आज तमु ल्होसार पर्व , सार्वजनिक बिदा


काठमाडौं
गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदैछन् ।

ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्य रुपमा मनाउँछन् ।
तमु ल्होसार पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुसमा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।
पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको जानकारहरू बताउँछन् । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

छुटाउनुभयो कि ?

पत्रकारको वित्तीय जिवनशैली

पत्रकारको वित्तीय जिवनशैली

श्रीराम ज्ञवालीनेपाल र सामान्यतया विश्वभरिका पत्रकारहरूको आर्थिक जीवनशैली निकै चुनौतीपूर्ण, उतारचढावपूर्ण र श्रमको तुलनामा न्...
कपिलवस्तुमा चार भरुवा बन्दुक बरामद

कपिलवस्तुमा चार भरुवा बन्दुक बरामद

बुटवलकपिलवस्तुको सामुदायिक वनबाट बेवारिसे अवस्थामा चार नाल भरुवा बन्दुक बरामद गरिएको छ । वाणगंगा नगरपालिका९९ स्थित बन्दुक बरा...
पहिरोले विभिन्न राजमार्ग अवरुद्ध, सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह

पहिरोले विभिन्न राजमार्ग अवरुद्ध, सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह

काठमाडौंलगातारको वर्षाका कारण बाढी, पहिरो र लेदो खस्दा देशका विभिन्न राजमार्ग तथा सडक खण्ड अवरुद्ध भएका छन्। सडक अवरुद्ध हुँद...
बडीमालिका हिमपात: एक जनाको उद्धार, एकको खोजी जारी

बडीमालिका हिमपात: एक जनाको उद्धार, एकको खोजी जारी

काठमाडौंधार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा हिमपातपछि फसेका दुईमध्ये एक जना पर्यटकको नेपाली सेनाको हेलिकप्टर...