रुपन्देहीको पूर्वाधार विकासबाटै लगानीकर्ताको ध्यान केन्द्रीतः विष्णु पौडेल


रुपन्देही
प्रतिनिधि सभामा रुपन्देही क्षेत्र नं २ को उम्मेदार तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले रुपन्देही क्षेत्रमा पूर्वाधारमा भएको ठूलो लगानीले ठूला ठूला लगानीकर्ताको ध्यानाकर्षण भएको जनाएका छन् । फागुन २१ गते हुने प्रतिनिधि सभामा रुपन्देही क्षेत्र नं २ को उम्मेदार पौडेलले देशका धेरै स्थानमा लगानीकर्ताहरु खुम्चिएको समयमा यो क्षेत्रमा स्वदेश तथा विदेशका लगानीकर्ताहरुको ध्यानाकर्षण यसैको मुख्य आधार भएको जनाएका छन् । बुधबार रुपन्देहीको तिलोत्तमा क्षेत्रमा रहेका उद्योगीव्यवसायीहरुबीचको छलफलमा उनले भने–‘भौतिक पूर्वाधारको विकास भए स्वदेश तथा विदेशका लगानीकर्ताको सहजै ध्यान तान्नेछ भन्ने उदाहरण अहिले रुपन्देही हो, सेजको निर्माण भइसकेको छ, आइसीपी बनिरहेको छ, अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ, सबैतिर चौडा बाटो छन्, पूर्वापश्चिमको बाटो बन्दैछ, यही आधारमा नयाँ लगानीकर्ता ढुक्क भएका हुन्’ उनले भने–‘यति धेरै लगानी नभएको भए अहिले यति धेरै तारे होटलहरु खुल्नेथिएनन्, निर्यातजन्य उद्योगहरु खुलिरहेका छन्, विदेशी लगानीकर्ताहरुले पनि यसको अध्ययन गरिरहेका छन् ।’
पौडेलले लगानीकर्तालाई पहिलो आधार भौतिक पूर्वाधारसँगै स्थिर राजनीति र त्यसको नीति कार्यान्वयन गराउन स्थिर सरकारको आवश्यकता पर्ने र त्यसका लागि निजी क्षेत्रले पत्याएको नेतृत्व चाहिने जनाएका छन् । ‘यी विषय सहज भएपछि लगानीको समस्या नहुनेरहेछ, जब पूर्वाधारमा राज्यको लगानी हुन्छ निजी क्षेत्रलाई सहजता पक्कै हुन्छ । अनुकुल स्थितिसँगै राज्यको लगानी बढाउने र निजी क्षेत्रलाई उत्साहित बनाउने नै मुख्य उद्देश्य हो, म जिम्मेवारीमा रहेको बेला त्यो वातावरण बनाए र यसमा मेरो पूर्ण प्रतिवद्धता छ’ उनले भने ।
पूर्वमन्त्री पौडेलले अब पर्यटन र औद्योगिक, व्यवसायिक तथा वातावरणमा लगानी गर्न इच्छुक रहेको र धेरै चरणमा यसबारे छलफल भएको जनाए । ‘वल्ड बैैकसँग यसका विषयमा धेरै छलफल भइरहेको छ । ठूलो मात्राको लगानीका लागि उनीहरु तयार पनि छन्, केही अध्ययनको प्रकृया नै अघि बढेको छ’ उनले भने–‘सिद्धार्थ राजमार्गको करिब पौने दुई खर्बको लगानीमा निर्माण गरेर लुम्बिनी र गण्डकी क्षेत्रको बलियो मार्ग हुनेछ । यसको अध्ययनका क्रममा यसको आकर्षक आयोजना देखिएको छ, लुम्बिनी र गण्डकी क्षेत्रको पर्यटकीय क्षेत्र जोडेर यसले दीर्घकालीन पर्यटकीय योजनाका रुपमा अघि बढाउन खोजेको हो । यसबाट करिब २ घन्टा कम हुन्छ, त्यो भएपछि अर्थतन्त्रको चलायमान बनाउन निकै ठूलो महत्वपूर्ण हुनेछ ।’ उनले यति ठूलो रकम जुटाउन एशियाली पूर्वाधार विकास बैंकसँग धेरै चरणमा कुरा भएको र लामो समयदेखि छलफलले फाइनान्स स्टडीलाई सहयोग भएसँगै अब डिजाइन र स्रोत व्यवस्थापन भएपछि यसलाई अघि बढाउनुपर्ने जनाए । अन्तर्राष्ट्रिय निर्माता कम्पनीमार्फत काम गराउनुपर्ने धेरै ठूलो आयोजना भएकाले राजनीतिक वातावरण बनाउनुपर्ने उनको भनाइ थियो ।
उद्योगीव्यवसायीहरुले पौडेललाई निजी क्षेत्रप्रति यसअघि देखाएको लचकता र आगामी दिनको प्रतिवद्धताका लागि आग्रह गरेपछि नेता पौडेलले यसअघि पनि निजी क्षेत्रको सहकार्यमै अघि बढेको र अहिले पनि त्यसलाई निरन्तरता दिएर जाने जनाएका थिए ।

छुटाउनुभयो कि ?

लुम्बिनी प्रदेशको स्थापना दिवसः संघीयताको बलियो आधारनै प्रदेश

लुम्बिनी प्रदेशको स्थापना दिवसः संघीयताको बलियो आधारनै प्रदेश

दाङलुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेशको दिगो विकास र समृद्धिका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने ...
समानुपातिक बन्दसूचीमा पुरुषभन्दा महिलाको संख्या बढी

समानुपातिक बन्दसूचीमा पुरुषभन्दा महिलाको संख्या बढी

काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरुले पेस गरेको बन्दसूचीमा पुरुषको तु...
रुपन्देहीको पूर्वाधार विकासबाटै लगानीकर्ताको ध्यान केन्द्रीतः विष्णु पौडेल

रुपन्देहीको पूर्वाधार विकासबाटै लगानीकर्ताको ध्यान केन्द्रीतः विष्णु पौडेल

रुपन्देहीप्रतिनिधि सभामा रुपन्देही क्षेत्र नं २ को उम्मेदार तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले रुपन्देही क्षेत्रमा पूर...
दल र उम्मेदवारले प्रचारका लागि छुट्टै बैंक खाता खोल्नुपर्ने

दल र उम्मेदवारले प्रचारका लागि छुट्टै बैंक खाता खोल्नुपर्ने

काठमाडौँनिर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार तथा राजनीतिक दलको आर्थि...