बरिष्ठ साहित्यकार रामचन्द्र भटराईको निधन,बुटवलमा गरियो अन्तेष्टि


बुटवल
वरिष्ठ साहित्यकार,एवं पुराना राजनितिज्ञ रामचन्द्र भटराईको निधन भएको छ। ८४ बर्षिय भटराईको मंगलबार बिहान ११ बजे ह्दयघातका कारण निधन भएको पारिवारिक श्रोतले बताएको छ।

लामो समय बाम आन्दोलनमा सक्रिय भटराई पूर्व सांसद, समेत हुन्। नेकपा एमाले निकट जनसांस्कृतिक मञ्चका पुर्व अध्यक्ष भटराई राष्ट्रिय सभा सदस्य समेत भएका थिए।

पछिल्लो समय राजनितिमा निस्कृय रहदै आएका उनी नेकपा माओवादी हुंदै नेकपा एकिकृत समाजबादिका केन्द्रिय सल्लाहकार समेत भएका थिए। साहित्य संगै पत्रकारिकतामा सम्लग्न भटराईको सम्पादनमा दैनिक निर्णय प्रकाशन भएको थियो।

स्वर्गीय भटराईका कुशुम भटराई, गुरांस भटराई र दिपक भटराई गरी ३ छोरा र सारदा र सुजाता गरी दुई छोरी छन्।
महिला आन्दोलन र साहित्यमै सक्रिय उनकी जिवन संगिनी मैया भटराईको भने गत बर्ष निधन भएको थियो।

पाल्पाको गोखुंगामा जन्मेर बुटवल उपमहानगरपालिका वडा नंद ३ चिडिया खोला बस्दै आएका भटराईका असंख्य साहित्यीक रचनाहरु छन्।

भटराईको पुष १५ गते बुधबार तिलोत्तमा नगरपालिका वडा नं ३ मा रहेको तिनाउ नदि किनारमा अन्तेष्टि गरीएको छ।

छुटाउनुभयो कि ?

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...
रुपन्देहीमा लाइसेन्सको नतिजामै किर्ते, फर्जी तरिकाले लाइसेन्स बाँडेको खुलासा

रुपन्देहीमा लाइसेन्सको नतिजामै किर्ते, फर्जी तरिकाले लाइसेन्स बाँडेको खुलासा

बुटवलयातायात व्यवस्था कार्यालय, रुपन्देहीमा लिखित तथा प्रयोगात्मक परीक्षाको नतिजा फेरबदल गरी १३ जनालाई गैरकानुनी रूपमा सवारी ...