सुन चोरलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली


काठमाडौँ
काठमाडौँ प्रहरीले सुनचोरीमा सम्लग्न एक युवालाई गोली हानेर नियन्त्रणमा लिएको छ। काठमाण्डौको बौद्ध टुसालस्थित एउटा घरबाट १ करोड रुपैयाँ भन्दा बढीको सुन चोरीमा संलग्न प्रेम थारुलाई गोली हानेर नियन्त्रणमा लिएको हो।
काठमाण्डौ प्रहरीका अनुसार स्थानीय रिन्जी लामाको घरबाट १ करोड ४ लाख ५३ हजार बराबरको सुनको गहना चोरेका थिए। प्रहरीका अनुसार थारु नेपालगञ्जका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनलाई गोली प्रहार गरेर नियन्त्रणमा लिएको काठमाण्डौ प्रहरीका प्रवक्ता प्रहरी उपरिक्षक (एसपी) पवन भटराईले बताए।

भट्टराईका अनुसार थारुको खुट्टामा गोली लागेको छ र ट्रमा सेन्टरमा उपचार जारी छ। एसपी भट्टराईले भने, ‘बौद्धमा चोरी भएको घटनामा समातिएको हो, यसअघि दिउँसोको समयमा भोटेबहाल, कालिमाटीमा पनि चोरी भएका घटनामा प्रहरीको निगरानी बढिरहेको थियो।’ भट्टराईकाअनुसार, थारु २०७९ मा पनि चोरीमा पक्राउ परेर कारागारबाट निस्केका व्यक्ति हुन्। उनको दाहिने पिडुलामा गोली लागेको छ।

मंगलबार दिउँसो लामाको घरबाट थारुले ३० तोला सुन, चाँदीका गहना र सिमाला सहित १ करोड ४ लाख ५३ हजार रुपैयाँ बराबरको सामान चोरेको प्रहरीको भनाइ छ।

छुटाउनुभयो कि ?

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालद्वारा बाढी प्रभावितका लागि ११ लाख सहयोग

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालद्वारा बाढी प्रभावितका लागि ११ लाख सहयोग

बुटवलभोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि गौतम बुद्ध सामुदायिक मुटु अस्पता...
भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

काठमाण्डौ - एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भ...
भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

काठमाण्डौ - रसुवाको भोटेकोशी बाढीको सातौँ दिन आज पनि खोज, उद्धार र राहत वितरणको काम भइरहेको छ ।  रसुवा र नुवाकोटको जल...
भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

काठमाडौंनेपालमा आएको बाढीका कारण उत्तर प्रदेशको कुशीनगर हुँदै बग्ने गण्डक (नारायणी) नदीमा शव भेटिने क्रम जारी छ। कुशीनगर प...