लुम्बिनीका १३ अस्पताल विकास समितिमा कांग्रेस–एमालेको भागबण्डा


८ जेठ, बुटवल । लुम्बिनी लुम्बिनी प्रदेशका १३ सरकारी अस्पताल विकास समितिमा सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसले भागबण्डा गरेर अध्यक्ष नियुक्त गरेका छन् ।

विगतमा मन्त्रिपरिषद बैठकले अध्यक्ष नियुक्त गरी निर्णय सार्वजनिक गर्ने गरिएकामा यसपटक भने मन्त्रीस्तरीय निर्णयबाटै अध्यक्ष नियुक्त गरिएको स्रोतको भनाइ छ ।हाल नेकपा एमालेका खेम सारु स्वास्थ्य मन्त्री छन् । यद्यपि एमाले र कांग्रेसका प्रभावशाली मन्त्रीहरुको समन्वयमा स्वास्थ्यमन्त्री सारुले कार्यकर्ताहरुलाई नियुक्ति दिएको स्रोतले बतायो ।

स्वास्थ्य मन्त्रालयले यो निर्णय सार्वजनिक भने गरिसकेको छैन । प्रदेश सरकारका एक मन्त्रीले अस्पताल विकास समिति सदस्यहरु समेत नियुक्त गरिसकेपछि एकैपटक निर्णय सार्वजनिक हुने बताए ।स्रोतका अनुसार लुम्बिनी प्रदेशको सबैभन्दा ठूलो प्रादेशिक अस्पताल बुटवलको अध्यक्षमा एमालेबाट अजयमान श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठ यसअघि पनि अध्यक्ष थिए ।

यसैगरी गुल्मी जिल्ला अस्पतालमा एमालेबाट राजेन्द्रप्रसाद पाण्डे, रामपुर अस्पताल पाल्पामा एमालेबाट युवराज खनाल र अर्घाखाँची जिल्ला अस्पतालमा एमालेबाट बलाराम मिश्र अध्यक्ष नियुक्त भएका हुन् ।

त्यस्तै कपिलवस्तु जिल्ला अस्पतालमा एमालेबाट रन्जिकुमार बर्मा, पृथ्वीचन्द्र अस्पताल नवलपरासीमा एमालेबाट जगदीश चौधरी र भालुवाङ अस्पताल दाङमा एमालेबाट सूर्यप्रकाश शर्मालाई नियुक्त गरिएको छ ।

दाङकै राप्ती प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा भने नेपाली कांग्रेसबाट महेन्द्रराज लामिछाने नियुक्त भएका छन् ।

यसैगरी प्युठान जिल्ला अस्पतालको अध्यक्षमा कांग्रेसबाट कृष्णप्रसाद बसेल, रोल्पा जिल्ला अस्पतालमा कांग्रेसबाट शेरबहादुर थापा, भीम अस्पताल भैरहवामा कांग्रेसबाट कुलप्रसाद न्यौपाने, पाल्पा अस्पतालमा कांग्रेसबाट अजय कर्माचार्य, रुकुम पूर्व अस्पतालमा कांग्रेसबाट लोकेन्द्र शाह नियुक्त भएका प्रदेश सरकारका एक मन्त्रीले जानकारी दिए ।

रुपन्देही र दाङमा रहेका दुई आयुर्वेदिक अस्पतालका अध्यक्ष भने नियुक्त गर्न बाँकी छ ।

विगतमा मन्त्रिपरिषदबाट निर्णय हुने गरेको तर मन्त्रिस्तरीय निर्णयबाट पनि अध्यक्ष नियुक्त गर्न मिल्ने व्यवस्था रहेको प्रदेशकै एक पूर्व स्वास्थ्यमन्त्रीले जानकारी दिए ।

छुटाउनुभयो कि ?

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...