आर्थिक विधेयकका बारेमा अभिमुखिकरण , छुट सुविधाबाट लाभ लिन आग्रह


बुटवल

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले आफ्ना सदस्य उद्योगी व्यवसायीलाई आर्थिक विधेयक २०८२ का बारेमा अभिमुखिकरण गरेको छ । संघले सोमबार कार्यक्रमको अयोजना गरी आफ्ना सदस्य उद्योगी व्यवसायीलाई आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट र आर्थिक विधेयक २०८२ मा भएको व्यवस्थाका बारेमा अभिमुखिकरण गरेको हो ।
आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख कर अधिकृत टिकाराम गैरेले उद्योगी व्यवसायीलाई गरिएको अभिमुखिकरणले बजेट र आर्थिक विधेयकले सम्बोधन गरेका कुराहरुका बारेमा जानकारी हासिल गर्ने बताउँदै सम्बोधन भएका छुट सुविधाबाट लाभ लिन आग्रह गर्नुभयो । उहाँले अहिले बजारमा नक्कली करदाता विजक समेत जारी हुने भएकाले त्यसप्रति सचेत र सजग रहन आग्रह गर्नुभयो ।
संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजूले समग्रमा बजेटले धेरै विषयबस्तु समेटेको बताउँदै आफूहरुले उठान गरेका कुराहरु समेटिएकाले सकारात्मक रुपमा लिएको भनाई राख्नुभयो । आर्थिक विधेयकमा समावेश भएका विषयहरु आम उद्योगी व्यवसायीलाई बुझाउन सकियो भने त्यसबाट उनीहरुले लाभ लिन सक्ने उहाँको भनाई थियो ।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष हरिप्रसाद अर्यालले सरकारले ल्याएको आर्थिक विधेयक र बजेटमा समेत समावेश भएका विषयहरु विषयविज्ञबाट जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जानकारी गराउनु भयो । उहाँले आर्थिक विधेयकमा कतिपय गहिरा र मसिना विषयहरु पनि हुने र त्यस्ता विषयमा जानकारी नहुँदा उद्योगी व्यवसायीले लाभ लिने कुरामा चुकिरहेको बताउँदै समयसान्दर्भिक रुपमा गरिएको कार्यक्रम लाभदायि हुने विश्वास व्यक्त गर्नुभयो ।

आर्थिक क्षेत्रका विज्ञ नेपाल चार्टर्ड एकाउन्टेन्स संघ (एक्यान) रुपन्देहीका सचिव सिए सगुण खनालले कार्यपत्र प्रस्तुत गर्दै राजश्वका अन्य स्रोतहरुमा भएको व्यवस्था, आर्थिक विधेयक २०८२, करको दरमा भएको हेरफेर, आयकर, मुल्य अभिबृद्धि कर, अन्तशुल्क, भन्सार महशुल लगायतका नयाँ प्रावधानका विषयमा जानकारी गराउनु भएको थियो ।
उहाँले उहाँले सरकारले राजश्वका अन्य स्रोतहरु व्यवस्था गरेको बताउँदै आर्थिक विधेयक २०८० मार्फत ल्याईएको वैदेशिक पर्यटन शुल्कलाई आर्थिक विधेयक २०८२ ले खारेज गरेको बताउनु भयो । तर आर्थिक ऐन असार मसान्तसम्म रहने हुँदा पर्यटन शुल्क असार मसान्त सम्म कायमै रहने उहाँले जानकारी गराउनु भयो । त्यस्तै हरितकरको दरमा परिवर्तन भएको छ । बैदेशिक रोजगार सेवा शुल्क थप गरिएको छ । विलाशिताका बस्तुमा शुल्क थप गरिएको छ । वैदेशिक अध्ययनमा जाने विद्यार्थीका लागि शिक्षा सेवा शुल्क थप गरिएको छ ।

आर्थिक विधेयकमा जलविद्युत आयोजनाले बैंक जमानतमा पैठारी गर्न सक्ने, ढुवानी साधनको भाडा वापतको खर्च कट्टी, अवकाश योगदान वापतको रकम हस्तान्त्रण गर्ने, सामाजिक संस्थालाई छुट, मुल्य अभिबृद्धि कर तथा अन्तशुल्कमा छुट सुविधा, अन्तर्राष्ट्रिय हवाई सेवा प्रदायक तथा हवाई टिकट विक्रेतालाई छुट, आय विवरण पेश नगरेकालाई छुट सुविधा, विद्युतीय सेवा प्रदायकलाई सुविधा, सार्वजनिक तथा निजी सवारी साधनलाई आयकर छुट लगायतका छुट सुविधा प्रदान गरिएको उहाँले जानकारी गराउनु भयो । कार्यक्रममा सहभागि संघका पूर्वअध्यक्षहरु, पदाधिकारी तथा सदस्य उद्योगी व्यवसायीहरुले बजेट तथा आर्थिक विधेयकमा भएका व्यवस्थाका बारेमा अस्पस्ट कुराहरुमा अन्तरक्रिया गरेका थिए । कार्यक्रम संघका उद्योग उपाध्यक्ष सुरज भट्टराईको धन्यवाद तथा सचिव प्रतिक पोखरेलको सञ्चालनमा भएको थियो ।

छुटाउनुभयो कि ?

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

काठमाण्डौ - आज मे १ तारिख, १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।  श्रमिकह...
वैशाख शुक्ल पूर्णिमा : आज बुद्ध जयन्ती मनाइँदै

वैशाख शुक्ल पूर्णिमा : आज बुद्ध जयन्ती मनाइँदै

काठमाण्डौ - आज २५७०औँ बुद्ध जयन्ती मनाइँदैछ । हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन विभिन्न कार्यक्रम गरी बुद्ध जयन्ती मनाउन...
रोल्पामा भएको जीप दुर्घटनामा २० जनाको मृत्यु

रोल्पामा भएको जीप दुर्घटनामा २० जनाको मृत्यु

बुटवलरोल्पाको थवाङ जलजलामा रुकुमपूर्वबाट आउँदै गरेको जीप दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी प्रवक्ता प्रहरी...
विपक्षी दलहरूको बैठक: सुकुम्बासी, विद्यार्थी संगठन र ट्रेड युनियन बारे सरकारको निर्णयको विरोध

विपक्षी दलहरूको बैठक: सुकुम्बासी, विद्यार्थी संगठन र ट्रेड युनियन बारे सरकारको निर्णयको विरोध

काठमाडौंप्रमुख प्रतिदल नेपाली काँग्रेस,एमालेसहितका विपक्षी दलहरुले सुकुम्बासी बस्ति बिना तयारी खालि गराइएकोप्रति आपत्ति जनाएक...