Breaking news 3

पहाडी र हिमाली भू–भागमा मौसम सफा, तराईमा कुहिरो

पहाडी र हिमाली भू–भागमा मौसम सफा, तराईमा कुहिरो

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँजल तथा मौसम विज्ञान विभाग हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जानकारी दिएको छ ।हाल तराई भू-भागका थोरै स्थानहरूमा हस्सु/तुवाँलो लागेको छ। देशको पहाडी र हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।आज दिउँसो तराई भू-भागका धेरै स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ । कोशी प्रदेशको पहाडी र हिमाली भू-भागमा र गण्डकी प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेने छ ।त्यस्तै आज राती तराई भू-भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । गण्डकी, कर्णाली सुदूरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेने छ । ...
सुन चोरलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली

सुन चोरलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली

Breaking news 3, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौँकाठमाडौँ प्रहरीले सुनचोरीमा सम्लग्न एक युवालाई गोली हानेर नियन्त्रणमा लिएको छ। काठमाण्डौको बौद्ध टुसालस्थित एउटा घरबाट १ करोड रुपैयाँ भन्दा बढीको सुन चोरीमा संलग्न प्रेम थारुलाई गोली हानेर नियन्त्रणमा लिएको हो।काठमाण्डौ प्रहरीका अनुसार स्थानीय रिन्जी लामाको घरबाट १ करोड ४ लाख ५३ हजार बराबरको सुनको गहना चोरेका थिए। प्रहरीका अनुसार थारु नेपालगञ्जका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनलाई गोली प्रहार गरेर नियन्त्रणमा लिएको काठमाण्डौ प्रहरीका प्रवक्ता प्रहरी उपरिक्षक (एसपी) पवन भटराईले बताए। भट्टराईका अनुसार थारुको खुट्टामा गोली लागेको छ र ट्रमा सेन्टरमा उपचार जारी छ। एसपी भट्टराईले भने, ‘बौद्धमा चोरी भएको घटनामा समातिएको हो, यसअघि दिउँसोको समयमा भोटेबहाल, कालिमाटीमा पनि चोरी भएका घटनामा प्रहरीको निगरानी बढिरहेको थियो।’ भट्टराईका...
गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’

गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, स्थानीय
बुटवलआगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी सरगर्मी बढेको छ । अहिले उमेदवारहरु सहर र गाउँका मतदाता रिझाउन ब्यस्त छन् । यसैबीत नेकपा एमालेका उमेदवार तथा गुल्मी क्षेत्र नम्बर २ का उम्मेदवार गोकर्ण विष्ट मतदातासँग 'सुन्दै सुनाउँदै' अभियान लिएर सहरका युवा तथा आम मतदातालाई भेटघाट गरिरहेका छन् । गाउँकै मतदाता भएपनि अध्ययन, रोजगारी र व्यापारका लागि रुपन्देहीको बुटवलमा बस्ने गुल्मेली धेरै छन् । मनोनयनपछि आफ्नो निर्वाचन क्षेत्रका गाउँगाउँमा पहिलो चरणको भेटघाट सकेर विष्ट विभिन्न सम्पर्क मञ्च मार्फत बुटवलका मतदाता भेटिरहेका छन् । सहरमा बसेपनी आम मतदाताले गाउँका समस्या बिष्टलाई राखेका छन् ।बिष्टले बुटवलमा गुल्मी धुर्कोट-रुपन्देही सम्पर्क समाज, इस्मा-रुपन्देही सम्पर्क समाज, मदाने-रुपन्देही सम्पर्क समाज, मालिका-रुपन्देही सम्पर्क समाज, मुसीकोट-रुपन्देही सम्पर्क ...
रुपन्देहीको पूर्वाधार विकासबाटै लगानीकर्ताको ध्यान केन्द्रीतः विष्णु पौडेल

