काठमाडौं, १६ साउन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले पदबाट राजीनामा दिने मनस्थिति बनाएका छन् । हालै सम्पन्न माओवादी केन्द्रको पदाधिकारी बैठकमा आफ्ना धारणाहरु राख्दै उनले पदाधिकारीहरुलाई सामूहिक राजीनामाको लागि आह्वान गरेका थिए ।
१६ श्रावण २०८१, बुधबार१६ श्रावण २०८१, बुधबार१६ श्रावण २०८१, बुधबार by संचार पत्रNo Comments
काठमाडौँ । पोर्चुगलको लिस्बनमा अवस्थित अवैतनिक नेपाली महावाणिज्य दूतावास बन्द भएको छ । नेपाल सरकारले पोर्चुगलका लागि राजदूत सिफारिस गरेसँगै बाणिज्य दूतावास बन्द भएको हो । नेपाल सरकार परराष्ट्र मन्त्रालयले सन् २०१४ मार्चमा पोर्चुगलको लिस्बनमा अवस्थित हुने गरी अवैतनिक नेपाली बाणिज्य दूतावासको स्थापना गरेको थियो । सन् २०२० जुलाईमा बाणिज्य दूतावासलाई महावाणिज्य दूतावासमा पदोन्नति गरिएको थियो ।
अवैतनिक नेपाली महावाणिज्य दूत मकर बहादुर हमाल एक विज्ञप्ति जारी गर्दै आफ्नो कार्यावधि सकिएको र नवीकरण नहुने मौखिक जानकारी आएकोले सेवा बन्द भएको जानकारी दिए ।
'पोर्चुगलमा राजदूतावास स्थापनाका लागि राजदूत समेत नियुक्त भएकोले नेपाली राजदूतावास पेरिसबाट आगामी दिनमा काम कारबाही बन्द गर्न मौखिक निर्देशन दिएपछि आजकै मितिबाट लागु हुने गरी अवैतनिक नेपाली महावाणिज्य दूतावासको कार्यालय बन्द हुने त...
१६ श्रावण २०८१, बुधबार१६ श्रावण २०८१, बुधबार१६ श्रावण २०८१, बुधबार by संचार पत्रNo Comments
काठमाण्डौ – आउँदो ३ दिन कोशी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूमा जलसतह बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाकाअनुसार कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह पनि बढ्नेछ । आज सुनकोशी नदी र बाग्मती नदीको जल सतह बढ्ने र सतर्कता तह आसपास रहने पुर्वानुमान रहेकाले यस नदीहरुको तटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।यस्तै काठमाण्डौ, ललितपुर, भक्तपुर, रुपन्देही, अर्घाखाँची, स्याङजा, गुल्मी, कपिलवस्तु, दैलेख, प्युठान, रोल्पा, सल्यान, सुर्खेत, कैलाली, कन्चनपुर र आसपासका जिल्ला भई बहने धेरै स–साना नदीहरुमा बहाव बढ्ने तथा केही स–साना नदीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान रहेकोले उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
...
१८ असार २०८१, सोमबार१८ असार २०८१, सोमबार१८ असार २०८१, सोमबार by संचार पत्रNo Comments
१७ असार, काठमाडौं । एक जना पनि मन्त्री अनुपस्थित भएपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।सोमबार ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा अर्थ, गृह र शिक्षा मन्त्रीसँग प्रश्न उत्तर कार्यसूची थियो । बैठक सुरु भए लगतै नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले एक जना पनि मन्त्री अनुपस्थित रहेको भन्दै प्रश्न उठाए ।त्यसपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरे ।
१५ मिनेट पछि बसेको प्रतिनिधि सभाको बैठक अहिले जारी छ ।
...
१४ मंसिर २०८०, बिहीबार१४ मंसिर २०८०, बिहीबार१४ मंसिर २०८०, बिहीबार by संचार पत्रNo Comments
काठमाण्डाै - नेकपा एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान आज शुरु हुँदैछ । ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ शुरु हुन लागेको हो । दार्चुलाको झुलाघाटमा अध्यक्ष केपी शर्मा ओलीले सङ्कल्प यात्राको उद्घाटन गरेपछि झण्डै २ हजार किलोमिटर लामो सङ्कल्प यात्रा सुरू हुने एमालेले जनाएको छ । झुलाघाटबाट शुरु हुने सङ्कल्प यात्रा मध्यपहाडी लोकमार्ग पार गर्दै पुस १ गते चिवाभञ्ज्याङ पुग्नेछ ।आज मध्यपहाडी लोकमार्गको पश्चिमी बिन्दु झुलाघाटमा झण्डा गाडेर १७ किलोमिटर पूर्वतर्फ बैतडी सदरमुकाम गोठालापानीमा जनसभा गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ । आज नै अध्यक्ष ओलीले डडेल्धुरामा आयोजना हुने सभालाई सम्बोधन गर्ने तयारी छ । सङ्कल्प यात्राका क्रममा मध्यपहाडी लोकमार्गमा रहेका बस्ती तथा सहरमा बसोबास गर्ने स्थानीय बासिन्दासँग अन्तरक्रिया गर्ने, मध्यपहाडी क्षेत्रका समस्याबारे छलफ...
