काठमाडौं
धरहरा ९ मंसिरदेखि सःशुल्क सञ्चालनमा आउने भएको छ ।
मन्त्रिपरिषद्को बैठकले धरहरा सञ्चालन नहुँदासम्म अन्तरिम रूपमा शुल्क लिएर धरहरा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको हो ।
विनातयारी सरकारको १ सय दिनको काम देखाउने हतारोमा चलाइएको धरहरा लिफ्ट बिग्रेर पछिल्लो दुई दिन बन्द रहेको थियो ।
...
७ मंसिर २०८१, शुक्रबार७ मंसिर २०८१, शुक्रबार७ मंसिर २०८१, शुक्रबार by संचार पत्रNo Comments
बुटवल
काठमाडौंको कीर्तिपुर आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । गएराति पौने ११ बजे भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको तीव्रता २.६ म्याग्निच्युड मापन भएको छ ।
काठमाडौं उपत्यकाबासीले भूकम्पको धक्का महसुस गरेको भन्दै सामाजिक सन्जालमा लेखेको देखिन्छ । तर भूकम्पको झड्का सानो भएकाले यसले क्षति भने पुर्याएको विवरण छैन ।
...
७ मंसिर २०८१, शुक्रबार७ मंसिर २०८१, शुक्रबार७ मंसिर २०८१, शुक्रबार by संचार पत्रNo Comments
बुटवल
नेकपा एमालेले आज काठमाडौंमा जागरण सभा गर्दैछ। एमालेको काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीको संयुक्त आयोजनामा शुक्रबार काठमाडौंको दरबारमार्गमा जागरण सभा हुन लागेको हो।
जागरण सभा यसअघि भृकुटीमण्डपमा गर्ने भनिएपनि बुधबार स्थान परिवर्तन गरी दरबारमार्गमा गर्ने निर्णय भएको थियो।
जागरण सभाअघि विभिन्न ठाउँबाट निकालिएको र्याली दरबारमार्ग पुग्ने कार्यक्रम छ। भद्रकालीबाट सुरू हुने र्याली सुन्धारा, वीर अस्पताल, रत्नपार्क घन्टाघर हुँदै दरबारमार्गमा पुगेर सभामा परिणत हुने बताइएको छ।
मुलुकमा बढ्दो अराजकता, अस्थिरताविरुद्ध लोकतन्त्र, शान्ति, राष्ट्रिय एकता, सामाजिक सद्भाव, सुशासन, समृद्धि र विकासका लागि विधिको शासन र कानुनी राजका पक्षमा जनमत निर्माण गर्ने उद्देश्यका साथ सभा गर्न लागेको एमालेले जनाएको छ।
जागरण सभाले पार्टीको दृष्टिकोण, धारणा, आमजनताका बीचमा पुऱ्याउने उद्दे...
६ मंसिर २०८१, बिहीबार६ मंसिर २०८१, बिहीबार६ मंसिर २०८१, बिहीबार by संचार पत्रNo Comments
गंगु कुवँर मगर / गुल्मीहामी त्यहाँ पुग्दा हिराबहादुर भेडासँगै गल्थुङ्ग भिरमा हुनुन्थ्यो । एक हातमा लट्ठी लिएर एक तकले भेंडा नियाल्दै हुनुहुन्थ्यो । उमेरले ७८ वर्ष बित्दै गरे पनि जंगल जंगलमा गएर भेडा चराउँनु उहाँको दिन चर्या हो । न त कुनै चाड पर्व न त कुनै हुरी बतास खडेरी पानी । समय भयो त भेडासँगै जंगल पुगिहाल्नुहुन्छ उहाँ । गुल्मीको रेसुङ्गा नगरपालिका वडा नं.-१४, रातामाटाका हिराबहादुर सर्तुङ्गी विगत ७३ वर्ष अघि देखि यही भेंडा चराउँदै आउनुभएको छ । रेसुङ्गा अन्तर्गतका कुलो भञ्ज्याङ्ग , पन्चासे, साउने , रेसपोखरा, ढावडांडा, खहरे, गोठार, पुरन पानी , गल्थुन्ङ लगायतका चरन क्षेत्र उहाँका दैनिकी हुन् । बिहान १० बजिसक्दा उहाँ जंगल पुगिहाल्नुहुन्छ । बेलुकी ०५ बजे घरमा फर्किदा घाँस दाउरा वा अन्य केहि न केही बोकेर पुग्नुहुन्छ । अहिले भने पत्नी रैमता सर्तुङ्गीको निधनले आफू विक्षिप्त बनेको र त्यति ज...
