Breaking news 1

प्रतिनिधि सभा निर्वाचनको तयारीमा निर्वाचन कार्यालय, रुपन्देहीमा २०९ मतदानस्थल

प्रतिनिधि सभा निर्वाचनको तयारीमा निर्वाचन कार्यालय, रुपन्देहीमा २०९ मतदानस्थल

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
बुटवलप्रतिनिधि सभा निर्वाचन हुन ६२ दिन बाँकी छ। निर्वाचनको मिति नजिकिदै गर्दा निर्वाचन कार्यालयहरु अस्थायी मतदाताको सूची तयार गर्ने, जनशक्ति व्यवस्थापन र सामग्री व्यवस्थापनतर्फ जुटेका छन्। जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका अनुसार अहिले दलहरुले निर्वाचनसँग सम्बन्धित सामग्रीहरु लैजाने र निर्वाचनबारे जानकारी लिने गरिरहेका छन्।निर्वाचन कार्यालय रुपन्देहीकी प्रमुख कल्पना अर्याल भन्छिन्-‘हामी निर्वाचन आयोगको तालिकाअनुसार नै काम गरिरहेका छौं, अहिले हामीले जिल्लाभर कति जनशक्ति चाहिन्छ र कसरी व्यवस्थापन गर्ने भन्ने काम गरिरहेका छौं, छिटै नै निर्वाचनका लागि जनशक्ति व्यवस्थापन हुन्छ र अरु कामहरु पनि अघि बढ्छन्।’ उनले जिल्लाभरका सरकारी कार्यालयबाट निर्वाचनमा खटिनसक्ने कर्मचारीहरुको सूची तयार भइरहेको र निर्वाचन क्षेत्रहरुमा पनि तयारीको काम अगाडि बढेको बताइन्। रुपन्देहीमा ६ लाख ७२ हजार ...
तराईमा हुस्सु, उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

तराईमा हुस्सु, उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार, समाज
काठमाडौंदेशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू-भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले पनि तराईका अधिकांश स्थानहरू हुस्सुले ढाकिएका छन् । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी तथा हिमाली भू-भागमा साधारण बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । तराईका केही स्थानमा हुस्सु...
जापानमा अब सबै म्यानपावरले श्रमिक पठाउन पाउने

जापानमा अब सबै म्यानपावरले श्रमिक पठाउन पाउने

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौंसरकारले जापानमा प्रशिक्षार्थी कामदार पठाउने निर्देशिका खारेज गरेको छ । निर्देशिका खारेज भएसँगै सबै म्यानपावर कम्पनीले श्रमिक पठाउन पाउने बाटो खुलेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘जापानमा प्राविधिक (अभ्यासार्थी) कामदार पठाउने निर्देशिका २०६६’ जारी गरेको थियो । सोही आधारमा ‘जापान इन्टरनेसल ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन’ (जिट्को) मार्फत नेपाली श्रमिकलाई जापानमा काम गर्न पठाउने गरिएको थियो ।निर्देशिका अनुसार निश्चित म्यानपावरलाई सूचीकरण गरेर उनीहरूमार्फत नै श्रमिक पठाउने गरिएको थियो । अब निर्देशिका खारेज भएसँगै सबै म्यानपावर कम्पनीहरूले अन्य देश झैं श्रमिक पठाउन पाउने भएका हुन् ।निर्देशिका खारेज भएसँगै जिट्को समेत खारेज भएको छ । अब सबै म्यानपावर व्यवसायीले श्रमिक पठाउने श्रम मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले जानकारी दिए ।हाल ‘टेक्निकल इन्टर्न ट्रेनिङ प्...
औद्योगिक प्रदर्शनीको समापन, लक्ष्य अनुसारको अवलोकन र कारोबार, लगानीको वातावरणबिना समृद्धि सम्भव छैनः मुख्यमन्त्री आचार्य

औद्योगिक प्रदर्शनीको समापन, लक्ष्य अनुसारको अवलोकन र कारोबार, लगानीको वातावरणबिना समृद्धि सम्भव छैनः मुख्यमन्त्री आचार्य

Breaking news 1, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवलमा पुस ३ गतेदेखि सुरु भएको राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ सकिएको छ । प्रदर्शनीमा ८ लाख अवलोकनकर्ता र ३० करोड कारोबार लक्ष्य रहेकोमा त्यो पूरा भएको आयोजकको भनाइ छ ।प्रदर्शनी समारोहमा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जबसम्म लगानीको वातावरण बन्दैन, तबसम्म समृद्धिको आकांक्षा पूरा हुन नसक्ने स्पष्ट गर्नुभएको छ । लगानीमैत्री वातावरण सिर्जना गर्नु राज्यको प्रमुख दायित्व भएकाले यसलाई सरल, सहज र विश्वासयोग्य बनाउनु पर्ने उहाँको भनाइ छ ।मुख्यमन्त्री आचार्यले लगानीको वातावरण मिलाउन नसकिए देशको उन्नति, समृद्धि र विकास सम्भव नहुने बताउनु भएको हो । ‘प्रदेश सरकारले लगानीको वातावरण बनाउने विषयलाई गम्भीर रूपमा बुझेको छ । उद्योगी व्यवसायीले भोग्ने समस्या समाधान गर्न प्रदेश सरकार सधैं तयार छ,’ उहाँले भन्नुभयो ।मुख्यमन्त्री आचार्यले उ...
आज अङ्ग्रेजी नयाँवर्ष २०२६ को पहिलो दिन साथै राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवस मनाईदै

आज अङ्ग्रेजी नयाँवर्ष २०२६ को पहिलो दिन साथै राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवस मनाईदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंआज अङ्ग्रेजी नयाँवर्ष २०२६ को पहिलो दिन ‘अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस’ मनाइँदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्नुका साथै मेरो शान, मेरो पहिचान राष्ट्रिय पोशाक संरक्षण अभियान भन्ने नारासहित १३औ टोपी दिवश मनाउन लागिएको हो।मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाको अगुवाईमा २०७० सालदेखि हरेक वर्षको जनवरी १ लाई टोपी दिवस र पौष १७ गतेलाई राष्ट्रिय पोशाक दिवसको रुपमा मनाउन सुरु गरेका थिए । नेपाल बाहिर रहेका नेपाली र नेपालीभाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन्। नेपाली टोपीको साइनो बंगलादेशको ढाका, काश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ ।विशेषतः भादगाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । तर नेपालका विभिन्न समुदायले आ-आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन्।यो दिन नेपाल र नेपाल बाहिर रहेका नेपाली समुदायले विभिन्न...
सरकारको ध्यान निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नुमा केन्द्रित छ: गृहमन्त्री ओमप्रकाश अर्याल

सरकारको ध्यान निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नुमा केन्द्रित छ: गृहमन्त्री ओमप्रकाश अर्याल

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
विराटनगरगृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको ध्यान दिन गनेर सरकारमा बस्नु नभई तोकिएको समयमा निष्पक्ष स्वतन्त्र र धाँधली रहित निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नु रहेको बताएका छन् ।बुधवार मोरङको विराटनगरमा कोशी प्रदेशको समन्वयमा गृह मन्त्रालयले आयोजना गरेको 'कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी' को उद्घाटन सत्रलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले सो धारणा व्यक्त गरेका हुन् । उनले भने- 'निर्वाचन लोकतन्त्र एक असल अभ्यास हो र यो अपरिहार्य छ। निर्वाचनले नागरिक शक्तिलाई सरकारमा पुर्‍याई शासनको वैधानिकता प्रदान गर्दछ ।'निर्वाचन बिना सुशासन कायम गर्न कठिन हुने हुनाले देश थप अस्थिरतातर्फ धकेलिन सक्ने हुँदा सुशासन चाहने हो भने निर्वाचनको विकल्प छैन, मन्त्री अर्यालले भने ।गृहमन्त्री अर्यालका अनुसार शान्ति सुव्यवस्था कायम गर्न एवं निर्वाचनको वातावरण सृजनामा प्र...
निर्वाचनमा सुरक्षाका हिसाबले तीन भागमा वर्गीकरण गरेर व्यवस्थापन मिलाउने गरी कार्ययोजना