३० भाद्र २०८०, शनिबार३० भाद्र २०८०, शनिबार३० भाद्र २०८०, शनिबार by संचार पत्रNo Comments
काठमाण्डाै - सुदूरपश्चिम प्रदेशलगायत कर्णाली, लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशको मौसम अहिले आंशिकदेखि सामान्य बदली रहेको छ । सुदूरपश्चिमका एक/दुई ठाउँमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभरकै मौसम आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।लुम्बिनी प्रदेशका केही ठाउँमा हावाहुरीको पनि सम्भावना छ । काठमाण्डौ उपत्यकामा अहिले घाम लागेको छ । दिउँसोपख बादल लाग्ने र कतैकतै छिटपुट वर्षाको सम्भावना रहेको मौसमविद् गोविन्द झाले बताउनुभयो ।अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै भारतको पूर्वी मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।...
३० भाद्र २०८०, शनिबार३० भाद्र २०८०, शनिबार३० भाद्र २०८०, शनिबार by संचार पत्रNo Comments
काठमाण्डौ - नेपाल आयल निमगले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले आज शुक्रवार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको हो । मूल्य समायोजनसँगै काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १ एक सय ८३ र डिजल/मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ७३, सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १ सय ७२ र डिजल/मट्टीतेल प्रतिलिटर १ सय ७२ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १ सय ८० रुपैयाँ ५० पैसा र डिजल/मट्टीतेल प्रतिलिटर १ सय ७० रुपैयाँ ५० पैसा तोकिएको छ ।इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजलको मूल्यमा क्रमशः प्रतिलिटर १ रुपैयाँ १२ पैसा र २ रुपैयाँ ९१ पैसा वृद्धि भई आएकाले खुद्रा बिक्री मूल्य बढाउनुपरेको निगमका प्रवक्ता मनोज ठाकुरले ...
२६ भाद्र २०८०, मंगलवार२६ भाद्र २०८०, मंगलवार२६ भाद्र २०८०, मंगलवार by संचार पत्रNo Comments
गुल्मी । आत्माहत्याका संख्या बढि हुने तीन प्रदेश मध्ये एक लुम्विनी प्रदेश पनि परेको सरकारी तथ्याङकले देखाएको छ । सबै भन्दा बढि आत्माहत्या हुने कोशी प्रदेश पहिलो , गण्डकी प्रदेश दोस्रो र लुम्विनी प्रदेश तेस्रो रहेको तथ्याङकले देखाएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीले सार्वाजानिक गरेको तथ्याङक अनुसार लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये सबै भन्दा बढि आत्माहत्या हुने जिल्ला पाल्पा रहेको छ । जनसंख्याको आधारमा अर्घाखाँची दोस्रो र गुल्मी तेस्रो जिल्ला देखिएको छ । यस प्रदेशमा सबै भन्दा कम आत्माहत्या हुने जिल्ला नवलपरासी परेको छ ।
विश्व आत्माहत्या दिवसको अवसरमा जिल्ला समन्व्य समिति गुल्मीको समन्व्यमा जिल्ला प्रहरी कार्यालय र गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्र तम्घासले आयोजना गरेको आत्माहत्या न्युनिकरण कार्ययोजना कार्यन्वयन २०८०/०८१ पेश गर्दै जिल्ला प्रहरी प्रमुख एसपी नविनकिशोर प्रधानले बताए...
२६ भाद्र २०८०, मंगलवार२६ भाद्र २०८०, मंगलवार२६ भाद्र २०८०, मंगलवार by संचार पत्रNo Comments
काठमाण्डौ - काठमाण्डौसहित देशका धेरै ठाउँमा बिहानैदेखि पानी परिरहेको छ ।काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रे, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट, कास्की, सर्लाही, बाँके लगायत जिल्लामा बिहानैदेखि पानी परिरहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार आज दिनभरजसो देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।यस्तै, राति कोशी,बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित ठूलो वर्षाको अनुमान छ । बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभावले पानी परेको हो । यो प्रणालीको प्रभाव पश्चिमी क्षेत्रको तुलनामा पूर्व र मध्य क्षेत्रमा धेरै पर्ने मौसमविद् अधिकारीले बताउनुभयो । उहाँका अनुसार आज मध्य र पूर्वी क्षेत्रमा धेरै पानी पर्ने अनुमान छ ।भोलि पनि काठाण्डौसहितका धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको छ । पानी परेका क्षेत्रमा बाढी पहिरोको ...
३२ साउन, काठमाडौं । सर्वोच्च अदालतले टीकापुर घटनालाई नेपाली समाजले कहिल्यै बिर्सन नसक्ने जघन्य फौजदारी कसुर भनेको छ ।
जन्मकैदको सजायविरुद्ध रेशम चौधरीले दिएको पुनरावेदनमा न्यायाधीशद्धय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले २ जेठ २०८० मा उच्च अदालत दिपायलको फैसला सदर गर्ने निर्णय सुनाएको थियो ।
बुधबार सार्वजनिक भएको फैसलाको पूर्णपाठमा टीकापुर घटनामा अधिकारको आन्दोलनको मोहडामा सुरक्षाकर्मीमाथि योजनावद्ध आक्रमण भएको निष्कर्षसमेत छ निकालेको । फैसलामा यो घटनालाई ‘पीडित र प्रभावित पक्षका लागि मात्र नभई समग्र नेपाली समाजलाई चीरकालसम्म चहराइरहने एउटा बिर्सनलायक तर, कहिल्यै बिर्सन नसकिने जघन्य फौजदारी कसुर’ भनिएको छ ।
साथै राजनीतिक सहमति वा स्वार्थमा मुद्दा नचलाउने, फिर्ता लिन वा माफी मिनाहा गर्नु हाकाहाकी संविधान विपरीत हुनेसमेत बताएको छ ।
अमानवीय र क्रुर
थरुहट आन्...