६ मंसिर २०८१, बिहीबार६ मंसिर २०८१, बिहीबार६ मंसिर २०८१, बिहीबार by संचार पत्रNo Comments
काठमाडौँ
सिनामंगलमा रहेको अति जोखिमयुक्त हवाई इन्धन डिपो सार्ने प्रक्रिया अघि बढेको छ । डिपो स्थानान्तरणका लागि विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) गर्न त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानलाई जिम्मा दिइएको छ ।
डीपीआर गर्न संस्थानको कन्सल्टेन्सी सेवा विभागका सहप्राध्यापक नारायणप्रसाद गौतम र सिनामंगलस्थित हवाई इन्धन डिपो प्रमुख प्रदीप यादवबीच बुधबार द्विपक्षीय सम्झौता भयो ।
सम्झौतासँगै अति जोखिममा रहेको डिपो स्थानान्तरण प्रारम्भ भएको यादवले बताए । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको विशेष निर्देशन र निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टको नेतृत्वमा नयाँ ठाउँमा डिपो स्थानान्तरणको काम सुरु भएको उनको भनाइ छ ।
‘५० वर्षअघि बनेको हवाई इन्धन डिपोमा सुरक्षाको मापदण्ड पूरा गरिएको छैन । हवाई उडान बढ्दो क्रममा छन् । तर त्यहाँ भने जति हवाई इन्धन मौज्...
६ मंसिर २०८१, बिहीबार६ मंसिर २०८१, बिहीबार६ मंसिर २०८१, बिहीबार by संचार पत्रNo Comments
काठमाडौं
‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदैछ ।
ललितपुरको यलमाया केन्द्रमा हुने चार दिने महोत्सवमा विभिन्न देशका ४७ वटा लघु चलचित्र र वृत्तचित्र प्रर्दशन गरिनेछन् । महोत्सवमा नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्कालगायतका नौ देशका चलचित्र प्रदर्शन हुँदैछन् ।
महोत्सवका सहायक निर्देशक पवस मानन्धरले यस वर्ष वेस्ट फिल्म इन द क्लाइमेट क्राइसिस अवार्ड थप गरिएको उल्लेख गर्दै उत्कृष्ट चलचित्र, जुरी अवार्ड, उत्कृष्ट स्टुडेन्ट चलचित्र, उत्कृष्ट डेब्यु चलचित्र र उत्कृष्ट फिल्म इन द क्लाइमेट क्राइसिस अवार्डको लागि प्रतिस्पर्धा हुने जानकारी दिए । “बिहान ९ बजेदेखि महोत्सव सुरु हुनेछ । निर्देशनसम्बन्धी कार्यशाला पनि हुँदैछ”, उनले भने,“वृत्तचित्र हेर्न र सिर्जना गर्न चाहनेका लागि यो महोत्सव सुनौलो अवसर हो ।”
क...
५ मंसिर २०८१, बुधबार५ मंसिर २०८१, बुधबार५ मंसिर २०८१, बुधबार by संचार पत्रNo Comments
गुल्मी
गुल्मीको रुरुक्षेत्र गाउँपालिकाका उपाध्यक्ष मिनादेवी गौतमले जनप्रतिनिधिले आफ्नो हैसियत भुलेर आफ्नो कार्यकालमा जनताको करबाट आएको सरकारको कोषबाट अनावश्यक भोग विलासमा रमाउन नहुने बताइन्।
सञ्चारपत्र सँगको कुराकानीमा उनले जनताको नासो जनतालाई नै उपलब्ध गराउने हिसाबले आफूले पालिकामा गतिविधि गरिरहेको बताइन्। उनले रुरुक्षेत्रले आफ्नो कार्यकालमा गाउँपालिका प्रशासकीय भवन निर्माण गरी सेवा प्रवाह गरेको ,पालिकामा आवश्यक स्थानमा स्वास्थ्य चौकी १५ शैयाको भवन निर्माण भइरहेको बताइन् , साथै स्वास्थ्य सेवा निरन्तर उपलब्ध गराएको बताइन् ।
उनले आवश्यक सडक विस्तार स्वरुप रिङरोड कालोपत्रे गरेको ,आवश्यक सडकहरूको पहुँच नागरिकका टाेलटोलमा पुर्याएको ,पक्की पुल लगायतका सडक सञ्जाल विस्तार गरेको वताईन् । सिंचाई सुविधाका लागि विभिन्न स्थानमा सिंचाई योजना सम्पन्न गरेको ,कृषकको सेवाका लागि कोल्डस्टोर ...
३ मंसिर २०८१, सोमबार३ मंसिर २०८१, सोमबार३ मंसिर २०८१, सोमबार by संचार पत्रNo Comments
काठमाडौं
नेपालमा ठगी सम्बन्धी शंकास्पद कारोबार र गतिविधिमध्ये ६४ प्रतिशत साइबर आर्थिक ठगीका घटना हुने गरेको देखिएको छ ।
नेपाल राष्ट्र बैंक वित्तीय जानकारी इकाइले ‘स्ट्राटेजिक एनालाइसिस रिपोर्ट २०२४’ सार्वजनिक गर्दै उक्त तथ्यांक ल्याएको हो । इकाइले आफ्नो प्रतिवेदनमा साइबर प्रविधिमा आधारित ठगीका विशेषता र साइबर ठगीका माध्यमबाट प्राप्त हुने सम्पत्ति शुद्धीकरणमा प्रयोग गर्ने पद्दतिका विशेषता विश्लेषण गरेको छ ।
वित्तीय जानकारी इकाइले तयार पारेको प्रतिवेदन अनुसार नेपालमा ठगी सम्बन्धी शंकास्पद कारोबार र गतिविधिमध्ये प्रायः नेपाल प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गर्ने गरेको छ । साथै, राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग मार्फत समेत अनुसन्धान हुने गरेको छ ।
३० वर्षमुनिका विद्यार्थी धेरै
३० वर्षभन्दा कम उमेरका युवा र त्यसमा पनि विद...
३ मंसिर २०८१, सोमबार३ मंसिर २०८१, सोमबार३ मंसिर २०८१, सोमबार by संचार पत्रNo Comments
मंसिर १६ मा हुने उपनिर्वाचनमा ४४ पदका लागि ४१० जना चुनावी मैदानमा उत्रिएका छन् । जिल्ला समन्वय समिति प्रमुख २, नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष ८ र ३४ वडाध्यक्षका लागि आइतबार मनोनयन दर्ता गरिएको हो ।
निर्वाचन आयोगका अनुसार रिक्त ८ गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखका लागि ८४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । ‘उनीहरूमध्ये ३५ महिला, ४८ पुरुष र १ अन्य छन्,’ आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले भनिन्, ‘रिक्त ३४ वडाध्यक्ष पदका लागि २९ महिला, २९३ पुरुष र एक अन्य गरी ३ सय २३ जनाको मनोनयन दर्ता भएको छ ।’
आयोगका अनुसार सबैभन्दा बढी उम्मेदवार धनुषाधाम नगरपालिका–१ को अध्यक्ष पदमा २१ जना छन् । सबैभन्दा कम रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–२ को अध्यक्ष र बझाङको सुर्मा गाउँपालिका–४ को अध्यक्षमा ३/३ जना उम्मेदवार छन् ।
उपनिर्...
२ मंसिर २०८१, आईतवार२ मंसिर २०८१, आईतवार२ मंसिर २०८१, आईतवार by संचार पत्रNo Comments
काठमाडौँ
प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि आइतबार चिकित्सा शिक्षा आयोगका पदाधिकारीसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले सरकारी मेडिकल कलेजमा क्षमता भएबमोजिम विद्यार्थीको सिट संख्या निर्धारण तथा निजी मेडिकल कलेजमा तोकेबमोजिम शुुल्क र छात्रवृत्ति व्यवस्थापनका लागि परामर्श गरेका थिए ।
त्यसक्रममा प्रधानमन्त्री ओलीले नेपाली विद्यार्थीहरूलाई पढ्नका लागि विदेश जान बाध्य पार्ने गरी कुनै पनि स्वार्थमा नपर्न सम्बन्धित अधिकारीहरूको ध्यानाकर्षण गराएका थिए ।
'हामीले राष्ट्रिय स्वार्थ र न्यायोचित कुरालाई हेर्नुपर्छ । देशको समृद्धिमा कसरी लाभ पुुग्छ भन्ने कुरालाई केन्द्रमा राख्नुपर्छ,' आयोगको अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भने, 'कुनै लहड, स्व...