निर्वाचनमा सुरक्षाका हिसाबले तीन भागमा वर्गीकरण गरेर व्यवस्थापन मिलाउने गरी कार्ययोजना

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँगृह मन्त्रालयले आयोगबाट तय भएका मतदानस्थल र मतदान केन्द्रलाई सुरक्षा चुनौतीका रुपमा तीन भागमा वर्गीकरण गरेर सुरक्षा व्यवस्थापन मिलाउने गरी सुरक्षा कार्ययोजना बनाएको छ ।आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय भएका करिब ११ हजार मतदानस्थलमध्ये एकतिहाइ सुरक्षाका दृष्टिले ‘अति संवेदनशील’ सूचीमा समेटिएका छन् ।२१ फागुन २०८२ मा प्रतिनिधिसभा सदस्यतर्फ २ सय ७५ सिटमा निर्वाचन हुँदै छ । जसमा १ सय ६५ प्रत्यक्ष र १ सय १० सिट सिट निर्वाचनबाट टुंगो लाग्ने छ । त्यसका लागि निर्वाचन आयोगले १० हजार ९ सय ६७ मतदानस्थल र २३ हजार १ सय १२ मतदान केन्द्र तय गरेको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले तय भएका मतदानस्थलमध्ये एकतिहाइ अर्थात् ३ हजार ६ सय ८० स्थललाई अति संवेदनशील सूचीमा समेटिएको बताए । आयोगले तय गरेको मतदानस्थल र मतदान केन्द्रलाई सुरक्षा चुनौतीका आधारमा अति संवेदनशील, संवेदनशील ...
सुनको भाउ तोलामा ७ हजार ९ सय रुपैयाँले घट्यो

सुनको भाउ तोलामा ७ हजार ९ सय रुपैयाँले घट्यो

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार
काठमाडौं दिनहुँ बढिरहेको सुनचाँदीको भाउ मंगलबार एकाएक घटेको छ । मंगलबार सुनको भाउ प्रतितोला ७ हजार ९ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।सोमबार प्रतितोला २ लाख ७० हजार रुपैयाँमा कारोबार भएको सुन मंगलबार घटेर २ लाख ६२ हजार १ सय रुपैयाँमा कायम भएको छ । आइतबार सुनको भाउ प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँ थियो । त्यस्तै, चाँदीको भाउ पनि मंगलबार प्रतितोला ३ सय ५ रुपैयाँले घटेको छ । भाउ घटेसँगै चाँदी प्रतितोला ४ हजार ५ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला ४ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर ४ हजार ८ सय ९५ रुपैयाँ पुगेको थियो । ...
आज तमु ल्होसार पर्व , सार्वजनिक बिदा

आज तमु ल्होसार पर्व , सार्वजनिक बिदा

Breaking news 1, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंगुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदैछन् । ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्य रुपमा मनाउँछन् ।तमु ल्होसार पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुसमा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको जानकारहरू बताउँछन् । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । ...
तोकियो प्रतिनिधिसभा उम्मेदवारको खर्च सीमा, बढीमा ३३ लाख खर्च गर्न पाउने

तोकियो प्रतिनिधिसभा उम्मेदवारको खर्च सीमा, बढीमा ३३ लाख खर्च गर्न पाउने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौं आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको सीमा तोकिएको छ । निर्वाचन आयोगले सुगम मानिएका जिल्लाका हकमा र दुर्गम मानिएका जिल्लाका हकमा फरकफरक खर्च सीमा निर्धारण गरेको हो .आयोगका अनुसार काठमाडौँका पाँच वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २५ लाख खर्च गर्न पाउनेछन् । त्यसमा काठमाडौँ क्षेत्र नं १, ३, ६, ७ र ८ रहेका छन् । यसैगरी, १७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २७ लाख बराबरको खर्च गर्न पाउने सीमा निर्धारण गरिएको छ ।त्यस्तै, ६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २९ लाख बराबर खर्च गर्न पाउनेछन् । आयोगका अनुसार ५२ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम ३१ लाख, २६ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम ३३ लाख बराबरको खर्च गर्न पाउनेगरी सीमा निर्धारण गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी...