गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’


बुटवल
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी सरगर्मी बढेको छ । अहिले उमेदवारहरु सहर र गाउँका मतदाता रिझाउन ब्यस्त छन् । यसैबीत नेकपा एमालेका उमेदवार तथा गुल्मी क्षेत्र नम्बर २ का उम्मेदवार गोकर्ण विष्ट मतदातासँग ‘सुन्दै सुनाउँदै’ अभियान लिएर सहरका युवा तथा आम मतदातालाई भेटघाट गरिरहेका छन् ।

गाउँकै मतदाता भएपनि अध्ययन, रोजगारी र व्यापारका लागि रुपन्देहीको बुटवलमा बस्ने गुल्मेली धेरै छन् । मनोनयनपछि आफ्नो निर्वाचन क्षेत्रका गाउँगाउँमा पहिलो चरणको भेटघाट सकेर विष्ट विभिन्न सम्पर्क मञ्च मार्फत बुटवलका मतदाता भेटिरहेका छन् । सहरमा बसेपनी आम मतदाताले गाउँका समस्या बिष्टलाई राखेका छन् ।
बिष्टले बुटवलमा गुल्मी धुर्कोट-रुपन्देही सम्पर्क समाज, इस्मा-रुपन्देही सम्पर्क समाज, मदाने-रुपन्देही सम्पर्क समाज, मालिका-रुपन्देही सम्पर्क समाज, मुसीकोट-रुपन्देही सम्पर्क समाज, रेसुंगा-रुपन्देही सम्पर्क समाजमार्फत् मतदाताहरुसँग भेटघाट र छलफल गरिरहेका छन् । आम मतदाताले गाउँमा जंगली जनावरले सताएको, राम्रो अस्पताल नभएको र गुणस्तरीय शिक्षा नभएका कारण भएको बढ्दो बसाइँसराइको बारेमा उम्मेदवार बिष्टको ध्यानाकर्षण गराएका छन् ।

सिङ्गो पालिकाका मतदताले आफ्ना उमेदवारसँग खुलेरै समस्या राख्ने अवसर भएकाले भेटघाट निकै उपलब्धिमुलक रहेको बुटवलमा बस्दै आएका मदाने गाउँपालिका-२ बाझकटेरीका मदन भुसालले बताए । मतदाताको बीचमा बिष्टले विगतमा आफूले गरेका कामको फेहरिस्त बताउँदै आफ्नो क्षेत्रका बाँकी रहेका केही अधुरा काम पूरा गर्न पुनः उमेदवार बनेको बताएका थिए । गुल्मीमा भौतिक पूर्वाधारको क्षेत्रमा उल्लेखनीय प्रगति भएको बताउँदै नेता विष्टले अबको योजना मानवीय विकास, नीतिगत सुधार, आयआर्जन र रोजगारी सृजनामा केन्द्रित हुने बताए ।

अहिलेसम्म मदन भण्डारी राजमार्गसहित दर्जनौ पुल, गाउँ-गाउँमा सुरु भएको कालोपत्रे, लिफ्ट मार्फत खानेपानीको पहुँच वृद्धि, खरका छाना बिस्थापन, विद्यालय, अस्पताल, स्वास्थ्यचौकी, विद्युतिकरण र राष्ट्रिय प्रसारण लाइन विस्तार लगायतका काम भएकाले अब आर्थिक सामाजिक विकासका अरु सुचकमा काम गर्नुपर्नेमा बिष्टले मतदाताबिच प्रतिबद्धता व्यक्त गरे । बिष्ट अहिले पाचौं पटक चुनावी प्रतिस्पर्धामा छन् । उनी २०५६ सालयता भएका निर्वाचनमध्ये २०६४ सालको संविधानसभा निर्वाचनबाहेक २०५६, २०७०, २०७४ र २०७९ मा भएका निर्वाचनमा विजयी भएका छन् ।
बिष्टको निर्वाचन क्षेत्रमा कुल एक लाख सात हजार ३६३ मतदाता छन् । भने ६२ वटा मतदानस्थल र १२९ वटा मतदान केन्द्र रहेका छन् ।

छुटाउनुभयो कि ?

आन्दोलनरत मिटरब्याज पीडितसँग वार्ता अघि बढाउन सरकारले बनायो सचिव नेतृत्वको टोली

आन्दोलनरत मिटरब्याज पीडितसँग वार्ता अघि बढाउन सरकारले बनायो सचिव नेतृत्वको टोली

काठमाडौंसरकारले मिटरब्याज पीडितसँग वार्ता अघि बढाउन सरकारले वार्ता टोली बनाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रध...
मानसिक स्वास्थ्य र समाधान

मानसिक स्वास्थ्य र समाधान

श्रीराम ज्ञवालीमानिसको जीवनमा शारीरिक स्वास्थ्य जत्तिकै महत्वपूर्ण मानसिक स्वास्थ्य पनि हो। सामान्य भाषामा बुझ्दा, मनोरोग वा ...
विश्वकप फुटबल: अर्जेन्टिनाको पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा

विश्वकप फुटबल: अर्जेन्टिनाको पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा

काठमाडौँअर्जेन्टिनाले अन्तिम पाँच मिनेटमा दुई गोल गर्दै इङ्ग्ल्यान्डमाथि २-१ को रोमाञ्चक जित निकाल्दै विश्वकप फुटबलको फाइनलमा...
मौसम पूर्वानुमान: लुम्बिनी सहित ६ प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान: लुम्बिनी सहित ६ प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर...