत्तीसहित ३ जनाको घटनास्थलमै मृत्यु भएको हो।
ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार मृत्यु हुनेमा बुटवल–१ नयाँगाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी खनाल र जिप चालक ३२ वर्षीय हरि न्यौपाने रहेका छन् ।
दमको बिरामी गौरी खनाललाई उपचारका लागि नयाँगाउँबाट लुम्बिनी प्रादेशिक अस्पताल ल्याउने क्रममा जिप अनियन्त्रित भई पुलको डिभाइडरमा ठोक्किएर पल्टिएको प्रहरीले जनाएको छ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितका अनुसार पश्चिम तर्फबाट तिनाउ पुल पार गरिसकेपछिको मोडमा जिप दुर्घटनामा परेको हो।उक्त जिप अर्घाखाँची क्याटरिङको रहेको बताइएको छ ।
शव पोष्टमार्टमा लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ । शुक्रबार राती साढे १२ बजेतिर उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ।