
रुपन्देही
रुपन्देहीको तिलोत्तमा नगरपालिका र क्रिमसन अस्पतालबीच आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको छ । सम्झौतासगै अब क्रिमसन अस्पतालमा आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम अन्र्तगत प्रसुति सेवालाई पुर्णतः निःशुल्क हुने भएको छ । आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिका २०७८ को परिच्छेद २ अनुसार सुरक्षित मातृत्व प्रवद्र्धन गर्ने उद्देश्यले शुरु गरिएको कार्यक्रम हो ।
यो कार्यक्रम अन्र्तगत अब क्रिमसन अस्पताल आई उपचार गराउने सेवाग्राहीले नर्मल डेलिभरी सेवा, अप्रेसन सेवा, एन-आइसियु, प्रसुति सेवा, आमा तथा नवजात शिशुको उपचार र औषधीमुलो गर्दा अब नेपाल सरकारले तोकेको मापदण्डअनुरुप यो सेवा लिए बापत सेवाग्राहीले अब कुनै शुल्क तिर्नुपर्ने छैन” ।
उक्त कार्यक्रमले सबै महिलाको पहुँच सुनिश्चित गर्नुका साथै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा हुने गरेको अत्यधिक चापलाई समेत कम गर्ने अपेक्षा गरिएको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख खाडले जानकारी दिए। उनले यो सेवा सहज र छिटो उपलब्ध गराउने व्यवस्था भएकाले मातृमृत्यु दरमा समेत उल्लेखनीय सुधार आउने अपेक्षा लिइएको बताए ।
रुपन्देहीका सरकारि तथा निजि अस्पतालले उपलब्ध गराउने सम्पुर्ण सेवासुविधा अब क्रिमसन अस्पतालबाटै उपलब्ध गराउने सम्झौता भएको क्रिमसन अस्पतालका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले जानकारी दिए ।
तिलोत्तमा नगरपालिकाले यो कार्यक्रमलाई स्वास्थ्य क्षेत्रको सफल र उल्लेखनीय उपलब्धिका साथै स्वास्थ्यमा आमा महिलाहरूको सहज पहुँच सुनिश्चित गर्न यो कार्यक्रमले महत्वपुर्ण भूमिका खेल्ने तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए ।
आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रमका लागी घण्टौँ लाइन बस्नुपर्र्नेे, भिडभाड र पालो कुर्नेपर्ने सबैखाले समस्याको समाधान एकसाथ भएको छ ।
अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालले क्रिमसनबाटै सेवा लिई डेलिभरी भएका आमाहरुको हकमा तराईक्षेत्रबाट सेवा लिन आएकाहरुको हकमा १ हजार , पहाडी क्षेत्रबाट आएकाहरुलाई २हजार तथा हिमाली क्षेत्रबाट आई क्रिमसनमा डेलिभरी भएकाहरुलाई यातायात खर्च तथा उत्प्रेरणा रकम स्वरुप नगद ३ हजार रुपैया प्रदान गर्ने ब्यवस्था मिलाइएको जानकारी दिए ।

उनले ४ चारपटक गर्भवती सेवा लिएबापत उत्प्रेरणा स्वरूप यातायात खर्च महिलाले प्रसूति सेवा लिन आउँदा प्रोटोकल अनुसार चारपटक गर्भवती जाँच गराएको कार्ड प्रस्तुत गरेमा रु ८ सय उत्प्रेरणा बापत को रकम उपलब्ध गराइने बताए।
अस्पतालका प्रमुख प्रशाशकिय अधिकृत मनमोहन भट्टराईले तिलोत्तमा नगरपालिका र क्रिमसन अस्पतालबीच सुरक्षित मातृत्व प्रवद्र्धन गर्ने उद्देश्य सहित ‘आमा सुरक्षा कार्यक्रम’ प्रभावकारी रूपमा सञ्चालन गर्न महत्वपूर्ण सहमति गरिएको बताए ।
आइतबार तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाण, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल र क्रिमसन अस्पतालका अध्यक्ष दुर्गाप्रसाद पाण्डे बीच औपचारिक सम्झौतामा हस्ताक्षर भएको भट्टराईले जनाए ।