विविध

रुपन्देहीको क्रिमसन अस्पतालमा निःशुल्क डेलिभरी सेवा सुरु

रुपन्देहीको क्रिमसन अस्पतालमा निःशुल्क डेलिभरी सेवा सुरु

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार, समाज, स्थानीय
रुपन्देही रुपन्देहीको तिलोत्तमा नगरपालिका र क्रिमसन अस्पतालबीच आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको छ । सम्झौतासगै अब क्रिमसन अस्पतालमा आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम अन्र्तगत प्रसुति सेवालाई पुर्णतः निःशुल्क हुने भएको छ । आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिका २०७८ को परिच्छेद २ अनुसार सुरक्षित मातृत्व प्रवद्र्धन गर्ने उद्देश्यले शुरु गरिएको कार्यक्रम हो । यो कार्यक्रम अन्र्तगत अब क्रिमसन अस्पताल आई उपचार गराउने सेवाग्राहीले नर्मल डेलिभरी सेवा, अप्रेसन सेवा, एन-आइसियु, प्रसुति सेवा, आमा तथा नवजात शिशुको उपचार र औषधीमुलो गर्दा अब नेपाल सरकारले तोकेको मापदण्डअनुरुप यो सेवा लिए बापत सेवाग्राहीले अब कुनै शुल्क तिर्नुपर्ने छैन” । उक्त कार्यक्रमले सबै महिलाको पहुँच सुनिश्चित गर्नुका साथै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा हुने गरेको अत्यधिक चापलाई समे...
आर्थिक विधेयकका बारेमा अभिमुखिकरण , छुट सुविधाबाट लाभ लिन आग्रह

आर्थिक विधेयकका बारेमा अभिमुखिकरण , छुट सुविधाबाट लाभ लिन आग्रह

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले आफ्ना सदस्य उद्योगी व्यवसायीलाई आर्थिक विधेयक २०८२ का बारेमा अभिमुखिकरण गरेको छ । संघले सोमबार कार्यक्रमको अयोजना गरी आफ्ना सदस्य उद्योगी व्यवसायीलाई आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट र आर्थिक विधेयक २०८२ मा भएको व्यवस्थाका बारेमा अभिमुखिकरण गरेको हो । आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख कर अधिकृत टिकाराम गैरेले उद्योगी व्यवसायीलाई गरिएको अभिमुखिकरणले बजेट र आर्थिक विधेयकले सम्बोधन गरेका कुराहरुका बारेमा जानकारी हासिल गर्ने बताउँदै सम्बोधन भएका छुट सुविधाबाट लाभ लिन आग्रह गर्नुभयो । उहाँले अहिले बजारमा नक्कली करदाता विजक समेत जारी हुने भएकाले त्यसप्रति सचेत र सजग रहन आग्रह गर्नुभयो ।संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजूले समग्रमा बजेटले धेरै विषयबस्तु समेटेको बताउँदै ...
लुम्बिनीका १३ अस्पताल विकास समितिमा कांग्रेस–एमालेको भागबण्डा

लुम्बिनीका १३ अस्पताल विकास समितिमा कांग्रेस–एमालेको भागबण्डा

Breaking news 1, ताजा अपडेट, विविध, समाचार
८ जेठ, बुटवल । लुम्बिनी लुम्बिनी प्रदेशका १३ सरकारी अस्पताल विकास समितिमा सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसले भागबण्डा गरेर अध्यक्ष नियुक्त गरेका छन् । विगतमा मन्त्रिपरिषद बैठकले अध्यक्ष नियुक्त गरी निर्णय सार्वजनिक गर्ने गरिएकामा यसपटक भने मन्त्रीस्तरीय निर्णयबाटै अध्यक्ष नियुक्त गरिएको स्रोतको भनाइ छ ।हाल नेकपा एमालेका खेम सारु स्वास्थ्य मन्त्री छन् । यद्यपि एमाले र कांग्रेसका प्रभावशाली मन्त्रीहरुको समन्वयमा स्वास्थ्यमन्त्री सारुले कार्यकर्ताहरुलाई नियुक्ति दिएको स्रोतले बतायो । स्वास्थ्य मन्त्रालयले यो निर्णय सार्वजनिक भने गरिसकेको छैन । प्रदेश सरकारका एक मन्त्रीले अस्पताल विकास समिति सदस्यहरु समेत नियुक्त गरिसकेपछि एकैपटक निर्णय सार्वजनिक हुने बताए ।स्रोतका अनुसार लुम्बिनी प्रदेशको सबैभन्दा ठूलो प्रादेशिक अस्पताल बुटवलको अध्यक्षमा एमालेबाट अजयमान श्रेष्ठ नियुक्त भएका छ...
गायक प्रकाश गौतमको “बर्बाद हुनलाई” सार्वजनिक, प्रेम र पीडाको सम्वेदनशील कथा

गायक प्रकाश गौतमको “बर्बाद हुनलाई” सार्वजनिक, प्रेम र पीडाको सम्वेदनशील कथा

Breaking news 2, गित संगित, जीवनशैली, ताजा अपडेट, मनोरञ्जन, विविध, समाचार
सुवास बिसिबुटवल, वैशाख २५गायक प्रकाश गौतमले आफ्नो नयाँ भावनात्मक गीत "बर्बाद हुनलाई" सार्वजनिक गरेका छन्। प्रकाश गौतम अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतको भिडियोले प्रेम र पीडाको सम्वेदनालाई प्रभावशाली ढंगमा प्रस्तुत गरेको छ। गीतमा स्वयं प्रकाश गौतम र मोडल अमृता पुन मगरले अभिनय गरेका छन्। गीतमा स्वर र शब्द गौतमकै रहेको छ भने संगीत सुर्य कुमार परियारले भरेका हुन्। गीतको भिडियो दिपक सुनरको कथा र निर्देशनमा तयार गरिएको हो, जसको छायांकन बिजय लामाले गरेका छन्। को हुन् प्रकाश गौतम? गुल्मी जिल्ला, चन्द्रकोट गाउँपालिका-८, तुराङ्ग दाङसिङ्गमा जन्मिएका प्रकाश गौतम सानैदेखि संगीतप्रेमी थिए। यद्यपि उनले औपचारिक रूपमै संगीत यात्राको थालनी वि.सं. २०७२ सालदेखि गरेका हुन्। उनको पहिलो गीत "सम्झना मनैमा" थियो, जसमा काजल जोशी र सबिना बुढामगरले स्वर दिएका थिए। गीतसंगीतको खो...
रूपन्देहीको तिलोत्तमामा दुई दिने दलित ज्ञान उत्सव सञ्चालन हुने

रूपन्देहीको तिलोत्तमामा दुई दिने दलित ज्ञान उत्सव सञ्चालन हुने

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
रूपन्देही दलितहरूको पहिचान र उत्थानका लागि दलित तथा गैरदलित सबैको सहभागितामा रूपन्देहीको तिलोत्तमामा वैशाख २६ र २७ गते दलित ज्ञान उत्सव आयोजना गरिने भएको छ। दलित ज्ञान उत्सव २०८२ तिलोत्तमामा मात्र नभएर समग्र राष्ट्रमै दलित समुदायको इतिहास ,बाैद्धिकता,विज्ञान ,सृजनशीलता ,संघर्षको कथा, सफलता एवं सामाजिक सम्मान सहित जातीय समानता र सामाजिक अन्तरघुलनको लागि सकारात्मक सन्देश पुग्ने विश्वास रहेको छ। नेपालमा दलित समुदायले लामो समयदेखि सामाजिक ,आर्थिक र सांस्कृतिक असमानताको सामना गर्दै आएकोले यो असमानता अन्त्य गर्ने ज्ञान उत्सवको अवधारणा रहेको छ। उत्सवमा दलित समुदायका विषयमा गहिरो गरी बहस र छलफल गरिनेछ। त्यस्तै जातीय समानताको सन्देश प्रवाह गर्ने मूल उद्देश्य रहेको छ। उत्सवमा युवा सशक्तिकरण ,सांस्कृतिक संरक्षण, राज्यको निकायमा सहभागिता जस्ता महत्त्वपूर्ण विषयमा सेवा र सहकार्यका लागि प्र...
पत्रकार महासंघ रुपन्देहीले गर्यो नलेज सिरिजको शुरुवात 

पत्रकार महासंघ रुपन्देहीले गर्यो नलेज सिरिजको शुरुवात 

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, शिक्षा, समाचार, समाज
रुपन्देही अग्रजहरुको अनुभव ग्रहण गर्दै नयां पुस्तालाई पत्रकारिता क्षेत्रमा आकर्षित गर्न सकियोस् भन्ने उद्देश्यले नेपाल पत्रकार महासंघ रुपन्देहीले नलेज सिरिजको शुरुवात गरेको छ। नयां सोंच नौलो सुरुवात नारासहित सुरु गरिएको नलेज सिरिजको नेपाल पत्रकार महासंघ रुपन्देहीका संस्थापक अध्यक्ष डा. बालकृष्ण चापागाईबाट शुभारम्भ गरिएको हो।  विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा संस्थापक अध्यक्ष चापागाईसंग विगत र वर्तमानमा भईरहेको पत्रकारिता र भविश्यमा कस्तो पत्रकारिता आवश्यक रहन्छ भन्ने विषयमा छलफल गरिएको थियो।  संस्थापक अध्यक्ष डा. चापागाईले पञ्चायती व्यवस्थादेखि बहुदल र पछिल्लो समय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा आईपुग्दा पनि पत्रकारिता क्षेत्र उस्तै जोखिमपूर्ण रहेको बताए।  उनंले विगतमा व्यवस्था परिवर्तनका लागि पत्रकारिता क्षेत्रले अगुवाई ...
बुटवल कम्प्युटर इन्स्टिच्युटबाट एकैपटकमा ३७ जना विद्यार्थी नेपाल आर्मीमा नाम निकाल्न सफल

बुटवल कम्प्युटर इन्स्टिच्युटबाट एकैपटकमा ३७ जना विद्यार्थी नेपाल आर्मीमा नाम निकाल्न सफल

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार, समाज, स्थानीय
बुटवल लामो समयदेखि बुटवल गोलपार्कबाट सेवा दिइरहेको बुटबल कम्प्युटर इन्स्टिच्युटले एकैपटक ३७ जना विद्यार्थीहरुलाई नेपाल आर्मीमा नाम निकाल्न सफल भएको छ। उक्त इन्स्टिच्युटले सैन्य तयारी कक्षासँगै प्रहरी तयारी कक्षा, लोकसेवा, शिक्षक सेवा ,कम्प्युटर ,विभिन्न विषयमा ट्युसन कक्षाहरू लगायत विभिन्न सेवा सञ्चालन गर्दै आएको छ। सैन्य सेवामा जस्तै प्रहरी तयारी कक्षा ,लोकसेवा ,शैक्षिक सेवा ,कम्प्युटर ,ट्युसन क्लास लगायतका क्षेत्रमा पनि उत्कृष्ट हुँदै आइरहेको छ। शनिबार बुटवल गोलपार्क कार्यालय परिसरमै सैन्य सेवामा उत्तीर्ण हुन सफल विद्यार्थीहरूलाई सम्मान कार्यक्रम राखेको थियो। कार्यक्रममा बोल्दै इन्स्टिच्युटका सञ्चालक दिपक केसीले आफ्नो अथक प्रयास, शिक्षकहरूको लगानी र विद्यार्थीहरूको मेहनत र लगावबाट मात्र सफल भएकोमा सफल हुने विद्यार्थीहरु , प्रशिक्षकहरु लाई बधाई तथा शुभकामना दिए। केसीले सै...
श्रमिक दिवसको अवसरमा बुटवल उपमहानगरले गर्याे ३० श्रमिकको नगदसहित सम्मान

श्रमिक दिवसको अवसरमा बुटवल उपमहानगरले गर्याे ३० श्रमिकको नगदसहित सम्मान

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल श्रमिक दिवसको अवसर पारेर रूपन्देहीको बुटवल उपमहानगरपालिकाले ३० जना महिला श्रमिकलाई नगद सहित सम्मान गरेको छ। जसमा योवर्ष ई-रिक्सा चलाउने महिला १० जना ,सडकमा मकै पोलेर बेच्ने महिला १० जना तथा जङ्गलमा गई सालको पात टिपेर सडक वा बजारमा बेच्ने महिला १० जना गरी ३० जना श्रमिक महिलालाई जनही १० हजारका दरले ३ लाखको धनराशि सहित सम्मान गरेको हो। बुटवल उपमहानगरका नगरप्रमुख खेलराज पाण्डेले गएको वर्षदेखि सुरु गरिएको श्रमिक सम्मान कार्यक्रममा विगतको वर्षमा केही यस वर्षमा ३० जना र आउँदा वर्षहरूमा पनि छुटेका वास्तविक श्रमिकहरूलाई सम्मान गर्ने योजना रहेको बताए। बुधबार उपमहानगरको सभाहलमा सम्पन्न कार्यक्रममा श्रमिकलाई नगदसहित सम्मान गर्दै प्रमुख पाण्डेले श्रमको सम्मान र स्थानीय सरकार श्रमजीवीको हितमा रहेको अनुभूति दिलाउने र प्रोत्साहन गर्ने उद्देश्य रहेको बताए। उनले श्रमले प्राथमिकता पाउँ...
 बुटवलमा मिडिया मन्थन सम्पन्न : पत्रकारिता पेशालाई जनमुखी बनाउनुपर्नेमा जोड

 बुटवलमा मिडिया मन्थन सम्पन्न : पत्रकारिता पेशालाई जनमुखी बनाउनुपर्नेमा जोड

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज
रुपन्देही नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा विहिबार बुटवलमा मिडिया मन्थन सम्पन्न भएको छ । विभिन्न विषयमा गरिएको समुहगत बहस कार्यक्रममा सहभागीहरुले पत्रकारिता पेशालाई थप निष्पक्ष, व्यवसायीक र जनमुखी बनाउँदै लैजानु पर्नेमा जोड दिएका छन् । सूचना प्रविधिको बिकाससँगै पत्रकारहरुको क्षमता बिकास तथा प्रविधिमैत्री ज्ञान र सीपलाई समेत जोडर पत्रकारिता पेशालाई व्यवसायीक बनाउनु पर्नेमा सहभागीहरुले जोड दिएका छन् । विश्वव्यापी कोरोना महामारीपछि सञ्चारगृह तथा त्यसमा कार्यरत पत्रकारहरुले ठूलो आर्थिक चुनौतीको सामना गर्न परिरहेको बताउँदै यसको समाधानका लागि फरक सोच र योजनाकासाथ अघि बढ्नुपर्नेमा जोड दिइएको छ । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले श्रमजीवी पत्रकारहरुले आर्थिक चुनौतीसँगै पेशागत सुरक्षाका लागि संघर्ष गरिरहनु पर्ने बाध्यता रहेको उल्लेख गरिन् । श्...
पत्रकार महासंघ रुपन्देहीले विहिबार मिडिया मन्थन गर्दै

पत्रकार महासंघ रुपन्देहीले विहिबार मिडिया मन्थन गर्दै

Breaking news 1, ताजा अपडेट, विविध, समाचार
बुटवल / नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा बुटवलमा मिडिया मन्थन हुने भएको छ। विहिबारका लागि आयोजना गरिएको उक्त कार्यक्रममा सञ्चार क्षेत्रको विभिन्न विषयमा चारवटा सेसनमा प्यानल छलफल गर्ने तयारी भएको महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले जानकारी दिए। मिडिया मन्थनमा पत्रकारहरुको पेशागत सुरक्षा विषयमा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषी चौलागाई, महासंघ रुपन्देही शाखा अध्यक्ष दिनेश पाण्डे, लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधब ढुङ्गाना प्यानलिस्ट तथा पत्रकार भवानी पाण्डे सहजकर्ताको रुपमा रहने छन्।  यसैगरी कसका समाचार कस्ता समाचार विषयमा थाहाखबरका सम्पादक तीर्थ कोइराला, बाह्रखरीका विशेष सम्पादक हरिबहादुर थापा, लुम्बिनी दैनिकका सम्पादक शेर बहादुर के.सी र लुम्बिनी टेलिभिजनका समाचार प्रमुख भगवती पा...