भरपर्दो शान्ति सुरक्षा कायम गर्न प्रभावकारी सुरक्षा रणनीति बनाएको छु: रूपन्देहीका प्रहरी प्रमुख शाही


रुपन्देही
रुपन्देहीमा हालै सरुवा भइ आएका प्रहरी उपरीक्षक जनकबहादुर शाहीले जिल्लामा भरपर्दो शान्ति सुरक्षा कायम गर्नका लागि प्रभावकारी सुरक्षा रणनीति बनाइएको बताएका छन्।

भैरहवास्थित जिल्ला प्रहरी कार्यालय परिसरमा बुधवार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै उनले बिगतमा भन्दा शान्ति सुरक्षाको अवस्था अझ मजबुत बनाउन यसअघिका प्रहरी प्रमुखले गरेको असल कार्यलाई निरन्तरता दिइने र जिल्लामा कार्यरत प्रहरी भित्रै आन्तरिक मूल्याङ्कन सहितको सुरक्षा रणनीतिक योजना बनाइएको बताए।

‘सुरक्षा व्यवस्थालाई अझ भरपर्दो र व्यवस्थित बनाउन बिगतमा प्रहरी कमाण्डरहरुले गरेको राम्रो योजना र कार्यलाई निरन्तरता दिइने छ’, उनले भने, ‘जिल्लामा कार्यरत हरेक प्रहरीको व्यक्तिगत कार्यको रेकर्ड राखी त्यही अनुरुप मूल्याङ्कन गरी पुरस्कार र दण्डको व्यवस्था गरिने छ।’

उनका अनुसार कतिपय प्रहरीले आचरण बिपरीत आफू अनुकुलका कार्य गर्ने परिपाटीलाई निरुत्साहित गर्न रुपन्देहीमा कार्यरत हरेक प्रहरीको व्यक्तिगत कामको विवरण राखेर मूल्याङ्कन गर्न लागिएको हो।

अपराधी तथा नियम बिपरीत कार्य गर्नेलाई पक्राउ, हातहतियार पक्राउ, भन्सार छली चोरी निकासी पैठारी गरिएका सामानको बरामद, सेवाग्राहीलाई प्रदान गर्ने सेवा लगायतक विषयलाई आधार बनाएर पुरस्कार र दण्डको व्यवस्था लागु गरिने छ । यसका लागि हरेक महिना ‘पुलिस अफ द मन्थ’ कार्यक्रम बनाइएको छ।

खुल्ला सिमाना, भन्सार चोरी निकासी पैठारी, नदीजन्य पदार्थको चोरी, सवारी दुर्घटना, साइबर अपराध, अवैध रुपमा सञ्चालित क्यासिनो, लागुऔषध लगायतका चुनौती रुपन्देहीमा विद्यमान रहेको उनले जनाए। ‘मैले काम गरेर देखाउने हो’, उनले भने, ‘शान्ति सुरक्षाको अवस्था सुदृढ बनेको तपाइँहरुले केही दिनमैं महशुस गर्नुहुने छ।’ दुई पैसा महङ्गो भए पनि स्वदेशी बजारमैं खरिद गर्न र आफूले खरिद गरेको सामानको बिलबिजग लिन उनले सवैलाई आग्रह गरे। आफूले खरिद गरेको सामानको बिलबिजग लिएमा राज्यलाई नै सहयोग पुग्ने र स्वदेशमा खरिद गरेमा स्वदेशका व्यवसाय फस्टाउने भनाइ उनको छ।

बिगतमा तीनवटा निर्बाचन आफू कमाण्डर भएर सम्पन्न गराइसकेको कुरा उल्लेख गर्दै रुपन्देहीमा शान्तिपूर्वक निर्बाचन सम्पन्न गराउन कुनै जटिल समस्या नरहेको दावी उनले गरे। ‘भौगोलिक बनावट, सुरक्षा निकाय र स्थानीय समुदायसँगको आपसी सहकार्यले गर्दा रुपन्देहीमा शान्तिपूर्वक निर्बाचन गराउन सहज छ’, उनले भने, ‘रुपन्देहीसँग जोडिएका पश्चिम नवलपरासी र कपिलबस्तु जिल्लामा समेत आवश्यक परेको बेला सुरक्षा सहयोग लिन दिन सकिने गरि निर्बाचन सुरक्षा योजना बनाइएको छ।’

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीकी प्रहरी निरीक्षक प्रतिमा कार्कीले रुपन्देहीमा सडकको संरचना, सवारी साधनको बढ्दो चाप, हुस्सु, शितलहर लगायतका मौसमका कारण सवारी दुर्घटनाको अवस्था बढ्दो रहेको बताइन्।

सवारी दुर्घटना न्युनिकरणका लागि समुदाय स्तरमा जनचेतनामूलक कार्यक्रम, प्रत्येक दिन ट्राफिक प्रहरीद्वारा तीन चरणमा चालकसँग ३ मिनेट कार्यक्रम, मादक पदार्थसेवनको नियमित चेकजाँच र विभिन्न स्थानमा आकस्मिक चेकजाँच जस्ता कार्यक्रमलाई निरन्तर संचालन गरिएको उनले बताइन्।

छुटाउनुभयो कि ?

सन नेपाल लाइफ इन्स्योरेन्सका सिइओ अर्याल पक्राउ

सन नेपाल लाइफ इन्स्योरेन्सका सिइओ अर्याल पक्राउ

काठमाडौँसन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजकुमार अर्याल पक्राउ परेका छन् ।अर्यालला...
युवतीलाई जिउँदै जलाउनेलाई फाँसीको सजाय माग गर्दै नेपालगंज सडकमा उत्रिए स्थानीय

युवतीलाई जिउँदै जलाउनेलाई फाँसीको सजाय माग गर्दै नेपालगंज सडकमा उत्रिए स्थानीय

नेपालगन्ज–१२, कोरियनपुरकी २२ वर्षीया सृजना बुढाको जिउँदै जलाएर हत्या गरिएको भन्दै परिवार र स्थानीयवासी आन्दोलित बनेका छन् । ...
पत्रकार महासङ्घ रुपन्देहीको स्थापना दिवसमा फुटसल प्रतियोगिताको आयोजना

पत्रकार महासङ्घ रुपन्देहीको स्थापना दिवसमा फुटसल प्रतियोगिताको आयोजना

बुटवलनेपाल पत्रकार महासङ्घ रुपन्देहीको ७१औँ स्थापना दिवसका अवसरमा मिडिया कप र कर्पोरेट कप फुटसल प्रतियोगिता शुरु भएको छ ।पत्र...
रास्वपा सभापति लामिछानेको अभियोगपत्र फिर्ताविरुद्धको रिट पूर्ण इजलासमा पेश गर्न सर्वोच्चको आदेश

रास्वपा सभापति लामिछानेको अभियोगपत्र फिर्ताविरुद्धको रिट पूर्ण इजलासमा पेश गर्न सर्वोच्चको आदेश

काठमाडौँसर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने माथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्त...