तोकियो प्रतिनिधिसभा उम्मेदवारको खर्च सीमा, बढीमा ३३ लाख खर्च गर्न पाउने


काठमाडौं

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको सीमा तोकिएको छ । निर्वाचन आयोगले सुगम मानिएका जिल्लाका हकमा र दुर्गम मानिएका जिल्लाका हकमा फरकफरक खर्च सीमा निर्धारण गरेको हो .आयोगका अनुसार काठमाडौँका पाँच वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २५ लाख खर्च गर्न पाउनेछन् । त्यसमा काठमाडौँ क्षेत्र नं १, ३, ६, ७ र ८ रहेका छन् । यसैगरी, १७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २७ लाख बराबरको खर्च गर्न पाउने सीमा निर्धारण गरिएको छ ।त्यस्तै, ६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २९ लाख बराबर खर्च गर्न पाउनेछन् । आयोगका अनुसार ५२ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम ३१ लाख, २६ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम ३३ लाख बराबरको खर्च गर्न पाउनेगरी सीमा निर्धारण गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।उनका अनुसार उम्मेदवारले खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्नुपर्नेछ । त्यसरी खर्च गर्दा निजकोतर्फबाट खर्च गर्ने जिम्मेवार अधिकारी तोकी निजको नाम नामेसीसहितको विवरण भने निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्नुपर्नेछ ।उम्मेदवारले तोकेको खर्चको हदभित्र रहेर निर्वाचन खर्च गर्न र प्रतिनिधि सभा सदस्य ऐनबमोजिम निर्वाचन खर्चको विवरण निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ ।

छुटाउनुभयो कि ?

गणेश नेपालीको परिवार र सरकारबीच ९ बुँदे सहमति

गणेश नेपालीको परिवार र सरकारबीच ९ बुँदे सहमति

काठमाण्डाै – काठमाण्डाैकाे त्रिपुरेश्वमार रहेकाे राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएपछि ज्यान गुमाएका गणेश नेपालीका प...
सुकुम्वासीलाई आश्वासन दिन गृहमन्त्रीसहित ६ मन्त्री भक्तपुरको होल्डिङ सेन्टरमा

सुकुम्वासीलाई आश्वासन दिन गृहमन्त्रीसहित ६ मन्त्री भक्तपुरको होल्डिङ सेन्टरमा

काठमाण्डाै – सुकुम्वासीकाे समस्यालाई लिएर चर्को विरोध हुन थालेपछि आज सङ्घ सरकारका ६ जना मन्त्रीले भक्तपुरमा रहेको होल्डिङ सेन...
मनोवैज्ञानिक पीडा : हत्या-हिंसाको अदृश्य घाउ

मनोवैज्ञानिक पीडा : हत्या-हिंसाको अदृश्य घाउ

बुटवल'इन्टिमेट पार्टनर' भायलेन्स भन्नाले नजिकको सम्बन्धभित्र– जस्तै श्रीमान्, प्रेमी वा विश्वास गरिएको व्यक्तिबाट हुने हिंसाल...
सामाजिक सञ्जालमा मौलाएको समाजको दर्दनाक चित्र

सामाजिक सञ्जालमा मौलाएको समाजको दर्दनाक चित्र

बुटवलहोल्डिङ सेन्टरमा भूमिहीनहरू भाेकभाेकै छन् । उनीहरूले राम्रो संग खाना पाएका छैनन् । पिउने पानी समेत उपलव्ध छैन ।जसकाे मार...