रुपन्देहीको पूर्वाधार विकासबाटै लगानीकर्ताको ध्यान केन्द्रीतः विष्णु पौडेल

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देहीप्रतिनिधि सभामा रुपन्देही क्षेत्र नं २ को उम्मेदार तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले रुपन्देही क्षेत्रमा पूर्वाधारमा भएको ठूलो लगानीले ठूला ठूला लगानीकर्ताको ध्यानाकर्षण भएको जनाएका छन् । फागुन २१ गते हुने प्रतिनिधि सभामा रुपन्देही क्षेत्र नं २ को उम्मेदार पौडेलले देशका धेरै स्थानमा लगानीकर्ताहरु खुम्चिएको समयमा यो क्षेत्रमा स्वदेश तथा विदेशका लगानीकर्ताहरुको ध्यानाकर्षण यसैको मुख्य आधार भएको जनाएका छन् । बुधबार रुपन्देहीको तिलोत्तमा क्षेत्रमा रहेका उद्योगीव्यवसायीहरुबीचको छलफलमा उनले भने–‘भौतिक पूर्वाधारको विकास भए स्वदेश तथा विदेशका लगानीकर्ताको सहजै ध्यान तान्नेछ भन्ने उदाहरण अहिले रुपन्देही हो, सेजको निर्माण भइसकेको छ, आइसीपी बनिरहेको छ, अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ, सबैतिर चौडा बाटो छन्, पूर्वापश्चिमको बाटो बन्दैछ, यही आधारमा नयाँ लगानीकर्ता ढुक्क भएका हुन्’...
रुपन्देही उद्योग संघले बनायो २ वर्षे कार्ययोजना

रुपन्देही उद्योग संघले बनायो २ वर्षे कार्ययोजना

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलरूपन्देही उद्योग संघले आगामी दुई वर्षको कार्ययोजना तयार गरेको छ । स्वदेशी वस्तु उत्पादन गर्ने र यसको प्रवद्र्धन गर्ने उद्योगहरुको छाता संस्था को रुपमा पहिचान बोकेको जिल्लाकै अग्रणी संस्थामा नयाँ नेतृत्व आएसँगै आफ्नो कार्यकालमा अघि सारिने तत्कालीन र दीर्घकालीन योजना बनाउने र यसमै आधारित रहेर काम गर्नका लागि कार्ययोजना बनाइएको संघले जनाएको छ । उद्योग वाणिज्य मन्त्रालयमा लामो समय रहनुभएका विज्ञ एवं नेपाल सरकारका पूर्व सचिव डा.तोया नारायण ज्ञवालीको सहजीकरणमा संघले नयाँ नेतृत्वमा आएको समिति, सल्लाहकारहरु, पूर्वअध्यक्ष तथा यसको कार्यान्वयन गर्ने कर्मचारीहरुका बीचमा तीन दिने कार्ययोजना कार्यशाला राखेर यसलाई अन्तिम रुप दिइएको संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले जानकारी दिनुभयो ।गण्डकी प्रदेशको पोखरामा माघ १५ गतेदेखि १७ गतेसम्म संचालन भएको यो कार्ययोजनामा संघमा नयाँ अधिवेशनबाट निर्वाचित न...
नेपाल प्रहरी विशेष सुरक्षा गणलाई पुस्तक तथा खेलकुदका सामाग्रि प्रदान

नेपाल प्रहरी विशेष सुरक्षा गणलाई पुस्तक तथा खेलकुदका सामाग्रि प्रदान

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवल उद्योग वाणिज्य संघ, रुपन्देही पुस्तक तथा स्टेशनरी बस्तुगत समितिले नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवल नवलपरासीलाई पुस्तक तथा खेलकुदका सामाग्रि प्रदान गरेको छ । संघ अन्तरगत गठित उक्त बस्तुगत समितिले शनिबार नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवलमा पुगेर ६० हजार रुपैंया बढीको पुस्तक तथा खेलकुदका सामाग्रि प्रदान गरेको हो ।नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवलमा आयोजना गरिएको कार्यक्रममा संघका अध्यक्ष हरिप्रसाद अर्याल, महासचिव मुक्तिप्रसाद अधिकारी, बस्तुगत समितिका सभापति बोधराज शर्मा, उपसभापति प्रकाश भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवलका गणपती प्रहरी उपरिक्षक डिलबहादुर मल्ललाई पुस्तक तथा खेलकुदका सामाग्रि हस्तान्तरण गर्नुभयो । संघका अध्यक्ष अर्यालले आफ्नो परिवारसंग टाढा रहेर देशको शान्ति सुरक्षामा खटिने प्रहरीका लागि पुस्तक तथा स्पोर्टस्का सामाग्रि साथी बन्न सक्ने बताउँद...
हिमाली कृषि सहकारीको अधिवेशन सम्पन्न, सुर्य कुवंरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

हिमाली कृषि सहकारीको अधिवेशन सम्पन्न, सुर्य कुवंरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलहिमाली कृषि सहकारी संस्था लिमिटेडको ११औं बार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ।शनिबार बुटवल फुलवारीमा सम्पन्न अधिवेशनले संस्थाको संस्थापक सचिव सुर्य कुवंरको अध्यक्षतामा १२ सदस्यिय सञ्चालक समिति तथा लेखा समिति चयन गरेको छ।उद्घाटन सत्रमा वोल्दै जिल्ला सहकारी संघ रुपन्देहीका सचिव वेदप्रसाद शर्माले सहकारीले "१का लागी सवै र सवैका लागि १ "भन्ने सिद्धान्त अनुसार स्थापना गरिएको सहकारी संस्थाको गतिविधि हेर्दा सहकारीका विधि, विधान र सवै सुचकांक सकारात्मक रहेकोमा खुसी लागेको बताए।उनले सहकारीको खर्च कम र वचत बढि गर्ने उद्देश्य सर्हानिय रहेको वताएका छन्।अहिले आयातित र गलत मनसायका उदेश्यले खोलिएका सहकारीमा देखिएका विकृतिले सहकारीप्रती जन विस्वास घटेको तर हिमाली कृषि सहकारी जस्ता अन्य सहकारीहरुले पनी भ्रम चिर्न र विश्वास दिलाउँदै अगाडि बढ्न जागरुकता देखाउन आवश्यक रहेको धारणा राखेका...
पत्रकार महासङ्घ रुपन्देहीले स्थापना गर्‍यो खेलकुद र फोटो पत्रकारिता पुरस्कार

पत्रकार महासङ्घ रुपन्देहीले स्थापना गर्‍यो खेलकुद र फोटो पत्रकारिता पुरस्कार

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देहीनेपाल पत्रकार महासङ्घ रुपन्देहीले फरक फरक दुई विधामा पुरस्कार स्थापना गरेको छ। नेपाल पत्रकार महासङ्घ रुपन्देही शाखाको १५ औँ नियमित बैठकले खेलकुद पत्रकारिता पुरस्कार र फोटो पत्रकारिता पुरस्कार स्थापना गरेको हो। यी दुवै पुरस्कारको राशि २५ / २५ हजारको हुने पत्रकार महासङ्घ रुपन्देहीले जनाएको छ। नेपाल पत्रकार महासङ्घको स्थापना दिवसका अवसरमा आयोजित फुटसल प्रतियोगिताबाट बचत भएको रकमबाट ५ लाखको कोषमा जम्मा गर्ने निर्णय गरेको छ। उक्त कोषबाट आउने ब्याजबाट उक्त पुरस्कार दिइने छ। महासङ्घले उक्त पुरस्कार यस वर्षको स्थापना दिवसका अवसरमा वितरण गर्ने जनाएको छ। त्यसै गरी महासङ्घले यसै बर्षबाट फोटो पत्रकारिता पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ। महासङ्घले गत पुस महिनामा बुटवल मण्डपमा सञ्चालन भएको फोटो प्रदर्शनीबाट सङ्कलित रकमबाट ५ लाख रुपैयाँको कोष निर्माण गरी उक्त कोषको ब्याज बाट आ...
भरपर्दो शान्ति सुरक्षा कायम गर्न प्रभावकारी सुरक्षा रणनीति बनाएको छु: रूपन्देहीका प्रहरी प्रमुख शाही

भरपर्दो शान्ति सुरक्षा कायम गर्न प्रभावकारी सुरक्षा रणनीति बनाएको छु: रूपन्देहीका प्रहरी प्रमुख शाही

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देहीरुपन्देहीमा हालै सरुवा भइ आएका प्रहरी उपरीक्षक जनकबहादुर शाहीले जिल्लामा भरपर्दो शान्ति सुरक्षा कायम गर्नका लागि प्रभावकारी सुरक्षा रणनीति बनाइएको बताएका छन्। भैरहवास्थित जिल्ला प्रहरी कार्यालय परिसरमा बुधवार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै उनले बिगतमा भन्दा शान्ति सुरक्षाको अवस्था अझ मजबुत बनाउन यसअघिका प्रहरी प्रमुखले गरेको असल कार्यलाई निरन्तरता दिइने र जिल्लामा कार्यरत प्रहरी भित्रै आन्तरिक मूल्याङ्कन सहितको सुरक्षा रणनीतिक योजना बनाइएको बताए। ‘सुरक्षा व्यवस्थालाई अझ भरपर्दो र व्यवस्थित बनाउन बिगतमा प्रहरी कमाण्डरहरुले गरेको राम्रो योजना र कार्यलाई निरन्तरता दिइने छ’, उनले भने, ‘जिल्लामा कार्यरत हरेक प्रहरीको व्यक्तिगत कार्यको रेकर्ड राखी त्यही अनुरुप मूल्याङ्कन गरी पुरस्कार र दण्डको व्यवस्था गरिने छ।’ उनका अनुसार कतिपय प्रहरीले आचरण बिपरीत आफू अनुकुलका क...
बरिष्ठ साहित्यकार रामचन्द्र भटराईको निधन,बुटवलमा गरियो अन्तेष्टि

बरिष्ठ साहित्यकार रामचन्द्र भटराईको निधन,बुटवलमा गरियो अन्तेष्टि

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार
बुटवलवरिष्ठ साहित्यकार,एवं पुराना राजनितिज्ञ रामचन्द्र भटराईको निधन भएको छ। ८४ बर्षिय भटराईको मंगलबार बिहान ११ बजे ह्दयघातका कारण निधन भएको पारिवारिक श्रोतले बताएको छ। लामो समय बाम आन्दोलनमा सक्रिय भटराई पूर्व सांसद, समेत हुन्। नेकपा एमाले निकट जनसांस्कृतिक मञ्चका पुर्व अध्यक्ष भटराई राष्ट्रिय सभा सदस्य समेत भएका थिए। पछिल्लो समय राजनितिमा निस्कृय रहदै आएका उनी नेकपा माओवादी हुंदै नेकपा एकिकृत समाजबादिका केन्द्रिय सल्लाहकार समेत भएका थिए। साहित्य संगै पत्रकारिकतामा सम्लग्न भटराईको सम्पादनमा दैनिक निर्णय प्रकाशन भएको थियो। स्वर्गीय भटराईका कुशुम भटराई, गुरांस भटराई र दिपक भटराई गरी ३ छोरा र सारदा र सुजाता गरी दुई छोरी छन्।महिला आन्दोलन र साहित्यमै सक्रिय उनकी जिवन संगिनी मैया भटराईको भने गत बर्ष निधन भएको थियो। पाल्पाको गोखुंगामा जन्मेर बुटवल उपमहानगरपालिका वडा नंद ३ चिडिया...