सुन चोरलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली


काठमाडौँ
काठमाडौँ प्रहरीले सुनचोरीमा सम्लग्न एक युवालाई गोली हानेर नियन्त्रणमा लिएको छ। काठमाण्डौको बौद्ध टुसालस्थित एउटा घरबाट १ करोड रुपैयाँ भन्दा बढीको सुन चोरीमा संलग्न प्रेम थारुलाई गोली हानेर नियन्त्रणमा लिएको हो।
काठमाण्डौ प्रहरीका अनुसार स्थानीय रिन्जी लामाको घरबाट १ करोड ४ लाख ५३ हजार बराबरको सुनको गहना चोरेका थिए। प्रहरीका अनुसार थारु नेपालगञ्जका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनलाई गोली प्रहार गरेर नियन्त्रणमा लिएको काठमाण्डौ प्रहरीका प्रवक्ता प्रहरी उपरिक्षक (एसपी) पवन भटराईले बताए।

भट्टराईका अनुसार थारुको खुट्टामा गोली लागेको छ र ट्रमा सेन्टरमा उपचार जारी छ। एसपी भट्टराईले भने, ‘बौद्धमा चोरी भएको घटनामा समातिएको हो, यसअघि दिउँसोको समयमा भोटेबहाल, कालिमाटीमा पनि चोरी भएका घटनामा प्रहरीको निगरानी बढिरहेको थियो।’ भट्टराईकाअनुसार, थारु २०७९ मा पनि चोरीमा पक्राउ परेर कारागारबाट निस्केका व्यक्ति हुन्। उनको दाहिने पिडुलामा गोली लागेको छ।

मंगलबार दिउँसो लामाको घरबाट थारुले ३० तोला सुन, चाँदीका गहना र सिमाला सहित १ करोड ४ लाख ५३ हजार रुपैयाँ बराबरको सामान चोरेको प्रहरीको भनाइ छ।

छुटाउनुभयो कि ?

बडादशैं : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

बडादशैं : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

बुटवलनेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीको कर्...
देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

बुटवलहाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली भएको मौसम पूर्व...
फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

काठमाडौंफ्रान्समा बढ्दो महँगी, जीवनयापनको लागत, विद्यालयको कमजोर अवस्था र सार्वजनिक सेवामा देखिएका समस्याविरुद्ध शनिबार भएको ...
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौंदेशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो २४...